»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















नेउवामहासंघद्वारा यूएनडीपीको उच्चस्तरीय प्रतिनिधिमण्डलसंग नेपालगंजमा आज अन्तरक्रिया हुंदै (२०६८/८/६)


निजी क्षेत्रको संघिय प्रतिनिधिमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघद्वारा संयुक्त राष्ट्रसंघिय विकास कार्यक्रम (United Nations Development Program–UNDP) को उच्चस्तरीय प्रतिनिधिमण्डलसंग आज सांझ नेपालगंजमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिदैछ ।

संयुक्त राष्ट्र संघिय विकास कार्यक्रमका सद्भावना राजदूत एंव नर्वेका युवराज राजकुमार हृाकोन (UNDP Goodwill Ambassador His Royal Highness Prince Haakon) एंव संयुक्त राष्ट्र संघिय विकास कार्यक्रमका प्रमुख प्रशासक हेलेन क्र्लाक (Ms. Helen Clark, Administrator, UNDP) को सहभागिता रहने उक्त अन्तरक्रिया कार्यक्रममा संयुक्त राष्ट्र संघका उच्चस्तरीय पदाधिकारी एंव नेपालका लागि नर्वेका राजदुत लगायत अन्य कतिपय उच्च पदस्थ अधिकारीहरुको सहभागिता रहने उक्त अन्तरक्रिया कार्यक्रममा महासंघको तर्फबाट महासंघका कार्यवाहक अध्यक्ष भाष्करराज राजकर्णिकारको नेतृत्वमा पदाधिकारीहरु, कार्यकारिणी समितिका सदस्यहरु एंव मध्यपश्चिम तथा सुदुरपश्चिम क्षेत्रका उद्योग वाणिज्य संघका अध्यक्षहरुको सहभागिता रहने छ ।

उक्त अन्तरक्रिया कार्यक्रममा महासंघको तर्फबाट महासंघले आर्थिक एंव समाजिक विकासमा लिएका पहल कदमीहरुको प्रस्तुतीका साथै संयुक्त राष्ट्र संघिय विकास कार्यक्रमसंग मिलेर नेपालको उद्योग व्यापारको विस्तारका लागि संयुक्त पहल गर्न सुझाव राखिने छ । संयुक्त राष्ट्र संघले नेपाल लगायत विकासोन्मुख राष्ट्रहरुमा गरिवीको न्यूनिकरण लगायत शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता सामाजिक क्षेत्रहरुमा कार्य गर्दै आएको छ ।

महासंघसंग संयुक्त राष्ट्रसंघको सहकार्य निकै पुरानो हो । उदारिकरणको सुरुवातसंगै निजी क्षेत्रको विकासका लागि संयुक्त राष्ट्र संघिय विकास कार्यक्रम एंव संयुक्त राष्ट्रसंघ औद्योगिक विकास संगठन (UNIDO) संग मिलेर महासंघले एक परियोजना कार्यान्वयन गरेको थियो । उक्त कार्यक्रमका अतिरिक्त Micro Enterprise Development, Public Private Partnership for Urban Environment, एचआई.भि. एड्स विरुद्धको अभियान, ग्ल न्यिदब िऋयmउबअत लगायतका कार्यक्रमहरुमा संयुक्त राष्ट्रसंघिय विकास कार्यक्रम र महासंघको सक्रिय सहकार्य रहदै आएको छ । हाल संयुक्त राष्ट्रसंघले नेपालमा गरिवी न्यूनिकरणका साथै दीगो शान्ति स्थापनालाई वढि प्राथमिकता दिंदै आएको छ ।

गरिवी निवारण एंव दीगो शान्तिका लागि नेपालको अर्थतन्त्रको विकास एंव विस्तार हुनु पर्नेमा निजी क्षेत्रको विश्वास छ । अर्थतन्त्रको विकास एंव विस्तारको लागि उद्योग व्यापार क्षेत्रले राष्ट्रको सम्पूर्ण निर्णय प्रक्रियामा प्राथमिकता पाउनु पर्दछ र निजी क्षेत्रका लागि काम गर्ने वातावरण बन्नु पर्दछ भन्ने धारणा महासंघले राख्दै आएको छ । संयुक्त राष्ट्रसंघिय विकास कार्यक्रमसंग मिलेर उद्यमशीलता विकास, शिप विकास, रोजगारी श्रृजना लगायतका क्षेत्रमा काम गर्न निजी क्षेत्र ईच्छुक रहेको छ । मध्य पश्चिम विकास क्षेत्रमा हुन लागेको यस अन्तरक्रिया कार्यक्रममा यस क्षेत्रका संभावना र ती संभावनाका दोहनका लागि गरिनुपर्ने पहलहरुका वारेमा व्यापक छलफल हुनेछ । मूलत: यस क्षेत्रका कृषि जडिबुटी एंव पर्यटन पर्वद्धनका लागि के कस्तो पहल गर्न सकिन्छ भन्ने वारे छलफल हुने छ ।

नेपाल उद्योग वाणिज्य महासंघलाई यू.एन.डि.पि.को यो अति उच्चस्तरीय प्रतिनिधीमण्डलसंग अन्तरक्रिया गर्ने मौका दिइएकोमा महासंघ सहित सिंगो निजी क्षेत्र यु.एन.डि.पी. प्रति आभारी समेत भएको छ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.