»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















नेउवामहासंघद्वारा यूएनडीपीको उच्चस्तरीय प्रतिनिधिमण्डलसंग आयोजित भेटवार्ता सम्पन्न (२०६८/८/७)


नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा नेपाली उद्यमी व्यवसायी र यू.एन.डि.पि.को अति उच्चस्तरीय प्रतिनिधीमण्डल (United Nations Development Program–UNDP) बीच हिजो नेपालगंजमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।

Meeting with UNDP High Level Delegation

संयुक्त राष्ट्र संघिय विकास कार्यक्रमका सद्भावना राजदूत एंव नर्वेका युवराज राजकुमार हृाकोन (UNDP Goodwill Ambassador His Royal Highness Prince Haakon) एंव संयुक्त राष्ट्र संघिय विकास कार्यक्रमका प्रमुख प्रशासक हेलेन क्र्लाक (Ms. Helen Clark, Administrator, UNDP) को सहभागितामा सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रममा संयुक्त राष्ट्र संघका उच्चस्तरीय पदाधिकारी एंव नेपालका लागि नर्वेका राजदुत लगायत अन्य कतिपय उच्च पदस्थ अधिकारीहरुको सहभागिता रहेको कार्यक्रममा महासंघको तर्फबाट महासंघका कार्यवाहक अध्यक्ष भाष्करराज राजकर्णिकारको नेतृत्वमा पदाधिकारीहरु, कार्यकारिणी समितिका सदस्यहरु एंव मध्यपश्चिम तथा सुदुरपश्चिम क्षेत्रका उद्योग वाणिज्य संघका अध्यक्षहरुको सहभागिता रहेको थियो ।

उक्त अन्तरक्रिया कार्यक्रममा विशिष्ट अतिथिहरुको स्वागत गर्नुहुंदै महासंघका कार्यवाहक अध्यक्ष भाष्करराज राजकर्णिकारले महासंघले आर्थिक एवं सामाजिक विकासमा लिएका पहल कदमीहरुको वारे जानकारी गराउनु भयो । महासंघले सार्वजनिक निजी साझेदारीको अवधारणा अनुसार नेपाल सरकारसंग हातेमालो गरि संचालनमा ल्याएका कार्यक्रमहरु जस्तो इलम प्रशिक्षण कार्यक्रम, एक गाउं एक उत्पादन कार्यक्रम, स्वरोजगार कार्यक्रमहरुबाट मुलुकभित्र रोजगारी सृजना, आर्थिक गतिविधि विस्तार सहित समग्रमा शान्ति स्थापनामा निकै ठुलो सघाउ पुग्नेमा निजी क्षेत्र विश्वस्त रहेकाले यसलाई अझबढी व्यवस्थित र प्रभावकारी पार्दै लैजान दातृ निकायहरुको सहयोगको आवश्यकतामा जोड दिनु भयो । साथै यस्ता प्रयासमा सहयोग गर्न संयुक्त राष्ट्रसंघका विभिन्न निकायहरुलाई अपिल समेत गर्नुभयो ।

आर्थिक मुद्धा निकै पछाडी रहेको सन्दर्भ राख्दै कार्यवाहक अध्यक्ष राजकर्णिकारले आर्थिक मुद्दाले प्राथमिकता नपाएसम्म शान्ति र समृद्धि असम्भव छ भन्नेमा निजी क्षेत्र पूर्ण विश्वस्त रहेको प्रसंग राख्दै महासंघले मुलुकभित्र उर्जा, पूर्वाधार विकास, पर्यटन, खानी तथा खनिजजन्य, सूचना प्रविधि, व्यवसायिक कृषि, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रहरु पहिचान गरि ती क्षेत्रहरुमा लगानीका लागि विश्वव्यापी रुपमा लगानीकर्ताहरु आकर्षण गर्न सक्ने परियोजनाहरुको लागि कार्य गरिरहेको पनि जानकारी गराउनु भयो । साथै उहांले महासंघका सवै सदस्य उद्योग वाणिज्य संघहरुले मुलुकभित्र साना तथा लघु उद्यम व्यवसायको विकासमा कार्यगरिहेको स्मरण गराउंदै खासगरि मध्य तथा सुदुरपश्चिम क्षेत्रमा यस्ता परियोजनाहरुलाई अझ बढी प्रभावकारी रुपमा लैजानु पर्नेमा विशेष दिनु भयो । साथै उहांले महासंघको पहलमा नेपाल सरकारले सन् २०१२–१३ लाई लगानी वर्षको रुपमा मनाउन लागेको जानकारी गराउंदै उक्त अभियानलाई सफल पार्न यूएनडीपी जस्ता संस्थाले नेपालभित्र लगानी मैत्री वातावरण निर्माण तथा नीतिगत विकासमा सहयोगका लागि अपिल गर्नुभयो ।

