»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















क्यासीको प्रतिनिधिमण्डल नेपाल भ्रमणमा (२०६८/५/१८)


एशिया प्रशान्त क्षेत्रका उद्योग वाणिज्य संघ/महासंघहरुको संस्था एशिया प्रशान्त उद्योग वाणिज्य महासंघ (Confederation of Asia Pacific Chambers of Commerce and Industry-CACCI) का अध्यक्ष एम. वेनिडिक्टो यूजीको (Amb. Benedicto Yujuico) को नेतृत्वमा पन्ध्र सदस्यीय व्यापारिक प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आएको छ ।

प्रतिनिधिमण्डल आजदेखि भदौं २३ गतेसम्म नेपालको भ्रमणमा रहने छ । भ्रमणको पहिलो दिन आज प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडा समक्ष भेटघाट गरेको छ ।

त्यसैगरि भोली भदौ १९ गते सम्माननीय राष्ट्रपति डा. रामवरण यादव, सम्माननीय प्रधानमन्त्री डा. बाबुराम भट्टराई समक्ष शिष्टाचार भेट गर्नेछ । त्यसैगरि सोही दिन प्रतिनिधिमण्डलले उद्योग, अर्थ, उर्जा मन्त्रालयका उच्च पदाधिकारीहरुसंग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम छ । भोलीनै प्रतिनिधिमण्डल र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्य सहित पदाधिकारी र नेपाली उद्यमी व्यवसायी बीच महासंघ सचिवालय टेकूमा व्यावसायिक भेटवार्ता हुने छ ।

सोही अवसरमा व्यवसायिक भेटघाटका क्रममा क्यासीको सचिवालयको तर्फबाट हालसम्मका गतिविधिहरु, क्यासी एशिया काउन्सिलको जलश्रोत, उर्जा तथा वातावरण (Chairman of CACCI Asian Council on Water, Energy and Environment) अध्यक्ष एवं महासंघको उर्जा विकास फोरमका सभापति ज्ञानेन्द्रलाल प्रधान, क्यासीको सदस्य एवं शहरी विकास फोरमका सभापति ओम राजभण्डारीले क्रमश उर्जा, वातावरण तथा पूर्वाधार विकासका क्षेत्रमा नेपालमा लगानीको सम्भाव्यताका विषयमा विस्तृत कार्यपत्र प्रस्तुत गर्नुहुने कार्यक्रम छ । नेपाल भ्रमणका क्रममा प्रतिनिधिमण्डलले नेपालमा वैदेशिक लगानीका सम्भावना र अवसरहरुका वारेमा जानकारी लिनुको साथै द्विपक्षीय व्यापार तथा पर्यटन अभिवृद्धिका सम्बन्धमा व्यापक छलफल गर्ने छ ।

नेपाल उद्योग वाणिज्य महासंघ, क्यासी (CACCI) को सदस्य रही आएको छ । महासंघले क्यासीका नियमित बैठकमा सहभागी भई नेपालको प्रतिनिधित्व गर्दै आएको छ । निजी क्षेत्र बीच सम्बन्ध विस्तारका माध्यमबाट एशिया प्रशान्त क्षेत्रको आर्थिक विकासमा क्यासीले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.