नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्य अष्ट्रियाको राजधानी भियनामा विश्व बैंक, आइएफसी (IFC), मल्टिनेशनल इन्भेष्टमेन्ट ग्यारेन्टी एजेन्सी (MIGA) द्वारा संयुक्त रुपमा आयोजना गरिएको Public Private Dialogue and Investment Policy for Competitive Economies विषयक विश्व सम्मेलनमा भाग लिन हिजो सांझ त्यसतर्फ प्रस्थान गर्नुभयो ।
जेष्ठ ३० देखि असार ३ गते ९व्गलभ ज्ञघ (ज्ञठ, द्दण्ज्ञज्ञ० सम्म चल्ने सो सम्मेलनको लक्ष्य सहभागी राष्ट्रका सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिहरु बीच आ–आफनो देशमा प्रतिस्पर्धी अर्थतन्त्रको विकासका लागि अवलम्वन गरिएका सुधारका प्रक्रिया/प्रणालीका वारे अनुभाव आदान प्रदान सहित लगानी प्रवद्र्धनका लागि अंगिकार गरिएका नीतिहरु माथि छलफल एवं गम्भीर वहस हुनेछ ।
उक्त विश्व सम्मेलनमा महासंघका अध्यक्ष वैद्यले नेपाली अर्थतन्त्र, लगानी आकर्षणका लागि सरकारले अंगिकार गरेको नीति, अर्थतन्त्रको सुधारमा नेपालले अवलम्वन गरेका नीति, नेपाली अर्थतन्त्रको विकासमा निजी क्षेत्रले निर्वाह गरिरहेको भूमिकाका सन्दर्भमा आफ्नो प्रस्तुती गर्नुहुने कार्यक्रम छ ।