»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















नेउवामहासंघ र काठमाडौं विश्वविद्यालय बीच सहमतीपत्रमा हस्ताक्षर (२०६८/६/६)


नेपाल उद्योग वाणिज्य महासंघ र काठमाडौं विश्वविद्यालय बीच अध्ययन अनुसन्धानका शिलशिलामा आपसी सहयोग आदान प्रदान गर्ने उद्देश्यले आज एक स्मृतिपत्रमा हस्ताक्षर भयो ।

Meeting with CII Delegation

स्मृतिपत्रमा नेपाल उद्योग महासंघका तर्फबाट अध्यक्ष सुरज वैद्य र विश्वविद्यालयका तर्फबाट उपकुलपति डा. सुरेशराज शर्माले हस्ताक्षर गर्नुभयो । त्यसैगरि महासंघको तर्फबाट संयोजकको भूमिका निर्वाह गर्नु हुने महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार र विश्वविद्यालयका तर्फबाट संयोजकको भूमिका निर्वाह गर्नुहुने विश्वविद्यालयका सहप्राध्यापक तथा विभागिय प्रमुख डा. भिमप्रसाद श्रेष्ठले पनि हस्ताक्षर गर्नुभयो ।

स्मृतिपत्रमा हस्ताक्षर पछि महासंघका अध्यक्ष वैद्यले मुलुकको उद्योग व्यवसायको उन्नतीका लागि अध्ययन अनुसन्धानका क्षेत्रमा केही योगदान पुर्‍याउने मनसायले महासंघले काठमाडौं विश्व विद्यालयसंग सहकार्यको लागि हात अगाडी बढाएको र यस दिशामा भएको यो प्रयास “कोशेढुंगा” हुने विश्वास प्रकट गर्नुभयो । उपकुलपति डा. शर्माले उन्नती र आर्थिक प्रगतिका लागि नयां नयां खोज अनुसन्धान गरि त्यसैको आधारमा विकासका रेखाहरु कोर्नुपर्ने र वाह्य देशहरुमा पनि अध्ययन अनुसन्धानमा निजी क्षेत्रको लगानी हुने गरेको सन्दर्भमा नेपालमा पनि यसको शुरुवात गर्ने उद्देश्यले निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था महासंघसंग सहकार्यका लागि पहल भएको स्पष्ट पार्नुभयो । विश्व विद्यालयको स्थापनादेखि महासंघसंग कुनै न कुनै रुपमा सामिप्यतामा रहेर कार्य भैरहेको पनि उहांले जानकारी गराउनु भयो ।

महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले प्रारम्भमा स्वागत गर्नुहुंदै यो शुरुवात मुलुकको आर्थिक उन्नतीका लागि “सेतु” हुने विश्वास प्रकट गर्नुभयो । स्मृतिपत्रमा गुण नियन्त्रण, शीप विकास तालिम, अध्ययन तथा अनुसन्धान, इन्टर्नशीप आदि गतिविधिहरुका सम्बन्धमा दुई पक्ष बीच सहकार्य गर्ने तथा यसक्रममा आवश्यक ज्ञान तथा सूचना आदान प्रदान गर्ने, एकअर्काका लागि आवश्यक क्षेत्रहरुको पहिचान गरि सो सम्बन्धी कार्यक्रम पहिचान गरि त्यसलाई कार्यान्वयन गर्ने उल्लेख छ ।

सो समारोहमा महासंघका उपाध्यक्ष पशुपति मुरारकाले धन्यवाद मन्तव्य दिनु भएको सो कार्यक्रममा महासंघको कार्यकारिणी समितिका सदस्यहरु, प्राध्यापकहरु सहितको उपस्थिति रहेको थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.