वाणिज्य तथा आपूर्ति मन्त्री विजय कुमार यादव समक्ष नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष पशुपति मुरारकाको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले आज वाणिज्य मन्त्रालयमा भेट गरी व्यापार वाणिज्य क्षेत्रको विकासका लागि मन्त्रालयको तर्फबाट गर्नुपर्ने बिषयमा जानकारी
गरायो ।
नवनियुक्त वाणिज्य मन्त्री यादवलाई बधाई दिदै महासंघका उपाध्यक्ष मुरारकाले व्यापार तथा वाणिज्य क्षेत्रका विद्यमान समस्या समाधान सहित निर्यात क्षेत्रको विकासका लागि मन्त्रालयका तर्फबाट सशक्त भूमिका निर्वाह गर्न आग्रह गर्नु भयो ।
महासंघका व्यापार समितिका सभापति शंकर प्रसाद पाण्डे, र महानिर्देशक हेमन्त दवाडी समेत रहनु भएको महासंघका प्रतिनिधिमण्डलद्वारा मन्त्री यादव समक्ष निर्यातमा दिइने नगद अनुदान प्रक्रियालाई सरलीकरण गर्नु पर्ने, यस्तो अनुदान निर्यातकर्तालाई पनि दिइनु पर्ने, निर्यात योग्य वस्तुहरुको प्रर्वद्धनमा सरकारको तर्फबाट विशेष कार्यक्रमहरु आउनु पर्ने लगायतका सुझाव वाणिज्य मन्त्री समक्ष राखियो ।
सो अवसरमा नवनियुक्त वाणिज्य मन्त्री यादवले महासंघका सुझावहरुलाई आफुले गहन रुपमा लिई व्यापार तथा वाणिज्य क्षेत्रमा देखिएका समस्या समाधान एवं यस क्षेत्रको विकासका लागि नेपाल उद्योग वाणिज्य महासंघसंग नजिकमा रहेर कार्य गर्ने विश्वास समेत दिलाउनु भयो ।