»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















नेउवामहासंघको उच्चस्तरिय व्यावसायिक प्रतिनिधिमण्डल मस्को प्रस्थान (२०६८/३/२०)


रुसका प्रबुद्ध उद्योगी व्यापारीहरु तथा रुस सरकारका पदाधिकारीहरुसंग छलफल गरी नेपाल र रुसबीच दुई पक्षीय व्यापार, लगानी एवं पर्यटन प्रवर्दन गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यको नेतृत्वमा ९ सदस्यीय महासंघको उच्चस्तरीय व्यवसायिक प्रतिनिधिमण्डल साताव्यापी भ्रमणका लागि आज रुसको मस्को तर्फ प्रस्थान गर्‍यो । भ्रमण आज देखि असार २५ गते (२०११ जुलाई ४ देखि ९ तारिख) सम्म हुने छ ।

नेपाली दूतावास मस्को तथा रुसको संसद ड्युमाका उपसभामुख डा. भ्यालेरी याजेभ (Dr. Valery Yazev, Deputy Chairman, State Duma) को सक्रियतामा आयोजना गरिएको उच्चस्तरीय व्यावसायिक भ्रमणका क्रममा रसियामा रहँदा महासंघको प्रतिनिधिमण्डलले रुस सरकारका उच्च अधिकारीहरु, सांसदहरु, प्रमुख कम्पनीका पदाधिकारी तथा लगानीकर्ताहरुसंग नेपालमा जलविद्युत, पर्यटन, खनिजजन्य उद्योगहरु, पूर्वाधार विकास, नागरिक उड्यन जस्ता क्षेत्रमा लगानीको सम्भाव्यताका विषयमा भेटघाट, छलफल एवं प्रस्तुती गर्ने कार्यक्रम छ ।

रुसका लगानीकर्ताहरु नेपालको खनिजजन्य उद्योग, जलविद्युत तथा तेल र ग्यासको उत्खन्न क्षेत्रमा लगानी गर्न इच्छुक रहेको सन्दर्भमा महासंघबाट भएको भ्रमणका अवसरमा हुने बैठक, भेटघाट तथा छलफलका क्रममा प्रतिनिधिमण्डलले रसियाको अनुभव, लगानी तथा शीप नेपालको विकासमा उपयोगका लागि आव्हान गर्ने छ भने नेपाल सरकारले वैदेशिक लगानीका लागि लिएको नीतिका विषयमा स्पष्ट समेत पार्नेछ ।

महासघबाट गएको प्रतिनिधिमण्डलका अन्य सदस्यहरुमा नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्यद्वय ज्ञानेन्द्रलाल प्रधान र चन्द प्रसाद ढकाल, नेपाल पर्यटन वर्ष–२०११ का राष्ट्रिय संयोजक योगेन्द्र शाक्य, नेपाल विद्युत प्राधिकरणको विद्युत व्यापार विभागका निर्देशक शेर सिंह भाट, केएल दुगढ ग्रुपका म्यानेजिङ डाइरेक्टर विकास दुगड, स्पा प्रानाका अध्यक्ष एवं यूनाइटेड ट्रेडर्स सिण्डिकेटका निर्देशक श्रीमती रितु सिंह वैद्य, सानिमा हाइड्रो पावर प्रा.लि.का वरिष्ठ प्राविधिक सल्लाहकार अजय कार्की र महासंघका महानिर्देशक डा. हेमन्त दवाडी हुनुहुन्छ ।

उच्चस्तरीय व्यवसायिक प्रतिनिधिमण्डलमा कृषि, चिया कफी, निर्माण, नागरिक उड्डयन, पर्यटन, बैकिङ, उर्जा, उत्पादनमुलक, सिमेन्ट, रियलस्टेट, पूर्वाधार विकास, वनस्पती घयू तेल, जडीवूटी, ग्याँस, हाइड्रो इन्जिनियरिङ, पश्मिना आदि क्षेत्रको प्रतिनिधित्व रहेको छ ।

महासंघको तथ्यांक अनुसार सन् २००९/१० मा ४ लाख ५४ हजार अमेरिकी डलर वरावरको सामान नेपालले रसियातर्फ निर्यात गरेको छ भने रसियाबाट ५८ लाख ५० हजार अमेरिकी डलर वरावरको सामान आयात गरेको छ । त्यसैगरि सन् २०१० जम्मा ४ हजार ८२४ जना रसियन पर्यटकहरुले नेपालको भ्रमण गरेका छन् । नेपालमा करिव एक दर्जन संयुक्त लगानीका परियोजनाहरुमा रुसको संलग्नता रहेको छ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.