»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















नेउवामहासंघका पूर्व अध्यक्ष गिरीलाई महासंघको झण्डा ओढाई अन्तिम श्रद्धाञ्जली अर्पण (२०६८/८/६)


नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष हरिप्रसाद गिरीको ८३ वर्षको उमेरमा मंसीर ४ गते आइतवार राति निधन भएको छ । पूर्व अध्यक्ष गिरीको पार्थिव शरीरमाथि पशुपति आर्यघाटमा महासंघका पूर्व अध्यक्ष विनोद बहादुर श्रेष्ठ र उपाध्यक्ष पशुपति मुरारकाले महासंघको झण्डा ओढाई आज अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभयो ।

अन्तिम श्रद्धाञ्जली कार्यक्रममा महासंघका पूर्व अध्यक्षहरु, महासंघका उपाध्यक्षहरु, पूर्व पदाधिकारीहरु, महासंघको कार्यकारिणी समितिका सदस्यहरु, उद्यमी व्यवसायीहरु, महासंघ सचिवालयका कर्मचारीहरुले पूर्व अध्यक्ष स्व. गिरीप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभयो । वि.सं. १९८५ जेष्ठ १० गते सिरहा जिल्लामा जन्मनु भएका स्व.गिरी २०३२ देखि २०३५ सम्म नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष भई निजी क्षेत्रको नेतृत्व गर्नु भएको थियो । स्व. गिरीले वि.सं. २०५०–२०५२, २०५२–२०५४, २०५६–२०५८ र २०५८–२०६० मा महासंघको सल्लाहकार समिति सदस्यमा रही महासंघको सेवा पुर्‍याउनु भएको थियो ।

स्व. गिरी वि.सं. २०१९ देखि पर्सा जिल्लाको वीरगंजमा उद्योग व्यवसायमा संलग्न रहनु भयो । महासंघको सदस्य वीरगंज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहनु भएका स्व. गिरी पछिल्लो पटक महासंघको वस्तुगत सदस्य नेपाल वन उद्योग संघको अध्यक्ष हुनुहुन्थ्यो । उद्योग व्यवसायको अतिरिक्त सामाजिक सेवामा पनि त्यत्तिकै सक्रिय गिरीले स्कूल, धर्मशाला, अस्पताल निर्माण लगायतका सामाजिक कार्यमा निकै ठूलो योगदान दिनु भएको थियो । स्व. गिरीले कत्था मिल, गार्मेन्ट, लेदर, प्लास्टिक वनजन्य सहित विभिन्न उद्योग व्यवसाय संचालन गर्नुभई सयौं मानिसहरुलाई रोजगारी दिनु भएको थियो ।

महासंघको उन्नतीमा निरन्तर लाग्नु भएका स्व. गिरीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा नेपालको आर्थिक व्यावसायिक सम्बन्ध विस्तार तथा महासंघको छवी विस्तारमा ठूलो योगदान दिनु भएको थियो । जीवनको लामो समय व्यापार व्यवसाय र सामाजिक सेवामा व्यतित गर्नुभएका स्व. गिरीले आफ्ना अनुभवहरुलाई समेटेर आत्मवृत्तान्त समेत लेख्नु भएको थियो । उहांका एक छोरा र तीन छोरी हुनुहुन्छ ।

उहांको निधनबाट राष्ट्रले एक पुराना अनुभवी उद्यमी व्यवसायी गुमाउनु परेको छ भने महासंघले आफ्ना अग्रज । यस दु:खद घडिमा महासंघ परिवार तथा सम्पूर्ण निजी क्षेत्रको तर्फबाट स्व. गिरीको शोक सन्तप्त परिवार प्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्माको चीर शान्तिका लागि श्री परमेश्वरसंग प्रार्थना गर्दछौं ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.