»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















उद्योग व्यवसायलाई अनावश्यक दवाव दिने प्रवित्ति अन्त्य गर्न नेउवामहासंघको आग्रह (२०६८/५/१)


श्रमिक तथा ट्रेड युनियनका नाममा हुने गैर कानूनी व्यवहार र आचरणका कारण छ सय भन्दा बढी कामदारहरुलाई प्रत्यक्ष रोजगारी दिईरहेको विराटनगरस्थित सूर्य नेपाल गार्मेन्ट उद्योग बन्द भएको घटनाबाट नेपाल उद्योग वाणिज्य महासंघ अत्यन्त चिन्तित भएको छ ।

सूर्य नेपालले लगानी विस्तार गर्ने योजना बनाई रहेको स्थितिमा गैर कानूनी बन्दको पारिश्रमिक नदिइने रोजगारदाता र ट्रेड युनियन बीच भएको सहमती विपरित पारिश्रमिकको विवाद उठाई अराजकस्थिति सृजना गर्ने कार्यले दु:खद परिणाम ल्याएको छ । यो सर्वथा चिन्ताको विषय हो । सूर्य गार्मेन्ट बन्द हुुनु संकेत मात्र हो । अहिले उद्योग व्यवसायले थुप्रै समस्या र चुनौतिहरु सामना गर्नु परिरहेकोस्थितिमा दिन प्रति दिनको श्रम समस्याले गर्दा उद्योगहरु बन्द गर्नुपर्ने स्थिति आउनु अत्यन्त दु:खद हो ।

श्रमिक कामदारहरुका जाहेज गुनासा र मागहरु कानून सम्मत र शान्तिपूर्ण तरिकाले समाधान गर्नु पर्दछ भन्ने मान्यता राखि केन्द्रिय तथा स्थानीय रुपमा पनि सामाजिक संवादको काम अघि बढाउन महासंघ सधै लागीपरेको छ । तर गैर कानूनी कुरालाई मान्यता दिदैं जाने र कामदारहरुका नाउमा केही व्यक्तिहरुबाट भैरहेको अराजक गतिविधिलाई नजर अन्दाज गर्ने हो भने व्यवस्थापनले उद्योग कसरी संचालन गर्ने ? असुरक्षा र अराजकताको वातावरणमा कति दिन उद्योग चल्ने ? अहिले खडा भएका यी अहम् प्रश्नहरु हुन । अहिले अरु उद्योगहरु पनि वारम्वार बन्द, हड्ताल, असुरक्षा, अनावश्यक दवावको स्थितिबाट गुज्रिरहेका छन । यस्तै वातावरण रहने हो भने कसरी उद्योग चल्छन् र पूँजी लगानी गर्ने जोखिम कस्ले लिन्छ ? यस्तोस्थितिमा बाहिरको पूंजी भित्र आउने त कुरै छाडौं भित्रकै पूँजी पनि बाहिरिने छ । सूर्य गार्मेन्टको निर्णयले यही प्रतिनिधित्व गर्दछ ।

नेपालमा उद्योग संचालन गर्ने वातावरण छैन, अराजकता र असुरक्षाको बीच किन लगानी गर्ने भन्ने प्रश्न उठिरहेको बेला सूर्य गार्मेन्ट बन्द भएको स्थितिले अन्तर्राष्ट्रिय जगतमै नकारात्मक सन्देश गएको छ । ऐन कानूनको पालनासंगै तुलनात्मक रुपमा कामदारहरुलाई राम्रो सुविधा प्रदान गर्ने उद्योगहरुमा अनावश्यक रुपमा बेला बेलामा विवाद खडा गर्ने प्रवृत्ति बढ्दै जानु चिन्ताको विषय हो । सूर्य नेपाल गार्मेन्टले उद्योग संचालन गर्न कामदार पक्षसंग महिनौ दिनसम्म छलफल र वार्ता गर्दा पनि सहमति हुन नसक्नुलाई हामीले गम्भिरतापूर्वक लिएका छौं । गैर कानूनी रुपमा गरिएको बन्दको समयको पारिश्रमिक नदिने तथा कार्यथलोमा उच्श्रृखंल गतिविधि गर्नेमाथि कानूनसम्मत कारवाही गर्ने व्यवस्थापनको अडान सही थियो भन्ने कुरामा दुइमत हुन सक्दैन । अनुशासनहिन काम गर्नेमाथि व्यवस्थापनलाई कारवाही गर्न नदिने व्यक्ति र समूहको दवावका कारण आज यो दूर्भाग्यपूर्ण स्थिति सृजना भएको छ ।

उद्योग बन्द भए होस भन्ने प्रवृत्ति र चाहना राख्ने हो भने सूर्य गार्मेन्ट मात्र होईन अनपेक्षित रुपमा अन्य धेरै उद्योग बन्द हुने निश्चित छ । यस्तो कहालीलाग्दो अवस्थाप्रति गम्भिर हुन हामी सम्बन्धित पक्ष समक्ष गम्भीर आग्रह गर्दछौं । यस्ता घटनाहरुले अन्तर्राष्ट्रिय रुपमानै नराम्रो सन्देश जादैछ । यो वास्तविकतालाई मनन गरी सरकार र सम्बन्धित सबैले यसतर्फ आवश्यक पहल गरी यथाशीघ्र अनुकूल वातावरण बनाउन नेपाल उद्योग वाणिज्य महासंघ जोडदार आग्रह गर्दछ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.