»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















उद्योग मन्त्रीसमक्ष महासंघको प्रतिनिधिमण्डलद्धारा भेट (२०६८/४/२६)


उद्योग मन्त्री महेन्द्र पासवान समक्ष नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले आज उद्योग मन्त्रालयमा भेट गरी उद्योग व्यवसायको विकासका लागि मन्त्रालयको तर्फबाट गर्नुपर्ने बिषयमा जानकारी गरायो ।

नवनियुक्त उद्योग मन्त्री पासवानलाई बधाई दिदै महासंघका अध्यक्ष वैद्यले मुलुकभित्र औद्योगिक व्यवसायिक विकासको लागि नेतृत्वदायी भुमिका खेल्न आग्रह गर्नु भयो । सो अवसरमा महासंघको तर्फबाट उद्योग सम्बन्धी स्पष्ट नीतिको अभावले उद्योगहरु दिनानुदिन धरासायी बन्दै गएको, लगानीको वातावरण असहज बन्दै गएको, वर्षाको समय वाहेक अधिकांश समय १८ घण्टासम्म लोडसेडिङको मार खेप्नु परेको र बैकको व्याजदर उच्च रहँदा उद्योग व्यवसाय गर्ने वातावरण बिग्रदै गएकाले उद्योग मन्त्रालयलाई गम्भीरता पूर्वक समस्या समाधान गर्न आग्रह गरियो ।

महासंघका उपाध्यक्ष पशुपति मुरारका, उद्योग समिति सभापति दिनेश श्रेष्ठ, व्यापार समिति सभापति शंकर प्रसाद पाण्डे, लगानी प्रवद्र्धन फोरमको संयोजक चन्द्र ढकाल र महानिर्देशक हेमन्त दवाडी सम्मिलित महासंघको प्रतिनिधिमण्डलले महासंघ र प्रमुख ट्ेरड युनियन बीच भएको ११ बुंदे ऐतिहासिक सम्झौतालाई कार्यान्वयन गर्ने सम्बन्धमा उद्योग मन्त्रालयबाट पहल हुनु पर्ने, औद्योगिक प्रबद्र्धन बोर्डको बैठक निरन्तर रुपमा हुने व्यवस्था गरी लगानीको लागि उचित वातावरण बनाउनु पर्ने, नयाँ औद्योगिक नीति २०६७ को कार्यान्वयनको व्यवस्थाका साथै सो अनुसार नयाँ औद्योगिक व्यवसाय ऐन यथाशिघ्र ल्याउनु पर्ने, उद्योग र वाणिज्य मन्त्रालय बीच समन्वय हुनुपर्ने, निर्यातमा दिनुपर्ने नगद अनुदानलाई सहज रुपमा दिने व्यवस्था तत्काल शुरु गर्नु पर्ने लगायतका सुझाव महासंघको तर्फबाट उद्योग मन्त्री समक्ष राखियो ।

सो अवसरमा नवनियुक्त उद्योग मन्त्री पासवानले महासंघका सुझावहरुलाई आफुले गहन रुपमा लिई मुलुकको औद्योगिक विकासका लागि देखिएका समस्या समाधान एवं मुलुकभित्र औद्योगिक व्यवसायिक वातावरण निर्माणका लागि नेपाल उद्योग वाणिज्य महासंघसंग नजिकमा रहेर कार्य गर्ने विश्वास समेत दिलाउनु भयो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.