»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















सीआईआई प्रतिनिधिमण्डलसँग महासंघमा बैठक : नेपाल र भारतीय व्यवसायीद्वारा संयुक्त लगानी प्रवद्र्धनका लागि सहकार्यमा जोड (२०६८/४/३)


Meeting with CII Delegation

नेपाल उद्योग वाणिज्य महासंघ FNCCI तथा भारतीय उद्योग महासंघ Confederation of Indian Industry (CII) को व्यवसायिक प्रतिनिधिमण्डल बीच आज महासंघको सचिवालयमा द्विपक्षीय बैठक सम्पन्न भयो । बैठकमा महासंघको नेतृत्व अध्यक्ष सुरज वैद्य र सीआईआईको नेतृत्व प्रतिनिधिमण्डलका नेता राजीव रंजन मल्लिक (Rajeeb Ranjan Mallick-Leader- CII Business Delegation) ले गर्नु भएको थियो । Meeting with CII Delegation

नेपाल भारत बीच आर्थिक व्यापारिक सम्बन्ध विस्तारका लागि सहकार्य गर्ने क्रममा नेपाली समकक्षी संस्था नेउवामहासंघसंग छलफल गर्न तथा नेपालमा भारतीय लगानी विस्तार एवं सम्भाव्य अन्य क्षेत्रमा थप लगानीको अध्ययन गर्न सीआईआई प्रतिनिधिमण्डल काठमाडौं आएको हो । भारतीय संयुक्त लगानी विस्तार तथा संयुक्त लगानीमा देखापरेका चुनौतीमाथि छलफल गर्ने उद्देश्यले सीआईआई प्रतिनिधिमण्डलले नियमित रुपमा नेपालको भ्रमण गर्दै आएको छ ।

बैठकमा उर्जा, शिक्षा, खनिजजन्य उद्योग, फोहोर मैला व्यवस्थापन, खाने पानी, लगायतमा सहकार्यको सम्भाव्यतामा छलफल भयो । सो अवसरमा राजनीतिक संक्रमण विद्यमान रहेपनि मुलुकभित्र संचालित स्वदेशी एवं संयुक्त लगानीमा संचालित कुनै प्रकारको उद्योग व्यवसायमा रुकावट आउन नहुने तर्फ जोड दिइयो । बैठकमा नेपालमा संचालित केही भारतीय लगानीका परियोजनाहरुमा उत्पन्न समस्याका विषयमा पनि छलफल भयो । साथै संयुक्त व्यवसायिक परिषद् (JEC) को बैठक आगामी अक्टोवरमा भारतमा आयोजना गर्ने सम्बन्धमा पनि बैठकमा छलफल भयो ।

Meeting with CII Delegation

बैठकमा नेपालको आर्थिक विकासका लागि भारतले ठूलो सहयोग गर्ने र सहयोग जारी पनि रहेकोले सम्भाव्य क्षेत्रहरुलाई यथार्थतामा रुपान्तरण गर्न दुवै महासंघ बीच सहकार्यमा जोड दिइयो । बैठकमा आपसी सहकार्यलाई मजवुद बनाउन एफएनसीसीआई र सीआईआईको तर्फबाट विशेष क्षेत्र (जस्तो वातावरण, पूर्वाधार, उर्जा, स्वास्थ्य, शिक्षा आदि) मा अगाडी बढ्नु पर्ने, दक्ष जनशक्ति विकासका लागि शीप विकास (Skills Development) जस्ता कार्यक्रम ल्याउनु पर्ने सुझावहरु समेत दिइएको थियो । त्यसैगरि आगामी वर्षको जनवरीमा भारतको हैदरावदमा आयोजना हुने सीआइआई साझेदारी सम्मेलन (CII Partnership Summit-2012) मा भाग लिन महासंघलाई आमन्त्रण समेत गरेको थियो ।

