»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















सूर्य गार्मेन्ट यूनिटमा भएको घटनाप्रति नेउवामहासंघको गम्भीर ध्यानाकर्षण, वार्ताद्वारा समस्या समाधानमा जोड (२०६८/३/६)


सूर्य नेपाल प्रा.लि.को विराटनगरस्थित सूर्य गार्मेन्ट यूनिटमा केही कामदारहरुको समूहले बन्द तथा काम नगरेको दिनको पारिश्रमिक भुक्तानी नदिने व्यवस्थापनको निर्णयको विषयलाई लिएर बलजफ्ती गर्ने, थुन्ने, घेराउ गर्ने र धम्क्याउने जस्ता अवाञ्छित एवं उच्छृंखल गतिविधि संचालन गरी उद्योगमा अशान्ति र त्रासको वातावरण सृजना गर्नुको साथै त्यहाँ कार्यरत कर्मचारी व्यवस्थापकको जिउज्यानलाई खतरामा पार्नुको साथै कम्पनीको सम्पति समेत हानी नोक्सानी पुर्‍याएको कुरातर्फ नेपाल उद्योग वाणिज्य महासंघको गम्भिर ध्यानाकर्षण भएको छ ।

कामदार कर्मचारीहरुको एक समूहबाट भएको यस किसिमको आपत्तिजनक व्यवहार एवं क्रियाकलापको यस महासंघ भत्र्सना गर्दछ । काम नगरेको समयको पारिश्रमिक नदिने (नो वर्क नो पे) सिद्धान्त लागू हुनुपर्छ भन्ने यस महासंघको मान्यता र अडान रहेको कुरामा जोड दिन चाहान्छौं । गैर कानूनी बन्द हड्ताल अवधिको पारिश्रमिक नदिइने विषयमा हामीले ट्रेड यूनियनहरुसंग सहमति पनि गरेका छौं । काम नगरेको दिनको पारिश्रमिक नदिने उद्योग व्यवस्थापनको निर्णयमा यस महासंघको पूर्ण समर्थन रहेको कुरामा जोड दिन चाहान्छौं । पारिश्रमिक वा अन्य कुनै विषयमा समस्या उत्पन्न भएमा वार्ताबाटनै उक्त समस्याको निराकरण गर्न सकिन्छ भन्ने मान्यता यस महासंघको छ । यसर्थ समस्याको विधिसम्मत र शान्तिपूर्ण समाधान निकाल्न सम्बन्धित सवै पक्षलाई महासंघ हार्दिक अपिल समेत गर्दछ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.