सो कार्यक्रमलाई सम्वोधन गर्नुहुंदै नर्वेका युवराज राजकुमार हृाकोन (UNDP Goodwill Ambassador His Royal Highness Prince Haakon) ले नेपालमा आफनो पहिलो भ्रमण भएको र भं्रमणबाट आफू अत्यन्त प्रभावित रहेको अनुभव राख्दै नेपाली निजी क्षेत्रलाई आर्थिक विकासका कार्यक्रमहरु विशेष गरि गरिवी रोजगारीमुलक कार्यक्रम संचालनमा विशेष नेतृत्व लिन आग्रह सहित समावेशी आर्थिक विकासमा जोड दिनु भयो । राजकुमार ह्राकोनले विकासको अत्यन्त सम्भावना रहेको नेपालको जलश्रोत विकासलाई मुख्य प्राथमिकताका साथ अगाडी बढाउन सुझाव दिनु भयो ।

संयुक्त राष्ट्र संघिय विकास कार्यक्रमका प्रमुख प्रशासक हेलेन क्र्लाक (Ms. Helen Clark, Administrator, UNDP) ले राजनीतिक दलहरु बीच हालै सम्पन्न शान्ति सम्झौताबाट आफूहरु निकै उत्साहित भएको र त्यसले नेपालमा संविधान निर्माण सहित शान्ति प्रक्रियाले ठोस गतिलिने आशा सहित दीगो शान्ति स्थापना पश्चात नेपाल समृद्धिको वाटो तर्फ उन्मुख हुने विश्वास प्रकट गर्नुभयो । उहांले यूएनडीपीको सहयोग सहकार्य आगामी दिनमा पनि निरन्तर जारी रहने विश्वास निजी क्षेत्रलाई दिलाउंदै आर्थिक विकासको नेतृत्व लिन सुझाव दिनु भयो ।

Meeting with UNDP High Level Delegation

महासंघका उपाध्यक्ष भवानी राणाले यूएनडीपीको उच्चस्तरीय प्रतिनिधिमण्डलसंग भेटघाट एवं निजी क्षेत्रसंग अन्तरक्रिया गर्ने मौका दिइएकोप्रति खुशी प्रकट गर्दै महासंघले निरन्तर सहकार्य गर्दै जाने प्रतिवद्धता जनाउनु भयो ।

अन्तरक्रिया कार्यक्रममा महिला उद्यमशीलता मार्फत उनीहरुलाई आर्थिक विकासको मूल प्रवाहमा ल्याउनु पर्ने, मध्य पश्चिम तथा सुदूर पश्चिममा शीप विकासका कार्यक्रमहरु संचालन गर्नुपर्ने र विकासको दृष्टिमा पछाडी परेको मध्य तथा सुदूर पश्चिमका क्षेत्रहरुमा प्रभावकारी कार्यक्रम ल्याउन यूएनडीपी जस्ता संस्थाबाट सहयोग निरन्तर हुनु पर्ने लगायतका सुझावहरु दिइएको थियो ।

थप फोटोको लागि कृपया यहाँ क्लिक गर्नु होला । धन्यवाद ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.