»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















प्रधानमन्त्रीका साथ नेउवामहासंघको प्रतिनिधिमण्डल भारत भ्रमणमा (२०६८/७/३)


प्रधानमन्त्री डा. बाबुराम भट्टराईबाट मित्रराष्ट्र भारतका प्रधानमन्त्री डा. मनमोहन सिंहको मैत्रीपूर्ण निमन्त्रणामा आजदेखि कार्तिक ६ गतेसम्म हुने भारतको चार दिने औपचारिक भ्रमणका साथ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यको नेतृत्वमा महासंघको प्रतिनिधिमण्डल आज नयां दिल्ली तर्फ प्रस्थान गर्‍यो ।

प्रधानमन्त्री भट्टराईका साथ सम्मिलित महासंघको प्रतिनिधिमण्डलबाट भारतका समकक्षी संस्थाहरुका साथै भारत सरकारका मन्त्री, उच्च पदस्थ अधिकारी एवं व्यावसायिक नेतृत्व, संचार माध्यमसंग भेटघाट, छलफल, अन्तरक्रिया हुने कार्यक्रम छ ।

प्रतिनिधिमण्डलका सदस्यहरुमा एफएनसीसीआइ–सीआइआई संयुक्त आर्थिक परिषदका सह–सभापति एवं महासंघका पूर्व अध्यक्ष पद्य ज्योति, महासंघका पूर्व अध्यक्ष एवं विशिष्ट सदस्य चण्डिराज ढकाल, महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार, उपाध्यक्षहरु भवानी राणा र पशुपति मुरारका, एफएनसीसीआइ–सीआइआई संयुक्त आर्थिक परिषदका सदस्य एवं पूर्व उपाध्यक्ष दिवाकार गोल्छा, महासंघको कार्यकारिणी समितिका सदस्यहरु ज्ञानेन्द्रलाल प्रधान, चन्द्र प्रसाद ढकाल र शेखर गोल्छा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष सुरेश कुमार बस्नेत, घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष लता प्याकुरेल, एफएनसीसीआइ–सीआइआई संयुक्त आर्थिक परिषदका सदस्य एवं विरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अशोककुमार टेमानी, एफएनसीसीआइ–सीआइआई संयुक्त आर्थिक परिषदका सदस्य एवं मोरङ व्यापार संघका अध्यक्ष अविनास वोहोरा, नेपाल चेम्वर अफ कमर्सका उपाध्यक्ष ज्ञानेन्द्ररत्न तुलाधर, एफएनसीसीआइ–सीआइआई संयुक्त आर्थिक परिषदका सदस्यहरु सौर्य राणा, विजय दुगड, आरवी रौनियार, क्याविनेट श्रेष्ठ, वद्री प्रसाद ओझा, नेपाल राष्ट्रिय व्यापार उद्योग संघका अध्यक्ष कृष्ण आचार्य, टिकाराम पोखरेल, मनिषकुमार जोशी, उद्यमी प्रमोद राणा, महासंघका महानिर्देशक डा. हेमन्त दवाडी र वरिष्ठ अधिकृत अनुपकुमार श्रेष्ठ लगायत हुनुहुन्छ ।

प्रतिनिधिमण्डलमा जलविद्युत, विद्युत तथा विद्युतीय सामग्री, निर्माण व्यवसाय, इन्जिनियरिङ्ग, तयारी पोशाक, हस्तकला, पश्मिना, ऊनी गलैंचा, चिया, यातायात तथा यातायातका साधन, होटल तथा रेष्टुरा लगायतको पर्यटन, सूचना तथा सञ्चार, मेला तथा प्रदर्शनी, औषधि, जडिबुटी, खनिज, बैंक वित्त तथा विमा, आवास, पेय पदार्थ, स्टेनलेस स्टिल, निर्माण तथा घरायसी उपयोगका सामग्री, कृषिजन्य उद्योग तथा उत्पादन, प्लाष्टिक तथा प्लाष्टिकजन्य उद्योग, कागज तथा शैक्षिक सामग्री, काष्ठ उद्योग, अफिस सामान, आयात निर्यात आदि उद्योग व्यवसाय क्षेत्रको प्रतिनिधित्व भएको छ । महासंघको प्रतिनिधिमण्डद्वारा आजै सांझ भारतीय संचार माध्यमसंग एक अन्तरक्रिया गर्ने कार्यक्रम छ भने भोली एफएनसीसीआइ–सीआइआई संयुक्त आर्थिक परिषदको बैठक नयां दिल्लीमा हुने छ ।

भ्रमणको क्रममा प्रधानमन्त्री भट्टराईको सम्मानमा भारतीय उद्योग महासंघ (CII), भारतीय उद्योग वाणिज्य महासंघ (FICCI) तथा एशोसिएटेड चेम्बर अफ कमर्स (ASSOCHAM) द्वारा नयां दिल्लीमा आयोजना हुने कार्यक्रममा सम्मिलित हुने छ । उक्त सबै कार्यक्रमबाट नेपालको उद्योग, व्यापार, जलश्रोत, कृषि, पारवहन, यातायात तथा पर्यटन प्रबद्र्धन र निर्यात व्यापारमा देखिएका समस्या समाधानका साथै द्विपक्षीय आर्थिक सम्बन्धको विकासमा अत्यन्त सकारात्मक प्रभाव पार्नुका साथै प्रधानमन्त्रीको भ्रमणलाई अत्यन्त फलदायी बनाउन समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.