नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्य सहित महासंघका पदाधिकारी र संयुक्त अरव इमिरेट्स (यूएई) का लागि नेपाली राजदुत अर्जुनबहादुर थापा बीच आज महासंघ सचिवालयमा भेटवार्ता भयो ।
महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार, उद्योग समितिका सभापति दिनेश श्रेष्ठ, व्यापार समितिका सभापति शंकर पाण्डे, लगानी प्रवद्र्धन फोरमका संयोजक चन्द्र प्रसाद ढकाल, कार्यकारिणी समिति सदस्य राजन शर्मा, महानिर्देशक हेमन्त दवाडीको समेत सहभागिता रहेको सो भेटवार्तामा नेपालबाट यूएईमा उच्च मूल्यका कृषि उत्पादन जस्तो अलैची, चिया, कफी, अदुवा, ताजा तरकारी तथा फलफूलहरु, हाते गलैचा, हस्तकलाका सामग्रीहरु निर्यातको ठूलो सम्भाव्यता रहेको सो अवसरमा जोड दिइयो ।
बैठकमा गत वर्षमात्र नेपाल उद्योग वाणिज्य महासंघ र संयुक्त अरव इमिरेट्स उद्योग वाणिज्य महासंघ (FUAECCI) बीच दुई देशको आर्थिक व्यावसायिक सम्बन्ध विस्तारका लागि आपसी सहकार्य गर्ने उद्देश्यले यूएईको फुजेरा इमिरेट्समा गत वर्ष सहमतीपत्र ९:इग्० मा हस्ताक्षर भएको स्मरण गर्दै उक्त सहमतीपत्रको मर्म र भावना अनुरुप आपसी सम्बन्ध विस्तारमा जोड दिइयो ।