त्यसअघि भारतीय प्रतिनिधिमण्डलको स्वागत गर्नुहुँदै महासंघका अध्यक्ष वैद्यले नियमित रुपमा भएका यस प्रकारको व्यावसायिक भ्रमणबाट हामी बीच रहेका सम्भाव्यताको पहिचान, उत्पन्न समस्याहरुको निराकरण सहित अगाडी बढ्न सहयोग पुग्ने बताउनु भयो । अध्यक्ष वैद्यले नेपाल भारत वाणिज्य सन्धिमा प्रारम्भदेखिनै महासंघ र सीआईआईले निरन्तर रुपमा कार्य गर्दै आएको स्मरण गर्दै हाल नेपालमा संचालित भारतीय संयुक्त लगानी त्यसैको प्रतिफल भएको स्पष्ट पार्नुभयो । नेपालका लागि यतिखेर थप भारतीय लगानीको आवश्यकता रहेकोमा जोड दिंनुहुंदै अध्यक्ष वैद्यले यस बीचमा संयुक्त लगानीका उद्योग व्यवसायमा उत्पन्न समस्या समाधानमा महासंघबाट निरन्तर प्रयास भैरहेको विश्वास दिलाउनु भयो ।

Meeting with CII Delegation

बैठकमा महासंघका पूर्व अध्यक्ष एवं सभासद् माननीय पद्म ज्योति र महासंघका पूर्व उपाध्यक्ष एवं सभासद् माननीय दिवाकर गोल्छाले दुवै देशका महासंघ बीच आपसी वार्ता, छलफल तथा सहकार्यबाट विगतमा निकै ठूलो सफलता मिलेको उदाहरण प्रस्तुत गर्दै सोही अनुसार अगाडी बढ्न सुझाव दिनु भयो ।

सीआईआईका टोली नेता राजिव रंजन मल्लिकले अत्यन्त घनिष्ट छिमेकीको नाताले भारतीय लगानीकर्ताहरु नेपालमा लगानीका लागि उत्साहित रहेकोले हालको वातावरणमा सुधार ल्याउन जरुरी रहेको बताउनु भयो । विभिन्न परिस्थितिका कारण सन् २००३ देखि खासै लगानी हुन नसकेको सन्दर्भमा संयुक्त व्यवसायिक परिषद्लाई अझ क्रियाशिल गरी लगानी विस्तारमा केन्द्रीत गर्नुपर्ने सुझाव दिनु भयो ।

महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले धन्यवाद दिनु भएको बैठकमा उपाध्यक्षहरु भवानी राणा र पशुपति मुरारका, कार्यकारिणी समिति सदस्यहरु, दिनेश श्रेष्ठ, शेखर गोल्छा, ध्रुवकुमार श्रेष्ठ, छायां शर्मा, डीवी वस्नेत, गुणनीधि तिवारी, राजन शर्मा, महासंघका पूर्व कार्यकारिणी समिति सदस्य किशोर खनाल, पूर्व महानिर्देशक वद्री प्रसाद ओझा, महानिर्देशक हेमन्त दवाडी, सीआईआईका सल्लाहकार एस सेन, सीआईआईका दक्षिण एशिया डेस्क प्रमुख जीडी शर्मा लगायतको उपस्थिति रहेको थियो । नेपाल भ्रमणका क्रममा सीआईआई प्रतिनिधिमण्डलले उपप्रधान, वाणिज्य तथा आपूर्ति मन्त्री उपेन्द्र यादव, उपप्रधान तथा गृह मन्त्री कृष्ण बहादुर महरा, उर्जामन्त्री गोकर्ण विष्ट, कृषि मन्त्री हरिनारायण यादव लगायत उच्च सरकारी अधिकारी समक्ष भेटघाट गर्ने कार्यक्रम छ ।

For the photograph, please visit :
https://picasaweb.google.com/fnccinepal/CIIDelegationAtFNCCI19July2011?authuser=0&feat=directlink

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.