»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















क्सायी प्रतिनिधिमण्डलसंग महासंघ सचिवालयमा भेटवार्ता सम्पन्न (२०६८/५/१९)


नेपाली निजी क्षेत्र र एशिया प्रशान्त उद्योग वाणिज्य महासंघ (Confederation of Asia Pacific Chambers of Commerce and Industry-CACCI) का अध्यक्ष एम. वेनिडिक्टो यूजीको (Amb. Benedicto Yujuico) को नेतृत्वमा नेपाल भ्रमणमा आएको सत्र सदस्यीय क्सायी प्रतिनिधिमण्डल बीच आज नेपाल उद्योग वाणिज्य महासंघ सचिवालय, टेकूमा भेटवार्ता सम्पन्न भयो ।

उक्त बैठकमा नेपाली निजी क्षेत्रको प्रतिनिधित्व नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्य र क्यासी प्रतिनिधिमण्डलको नेतृत्व अध्यक्ष यूजिकोले गर्नुभएको थियो । बैठकमा नेपालको उर्जा, पूर्वाधार विकास, कृषि, पर्यटन लगायतका क्षेत्रमा एशिया प्रशान्त क्षेत्रको लगानी आकर्षणका विषयमा विशेष छलफल भयो ।

सो भेटवार्तामा क्सायी प्रतिनिधिमण्डलको स्वागत गर्नुहुंदै महासंघका अध्यक्ष वैद्यले नेपाल लगानीको लागि उपयुक्त गन्तव्य भएको र सरकारी नीति पनि वैदेशिक लगानी मैत्री रहेको र नेपालमा लगानी गर्ने विदेशीले शत प्रतिशत लगानी फिर्ता लैजान सक्ने कानूनी प्रावधान रहेको स्पष्ट पार्नुभयो । नेपालमा संयुक्त लगानी आकर्षण, आर्थिक व्यावसायिक सम्बन्ध विस्तारका लागि करिव तीन दर्जनभन्दा बढी क्षेत्रीय अन्तर्राष्ट्रिय समकक्षी संस्थाहरुसंग महासघले सहकार्यको सम्झौता गरि अगाडी बढेको जानकारी गराउनु भयो । अध्यक्ष वैद्यले महासंघ क्यासीको सक्रिय सदस्यको रुपमा रहेर कार्य गर्दै आएको पनि स्पष्ट पार्नु भयो ।

बैठकमा प्रतिनिधिमण्डलका नेता एवं क्यासीका अध्यक्ष यूजिकोले नेपालमा सरकारी निजी क्षेत्र बीचको सम्बन्ध आफूले निकै राम्रो पाएकोले यसलाई यथार्थतामा रुपान्तरण गरि अधिकतम फाइदा लिन आग्रह गर्नुभयो । प्रतिनिधिमण्डलका नेता यूजिकोले विकासका कार्ययोजना बनाउंदा ठोस, कार्यान्वयन गर्न सकिने हुनुपर्ने बताउंदै त्यसलाई यथार्थतामा रुपान्तरण गर्नुपर्ने सुझाव महासंघसंगको बैठकमा राख्नुभयो । त्यस्ता योजना बढीभन्दा बढी अवसर सृजना गर्ने खालको हुनुपर्ने पनि उहांको जोड थियो ।

क्यासी अध्यक्ष यूजिकोले नेपालमा क्यासीको लगानी भित्रयाउन आफ्नो तर्फबाट पूर्ण सहयोग रहने विश्वास दिलाउंदै लगानीको प्रशस्त सम्भावना रहेको नेपालले लगानीका लागि प्राथमिकता छनौटमा विशिष्ट (Specific) हुन आग्रह गर्नुभयो । राष्ट्रपति, प्रधानमन्त्री र सरकारी पदाधिकारीहरुसंग भएको वार्ता निकै उपलव्धी मुलक भएको पनि उहांले बताउनु भयो ।

महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले धन्यवाद दिनु भएको उक्त बैठकमा महासंघका उपाध्यक्षहरु भवानी राणा, पशुपति मुरारका, कार्यकारिणी समिति सदस्यहरुको उपस्थित थियो भने क्यासी एशिया काउन्सिलको जलश्रोत, उर्जा तथा वातावरण (Chairman of CACCI Asian Council on Water, Energy and Environment) अध्यक्ष एवं महासंघको उर्जा विकास फोरमका सभापति ज्ञानेन्द्रलाल प्रधान, क्यासीको सदस्य एवं शहरी विकास फोरमका सभापति ओम राजभण्डारीले क्रमश उर्जा, वातावरण तथा पूर्वाधार विकासका क्षेत्रमा नेपालमा लगानीको सम्भाव्यताका विषयमा विस्तृत कार्यपत्र प्रस्तुत गर्नु भयो । बैठकमा नेपालको तर्फबाट क्यासीको आजीवन सदस्यता लिनेहरुलाई प्रमाणपत्र र पिन समेत वितरण गरियो ।

Meeting with CII Delegation

Meeting with CII Delegation

त्यसअघि आजै महासंघका अध्यक्ष सुरज वैद्य, महासंघका पूर्व अध्यक्ष एवं क्यासीको कार्यकारिणी समिति सदस्य प्रदीपकुमार श्रेष्ठ, महासंघका पदाधिकारीहरु सहित क्यासी प्रतिनिधिमण्डलले राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री डा. बाबुराम भट्टराईसंग छुट्टाछुट्टै भेटवार्ता गर्‍यो । त्यसैरि प्रतिनिधिमण्डलले पर्यटन तथा उद्योग सचिवसंग पनि भेटवार्ता गर्‍यो । ती भेटका अवसरमा नेपालको शान्ति प्रक्रिया, लगानीको अवसर तथा क्षेत्रहरुका विषय तथा नेपालमा एशिया प्रशान्त क्षेत्रको लगानी आकर्षणका विषयमा विस्तृत छलफल भयो ।

नेपाल उद्योग वाणिज्य महासंघ, क्यासी (CACCI) को सदस्य रही आएको छ । महासंघले क्यासीका नियमित बैठकमा सहभागी भई नेपालको प्रतिनिधित्व गर्दै आएको छ । निजी क्षेत्र बीच सम्बन्ध विस्तारका माध्यमबाट एशिया प्रशान्त क्षेत्रको आर्थिक विकासमा क्यासीले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । क्यासीमा एशिया प्रशान्त क्षेत्रका २७ वटा देशका प्रतिनिधिमुलक उद्योग वाणिज्य सघ/महासंघहरुको आवद्धता रहेको छ ।

कृपया प्रेस फोटोको लागि यहाँ क्लिक गर्नु होला ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.