»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष हरिप्रसाद गिरीको निधनमा शोक प्रस्ताव पारित (२०६८/८/८)


Late Hari Prasad Giri's Sok Sabha

नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष भाष्करराज राजकर्णिकारको सभापतित्वमा महासंघका पूर्व अध्यक्ष हरिप्रसाद गिरीको निधनमा शोक मनाउन आज मिति २०६८ मंसीर ८ गते महासंघको सचिवालय टेकूमा आयोजित शोक सभाबाट निम्न प्रस्ताव पारित गरिएको छ ।

महासंघका पूर्व अध्यक्ष हरिप्रसाद गिरीको ८३ वर्षको उमेरमा मंसीर ४ गते आइतवार राती निधन भएकोमा नेपालका तमाम निजी क्षेत्रलाई मर्माहत एवं स्तब्ध तुल्याएको छ र यो सभा यस दु:खद घडिमा गहिरो दु:ख व्यक्त गर्दछ । आजभन्दा ८३ वर्ष अघि अर्थात वि.सं. १९८५ जेष्ठ १० गते सिरहा जिल्लामा स्वर्गिय पुष्पलाल गिरीका कान्छा छोराका रुपमा जन्मनु भएका स्व.गिरी महासंघको कार्यकारिणी समिति सदस्य हुंदै बिक्रम सम्वत २०३२ देखि २०३५ सम्म महासंघको अध्यक्ष भई निजी क्षेत्रको नेतृत्व गर्नु भएको थियो । स्व. हरिप्रसाद गिरीले वि.सं. २०५०-२०५२, २०५२-२०५४, २०५६-२०५८ र २०५८-२०६० मा महासंघको सल्लाहकार समितिको सदस्य रही महासंघको सेवा पुर्‍याउनु भएको थियो ।

वि.सं. २०१७ सालको राजनीतिक घटनापछि स्व. गिरीले सरकारी सेवा त्यागगरि वि.सं. २०१९ देखी पर्सा जिल्लाको बीरगंजमा उद्योग व्यवसायमा संलग्न रहनु भयो । महासंघको सदस्य वीरगंज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहनु भएका स्व. गिरी धेरै वर्षसम्म महासंघको वस्तुगत सदस्य नेपाल वन उद्योग संघको अध्यक्ष रहनु भयो । स्व. गिरीले नेपाल लायन्स क्लव, नेपाल रेडक्रम, क्षयरोग निवारण जस्ता परोपकारी संस्थामा समेत नेतृत्व लिई सेवा पुर्‍याउनु भएको थियो । स्व. गिरीले कत्था मिल, गार्मेन्ट, लेदर र प्लास्टिक सहित विभिन्न उद्योग व्यवसाय संचालन गर्नुभई सयौं मानिसहरुलाई रोजगारी दिनु भएको थियो । उहांको नेतृत्वमा पहिलो पटक व्यापार प्रतिनिधिले बंगलादेशको भ्रमण समेत गरेको थियो ।

उद्योग व्यवसायको अतिरिक्त सामाजिक सेवामा पनि त्यत्तिकै सक्रिय गिरीले स्कूल, धर्मशाला, अस्पताल निर्माण लगायतका सामाजिक कार्यमा निकै ठूलो योगदान पुर्‍याउनु भएको थियो । व्यापार तथा सामाजिक सेवाका क्रममा यूरोपका धेरै देशहरु, अमेरिका तथा एशियाका देशहरुको भ्रमण गरि नेपाल र ती देश बीचको आर्थिक व्यावसायिक सम्बन्ध विस्तारमा निकै ठूलो योगदान पुर्‍याउनु भएको थियो । नेपाल उद्योग वाणिज्य महासंघलाई राष्ट्रिय अन्तराष्ट्रिय जगतमा विस्तार गर्न स्व. गिरीको महत्वपूर्ण योगदान रहेको छ ।

महासंघको उन्नतीमा निरन्तर लाग्नु भएका स्व. गिरीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा नेपालको आर्थिक व्यावसायिक सम्बन्ध विस्तार तथा महासंघको छवी विस्तारमा ठूलो यागदान दिनु भएको थियो । मुलुकको उद्योग व्यवसायको विकासमा स्व. गिरीले विशेष योगदान पुर्‍याउनु भएको थियो ।

उहांको निधनबाट राष्ट्रले एक पुराना अनुभवी उद्यमी व्यवसायी गुमाउनु परेको छ भने महासंघले आफ्ना अग्रज । यस दु:खद घडिमा यो शोक सभा महासंघ परिवार तथा सम्पूर्ण निजी क्षेत्रको तर्फबाट स्वर्गिय गिरीको शोक सन्तप्त परिवार प्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्माको चीर शान्तिका लागि यो सभा श्री परमेश्वरसंग प्रार्थना गर्दछ ।

पूर्व अध्यक्ष गिरीको सम्झनामा एक मिनेट मौनधारणका साथै यस दु:खद घडीमा आज महासंघको झण्डा आधा झुकाइनुका साथै महासंघ सचिवालय बन्द गरिएको छ । शोक सभामा महासंघका पूर्व अध्यक्षहरु, वर्तमान तथा पूर्व पदाधिकारीहरु, कार्यकारिणी समिति सदस्यहरु, महासंघका कर्मचारीहरुको उपस्थिति थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.