»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















रुसको भ्रमणमा रहेको महासंघको प्रतिनिधिमण्डल भेटघाटमा व्यस्त: नेपालमा लगानी गर्न रसियन लगानीकर्ताहरु इच्छुक, सुरक्षा मुख्य चासो (२०६८/३/२३)


नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यको नेतृत्वमा रसियाको भ्रमणमा रहेको महासंघको उच्चस्तरीय प्रतिनिधिमण्डलले हिजो रसियाको संसदका उप—सभामुख डा. दिमित्री याजेभ (Dr. Dimitri Yazev, Deputy Speaker State Duma, the Russian Parliament) संग त्यहांको संसदमा भेटगरि नेपाल रसिया बीचको आर्थिक, व्यवसाय, लगानी विस्तारका सम्भाव्यता विषयमा भेटवार्ता गर्žयो ।

नेपाली दूतावास मस्को तथा रुसको संसद ड्युमाका उप—सभामुख डा. याजेभको आतिथ्यतामा महासंघको उच्चस्तरीय प्रतिनिधिमण्डल यतिखेर रसियाको भ्रमणमा छ । रुसी संसदका सांसदहरु, सरकारी उच्च अधिकारीहरु, उद्यमी व्यवसायीहरु तथा रुसमा आफ्नो उद्योग व्यवसाय गरि बसेका गैरआवासीय नेपालीहरुको समेत सहभागितामा भएको हिजोको सो भेटघाटमा महासघको प्रतिनिधिमण्डलले नेपालमा आर्थिक व्यापारिक तथा लगानीको सम्भाव्यताका विषयमा विस्तृत कार्यपत्र समेत प्रस्तुत गर्žयो ।

सो अवसरमा प्रतिनिधिमण्डलका प्रमुख एवं महासंघका अध्यक्ष वैद्यले नेपालको विद्यमान अर्थतन्त्रको अवस्था, संयुक्त लगानीका लागि सम्भाव्य क्षेत्रहरुको विषयमा विस्तृत जानकारी गराउनुहुंदै नेपालमा लगानीका लागि रसियन लगानीकर्ताहरुलाई आव्हान गर्नुभयो । अध्यक्ष वैद्यले नेपालमा रसियन लगानीका लागि सहयोग गर्न उप सभामुख डा. याजेभसंग आग्रह गर्नु भयो । अध्यक्ष वैद्यले परिवर्तन तर्फ उन्मुख नेपालका लागि यतिखेर विदेशी लगानी, प्रविधि तथा नयां सोंचको आवश्यकता रहेको र रसियाको विकासको अनुभव नेपालका लागि उपयोगी हुने स्पष्ट पार्नु भयो । साथै अध्यक्ष वैद्यले वैदेशिक लगानीका लागि नेपाल सरकारले लिएको उदार नीति तथा उपयुक्त वातावरणका विषयमा पनि रसियन पक्षलाई विश्वस्त पार्नुहुदै निजी क्षेत्रको संघीय संस्था नेपाल उद्योग वाणिज्य महासंघ रसियन लगानीकर्ताहरुको नेपालमा स्वागतका लागि लालयित रहेको बताउनु भयो ।

सो अवसरमा प्रतिनिधिमण्डलका सदस्य एवं नेपाल भ्रमण वर्ष—२०११ का राष्ट्रिय संयोजक योगेन्द्र शाक्यले नेपाल भ्रमण वर्षको विषय सहित नेपाल भमणका लागि रसियनहरुलाई आग्रह गर्नुभयो । त्यसैगरि प्रतिनिधिमण्डलका सदय एवं महासंघको कार्यकारिणी समितिका सदस्य ज्ञानेन्द्रलाल प्रधान र नेपाल विद्युत प्राधिकरणको विद्युत व्यापार विभागका निर्देशक शेरसिंह भाटले उर्जामा लगानीको सम्भाव्यता विषयमा कार्यपत्र प्रस्तुती गर्नु भयो ।

