»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















नेपाल व्यवसाय मंचका विषयमा जिउवासंघहरु बीच बिचारमन्थन कार्यक्रम सम्पन्न (२०६७/८/९)


नेपाल उद्योग वाणिज्य महासंघद्वारा विश्व बैंक समूह अन्तरगतको अन्तराष्ट्रिय वित्तिय संस्था (Internaional Finance Corporation-IFC) को सहयोगमा आज काठमाडौंमा “नेपाल व्यवसाय मंच (Nepal Business Forum) का विषयमा महासंघका सदस्य जिल्ला उद्योग वाणिज्य संघहरुबीच विचारमन्थन कार्यक्रम आयोजना गरियो ।

नेपाल व्यवसाय मंच (Nepal BusinessForum) का विषयमा जिल्ला उद्योग वाणिज्य संघहरुलाई जानकारी गराई स्थानीय सम्भाव्यता, अवसर तथा चुनौतीहरुलाई सोही मंच मार्फत राष्ट्रिय रुपमा उठान गर्ने उद्देश्यले आयोजित उक्त बिचारमन्थन कार्यक्रममा मध्यमाञ्चल क्षेत्रका २२ वटा उद्योग वाणिज्य संघहरुका पदाधिकारी एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

आइएफसी सहित सीडीएफ (Sedf), यूकेएड (UKaid) र नोराड (Norad) को समेत सहयोगमा आयोजित उक्त अन्तरक्रिया कार्यक्रममा सहभागी जिल्लाका उद्यमी व्यवसायीहरुबाट विविधकारण जस्तो चर्को बैकिंग व्याजदर, बन्द हड्ताल आदिका कारणबाट उत्पादन लागत बढ्न जांदा उत्पादित वस्तुहरुको वजार प्रवद्र्धनमा समस्या पर्न आएकाले उत्पादन लागत घटाउने तर्फ राज्यका तर्फबाट नीतिगत रुपमै विशेष भूमिका एवं सहयोग हुनु पर्ने, केही जिल्ला उद्योग वाणिज्य संघहरुले सफल रुपमा स्थानीय उत्पादनको प्रवद्र्धनका क्रममा संचालनमा ल्याएका “कोशेली घर” जस्ता कार्यक्रमलाई अन्य जिल्लाहरुमा पनि प्रवद्र्धन गर्न प्रोत्साहन गर्नुपर्ने सुझाव दिइयो ।

सो अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्नुहुदै अर्थसचिव कृष्णहरि बांस्कोटाले के गर्दा व्यवसाय फस्टाउन सक्छ, बढी भन्दा बढी उद्यमशीलता विस्तार गरि अर्थतन्त्रको मूल प्रवाहमा ल्याउन सकिन्छ यसतर्फ सरकार चिन्तनशील रहेकाले यसमा हातेमालो गर्न निजी क्षेत्रलाई अनुरोध गर्नुभयो । सचिव बांस्कोटाले अन्तरक्रिया कार्यक्रमबाट प्राप्त सुझावहरुलाई कार्यान्वयनमा लैजान आफू र आफ्नो मन्त्रालको तर्फबाट सक्दो सहयोग गर्ने विश्वास समेत दिलाउनु भयो ।

महासंघका कार्यवाहक अध्यक्ष भाष्करराज राजकर्णिकारले उद्योगी व्यवसायीका सुझाव एवं समस्याहरुलाई सरकारको सरोकारवाला निकायहरुले समन्वयात्मक रुपमा सम्वोधन गर्नुपर्नेमा जोड दिनुभयो । नीतिगत रुपमै घोषणा गरिएका कतिपय कार्यक्रम कार्यान्वयन नहुंदा उद्यमी व्यवसायीहरु निरुत्साहित हुनु परेको तर्फ सरकारको ध्यानाकर्षण गराउंदै उहांले स्थानीय सम्भाव्यतालाई पहिचान गरि त्यस्ता सम्भाव्यतालाई नीतिगत रुपमा राष्ट्रिय मुल प्रवाहमा समाहित गरि लैजान यो कार्यक्रम उलव्धीमुलक हुने र आइएफसीसंगको सहकार्यबाट यस्ता कार्यक्रमलाई अझ विस्तार गर्दै जान सहयोग पुग्ने विश्वास प्रकट गर्नु भयो ।

सभापतिको आशनबाट महासंघका उपाध्यक्ष भवानी राणाले नेपाल व्यवसाय मंचमा विभिन्न समितिहरुको नेतृत्व जिम्मेवारी निजी क्षेत्रका संस्थाहरुलाई दिइएकाले ती समितिमार्फत उद्योग व्यवसाय क्षेत्रका समस्याहरु राष्ट्रियस्तरमा उठान गर्न यो कार्यक्रम उपलव्धी मुलक हुने बताउनु भयो । उपाध्यक्ष राणाले आफ्नो क्षेत्रका सम्भाव्यता तथा ती सम्भाव्यता कार्यान्वयनमा आइपरेका समस्या एवं चुनौतीका विषयमा यस कार्यक्रममा खुलस्त राखी कार्यक्रमलाई उपलव्धी मुलक बनाउन सुझाव समेत दिनु भयो ।

शुभारम्भ कार्यक्रमलाई सम्वोधन गर्नुहुंदै नेपाल इन्भेष्टमेन्ट क्लाइमेट रिफर्म प्रोग्राम/ आइएफसीका कार्यवाहक संयोजक (Acting Coordinator, Nepal Investment Climate Reform Program-IFC) का लौरा आने वाट्सटन (Laura Anne Watson) ले निजी क्षेत्रको क्षमता विकासका लागि यस्ता कार्यक्रम मार्फत सघाउ पुर्‍याउन पाएकोमा खुशी प्रकट गर्दै कार्यक्रमको भरपुर उपयोगमा सहभागीहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा आइएफसीका तर्फबाट सेइफ टानजिन क्यूम (Sayef Tanzeen Qayyum-IFC) ले नेपाल व्यवसाय मंचका विषयमा जानकारी गराउनु भएको थियो । अन्तरक्रिया कार्यक्रममा मध्यमाञ्चल क्षेत्रका उद्योग वाणिज्य संघहरुको तर्फबाट कार्यपत्र प्रस्तुत गरिएको थियो भने अन्तरक्रिया कार्यक्रमको दोश्रो सत्रको सभापतित्व मध्यमाञ्चल क्षेत्रीय उद्योग वाणिज्य संघका अध्यक्ष एवं महासंघको कार्यकारिणी समितिका सदस्य ध्रुव वहादुर थापाले गर्नुभएको थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.