»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















प्रधानमन्त्रीद्वारा नेउवामहासंघको प्रतिनिधिमण्डलसंग भेटघाट (२०६८/८/२८)


प्रधानमन्त्री डा. बाबुराम भट्टराईले उद्यमी व्यवसायीलाई निर्धक्क भएर उद्योग व्यवसायमा लाग्न आग्रह गर्नुभएको छ । प्रधानमन्त्री भट्टराईले वर्तमान सरकारले दीगो शान्ति कायम गर्दै आर्थिक समृद्धि र सुशासनलाई मुख्य एजेण्डाका रुपमा अगाडी बढाई रहेको स्पष्ट पार्दै निजी क्षेत्रको नेतृत्व सहितको आर्थिक समृद्धि सरकारको मुख्य प्राथमिकता रहेको उद्यमी व्यवसायी समक्ष स्पष्ट पार्नुभयो । नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष भाष्करराज राजकर्णिकारको नेतृत्वमा प्रधानमन्त्री निवास गएको महासंघको प्रतिनिधिमण्डल समक्ष हिजो सांझ आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्नुहुंदै प्रधामन्त्रीले निजी क्षेत्रलाई अगाडी बढ्न कुनै नीति नियम वाधाको रुपमा देखिएमा त्यसलाई समाधान गर्न आफू र आफनो सरकार तयार रहेको समेत बताउनु भयो । प्रधानमन्त्रीले भन्नु भयो�तपाईहरुलाई अगाडी बढ्न कुनै नीतिगत एवं कानुनी अड्चन भए भन्नु होस सरकार त्यसलाई सहज बनाउंदै अगाडी बढ्न तयार छ । सरकारले निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था नेपाल उद्याोग वाणिज्य महासंघकै नेतृत्वमा आर्थिक विकास चाहेको स्पष्ट पार्दै प्रधानमन्त्रीले आफूले आर्थिक विकासका हरेक महत्वपूर्ण निर्णयहरुमा महासंघलाई उच्च प्राथमिकता दिएको पनि स्पष्ट पार्नुभयो ।

प्रधामन्त्रीले हालै सम्पन्न भारत भ्रमणका क्रममा आफूले विद्यमान लोडसेडिङ समस्याबाट मुलुकलाई केही हदसम्म भएपनि मुक्त राख्न ठूलो पहल गरेको जानकारी गराउंदै आगामी पुष महिना भित्रै भारतबाट १०० मेगावाट विजुली आयात गर्ने तर्फ सरकारले उच्च महत्वका साथ कार्य गरिरहेको जानकारी गराउनु भयो । के�कस्तो नीति र व्यवस्था कायम गर्दा स्वदेशी उद्योग व्यवसाय फस्टाउन सक्छ उपयुक्त सुझाव दिन प्रधानमन्त्रीले उद्यमी व्यवसायीलाई आग्रह गर्नुभयो ।

श्रम समस्याका विषयमा प्रधानमन्त्रीले औद्योगिक अशान्ति निकै हदसम्म कम भएको र सरकार औद्योगिक क्षेत्रमा देखापरेका समस्यालाई सहजकर्ताको भूमिकामा रहेर समाधान गर्नेमा दृढ रहेको पनि स्पष्ट पार्नुभयो । बैंकको चर्को व्याजदरका विषयमा प्रधानमन्त्रीले पर्याप्त तरलता रहेको अवस्थामा बैकिङ व्याजदर नघट्नुका सम्बन्धमा आफूले अर्थ सचिव र राष्ट्र बैंकका गभर्नर समक्ष परामर्श गरिरहेको जानकारी समेत गराउनु भयो ।

नेपाल उद्योग वाणिज्य महासंघको हिजै सम्पन्न कार्यकारिणी समितिको बैठक पश्चात प्रधानमन्त्री समक्ष भेटघाट एवं अन्तरक्रियाका लागि गएको महासंघको प्रतिनिधिमण्डलका तर्फबाट महासंघका कार्यवाहक अध्यक्ष भाष्करराज राजकर्णिकारले त्यसअघि उद्यमी व्यवसायीहरुका विद्यमान समस्या एवं चुनौतीहरुका विषयमा प्रधानमन्त्री समक्ष विस्तृत जानकारी गराउनु भयो । कार्यवाहक अध्यक्ष राजकर्णिकारले नेपाल उद्योग वाणिज्य महासंघले नेपाल सरकारका हरेक क्रियाकलापहरुमा सहकार्य गर्दै आएको स्पष्ट पार्दै मुलुकभित्र उद्योग व्यवसाय गर्ने आधार र वातावरण वनाई दिन प्रधानमन्त्री समक्ष आग्रह गर्नुभयो ।

कार्यवाहक अध्यक्ष राजकर्णिकारले महासंघ समेतको पहलमा सरकारले आगामी सन् २०१२�१३ लाई लगानी वर्षको रुपमा मनाउने तयारी गरिरहेको अवस्थामा सरकारले भने अत्यावश्यक वस्तुहरु जस्तो डिजेलमा गरेको मुल्य वृद्धिबाट उद्यमी व्यवसायीहरुलाई आहत पुग्न गई उद्योग व्यवसाय उठनै नसक्न अवस्थामा पुगेको गुनासो गर्नुभयो । अध्यक्ष राजकर्णिकारले तत्काल भारतबाट एकसय मेगावाट विद्युत आयात गर्नुपर्ने, डिजेलको दोहोरो मुल्य खारेज गर्नुपर्ने, चैत्र ११ गते रोजगारदाता र आधिकारिक ट्रेडयुनियनहरु बीच सुम्पन्न सम्झौता लागू हुनुपर्ने, लगानी वर्ष सफल पार्न पूर्वाधारहरु तयार गर्नुपर्नेमा जोड दिनुभयो ।

उक्त कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष कुशकुमार जोशी, पूर्व अध्यक्ष एवं विशिष्ट सदस्य चुण्डिराज ढकाल, पूर्व पदाधिकारीहरु, कार्यकारिणी समितिका सदस्यहरुले खारेज गरिएको उच्चस्तरीय सूचना आयोग तत्काल पुनरवहाली गर्नुपर्ने, सार्वजनिक खरिद ऐन तत्काल लागू हुनु पर्ने लगायतमा जोड दिनु भयो ।

त्यसअघि हिजै महासंघका कार्यवाहक अध्यक्ष भाष्करराज राजकर्णिकारको सभापतित्वमा महासंघको कार्यकारिणी समितिको बैठक महासंघ सचिवालयमा सम्पन्न भयो । महासंघका निवर्तमान अध्यक्ष कुशकुमार जोशी, पूर्व अध्यक्ष एवं विशिष्ट सदस्य चण्डिराज ढकाल, उपाध्यक्षहरु र कार्यकारिणी समितिका सदस्यहरुको सहभागिता रहेको सो बैठकमा उद्यमी व्यवसायीहरुले अहिले भोग्नु परेका शान्ति सुरक्षा, लोडसेडिंग, न्यून विजकीकरण, सिमाव्यापार, डिजेलेको मूल्य वृद्धिबाट उद्योग व्यवसाय क्षेत्रमा परेका समस्या लगायतमा सरकारको ध्यानाकर्षण गराउने निर्णय भयो । बैठकमा समिति सभापतिहरुले आ आफना समिति एवं फोरमहरुको गतिविधि एवं भावी कार्यक्रमहरु वारे प्रस्तुती गर्नु भएको थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.