»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















आव २०६८/०६९ को बजेट सन्दर्भ : नेपाल उद्योग वाणिज्य महासंघद्वारा वृहद अन्तरक्रिया कार्यक्रमको आयोजना (२०६८/३/२९)


नेपाल उद्योग वाणिज्य महासंघद्वारा नेपाल सरकारबाट आर्थिक वर्ष २०६८।०६९ को आय—व्यय(बजेट)को सार्वजनिक गर्ने दिन भोली असार ३० गते काठमाडौंमा बजेटबाट अपेक्षा र बजेट प्रस्तुती पश्चात प्रतिक्रियात्मक अन्तरक्रिया कार्यक्रम आयोजना हुने भएको छ ।

महासंघद्वारा महासंघका सदस्य संघ/संस्थाहरु किष्ट बैंक, नेपाल चेम्वर अफ कमर्स, भक्तपुर उद्योग वाणिज्य संघ, ललितपुर उद्योग वाणिज्य संघ, मोरङ व्यापार संघ, नेपाल हस्तकला महासंघ, नेपाल निर्माण व्यवसायी महासंघ, नेपाल सुनचांदी व्यवसायी संघ, नेपाल जग्गा तथा आवास विकास संघ र नेपाल बैंकर्स संघ समेतको सहभागितामा यस वर्षको बजेट प्रस्तुतिलाई विभिन्न सरोकारवालाले एकै स्थानमा बसी सुन्ने/हेर्ने तथा निजी क्षेत्रका संस्था र अर्थविद्हरुको प्रतिक्रिया एकै स्थानबाट आउन सक्ने गरी सो कार्यक्रमको आयोजना गरिएको हो । उक्त वृहद कार्यक्रम अपरान्ह २:०० बजेदेखि होटल र्‍याडिसन, लाजिम्पाटमा सुरु भई बजेट वक्तव्य समाप्त भएको १ घण्टासम्म जारी रहने छ ।

दिउसो २ वजेदेखि विद्वान अर्थविद्हरु, उद्योगी व्यवसायीहरु, बजेटप्रति चासोराख्ने अन्य महानुभावहरु तथा संचार माध्यमहरुको वृहद सहभागितामा आ.व. २०६८।०६९ को बजेटको अपेक्षा, बजेट सम्बन्धी प्रस्तुति र अन्तरक्रिया हुने छ भने ४ बजेदेखि अर्थमन्त्रीबाट संसदमा प्रस्तुत बजेट वक्तव्यको प्रत्यक्ष प्रसारण र तत्पश्चात अर्थविद, विभिन्न संघ/संस्था र व्यक्तिहरुको प्रतिक्रिया दिने कार्यक्रम रहेको छ । कार्यक्रमलाई नेपालका प्रमुख टेलिभिजनहरुबाट प्रत्यक्ष प्रसारणको व्यवस्था समेत मिलाईएको छ । महासंघले यो कार्यक्रमलाई आगामी वर्षहरुमा समेत निरन्तरता दिने छ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.