त्यसैगरि प्रतिनिधिमण्डलका सदस्य एवं के एल दुगड ग्रुपका म्यानेजिङ डाइरेक्टर विकास दुगडले नेपालमा सिमेन्ट उद्योग, ग्यांस, कृषि क्षेत्रमा लगानीको सम्भाव्यता विषयमा प्रस्तुती गर्नु भएको थियो भने सो अवसरमा रसियामा रहनु भएका गैर आवासीय नेपालीहरु उपेन्द्र महतो, जीवा लामिछाने, वद्री केसी, गैर आवासीय नेपाली संघ रसिया अध्यक्ष मनी जी लगायतको सहभागिता थियो ।

सो अवसरमा रसियन पक्षबाट उर्जा, खनिजजन्य उद्योगहरु, शिक्षा लगायतमा विशेष चासो देखाइएको छ । सो अवसरमा नेपालमा रसियन लगानीका लागि पहलका लागि एक संयुक्त अनुगमन समुह गठनको विषयमा पनि विस्तृत छलफल भयो । नेपालको पक्षबाट छिट्टै नेपालमा रसियन प्रतिनिधिमण्डलको भ्रमणका लागि आग्रह गरिएको उपयुक्त समयमा रसियन प्रतिनिधिमण्डलबाट नेपालको भ्रमण गरिने विश्वास रसियन पक्षबाट गराइयो ।

त्यसैगरि महासंघको प्रतिनिधिमण्डलबाट रसिया उद्योग वाणिज्य संघ (Federal Russian CCI) का पदाधिकारीहरु, त्यहांका ठूला कम्पनीका लगानीकर्ताहरुसंग गैर आवासीय नेपालीहरु समेतको सहभागितामा भेटघाट कार्यक्रम भएको छ । सो अवसरमा नेपाल रसिया सहयोगका विषयमा विस्तृत छलफल भयो । भेटघाट तथा छलफलका क्रममा रसियन पक्षले नेपालमा लगानीका लागि ठूलो इच्छा देखाएको र उनीहरुको मुख्य चासो नेपालमा सुरक्षाको भरपर्दो व्यवस्थाका विषयमै देखिएको छ । रसियनहरु विशेष गरि नेपालमा रेल सेवा विकासमा बढी इच्छुक देखिएका र संसदका उपसभामुख डा. याजेभले नेपालमा रहेको अवसरबाट दुवै देशलाई फाइदा हुने कार्यमा लगानी गर्न त्यहांका लगानीकर्ताहरुलाई आव्हान समेत गर्नुभएको छ ।

नेपाल रसिया बीचको व्यापार, लगानी, आर्थिक व्यवसायिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले महासंघका अध्यक्ष सुरज वैद्यको नेतृत्वमा ९ सदस्यीय महासंघको उच्चस्तरीय प्रतिनिधिमण्डल गत सोमवार त्यसतर्फ गएको थियो । भ्रमण असार २५ गते सम्म हुने छ । उच्चस्तरीय व्यवसायिक प्रतिनिधिमण्डलमा कृषि, चिया कफी, निर्माण, नागरिक उड्डयन, पर्यटन, बैकिङ, उर्जा, उत्पादनमुलक, सिमेन्ट, रियलस्टेट, पूर्वाधार विकास, वनस्पती घयू तेल, जडीवूटी, ग्याँस, हाइड्रो इन्जिनियरिङ, पश्मिना आदि क्षेत्रको प्रतिनिधित्व रहेको छ ।

महासंघको तथ्यांक अनुसार सन् २००९/१० मा ४ लाख ५४ हजार अमेरिकी डलर वरावरको सामान नेपालले रसियातर्फ निर्यात गरेको छ भने रसियाबाट ५८ लाख ५० हजार अमेरिकी डलर वरावरको सामान आयात गरेको छ । त्यसैगरि सन् २०१० जम्मा ४ हजार ८२४ जना रसियन पर्यटकहरुले नेपालको भ्रमण गरेका छन् । नेपालमा करिव एक दर्जन संयुक्त लगानीका परियोजनाहरुमा रुसको संलग्नता रहेको छ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.