»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















निजी सम्पत्ति माथिको आक्रमणको भत्सर्ना (२०६८/९/४)


नेपालमा पुन: एक पटक नेपाल बन्दको आव्हान गरिएको छ र बन्दकर्ताहरुद्वारा चलेका सवारी साधनको तोडफोड, आगजनीका अतिरिक्त हेटौंडाको नेपाल लिभर, काठमाडौंको सिभिल मल लगायतका व्यवसायिक प्रतिष्ठानहरुमा तोडफोड समेत भएको समाचारले हाम्रो गम्भीर ध्यान आकृष्ट गरेको छ । प्रजातन्त्रमा शान्तिपूर्ण प्रदर्शन गर्नु, विरोध गर्नु, बन्दका लागि आव्हान गर्नुलाई प्रजातान्त्रिक अधिकारको सामान्य उपयोगनै मान्न सकिए पनि विरोधका क्रममा उद्योग प्रतिष्ठानमा आक्रमण गर्नु, कार्यालय, कलकारखाना, सवारी साधन जवरजस्ती बन्द गर्न लगाउनुलाई कुनै पनि तरिकाले न्यायोचित मान्न सकिंदैन । जोरजवरजस्ती गरेर गराईएको बन्दले आम नागरिकको स्वतन्त्रतापूर्वक हिंडडुल गर्न पाउने, कानूनसम्मत तरिकाले आफ्नो व्यवसाय गर्न पाउने अधिकार कुण्ठित भएको छ । यसो गर्नु कुनै पनि राजनैतिक शक्तिका लागि अशोभनिय कुरा हो । नेपाल उद्योग वाणिज्य महासंघ बन्दका नाउंमा भएको तोडफोड, आगजनी र जोरजवरजस्तीको निन्दा एवं भत्सर्ना गर्दछ । बन्दले कुनै पनि समस्याको समाधान दिन सक्दैन र यसले नेपालको उसैनै कमजोर परेको अर्थतन्त्रलाई अझ जर्जर मात्र तुल्याउंछ भन्ने कुरा पनु: दोहोर्‍याउंछौं ।

नेपाल उद्योग वाणिज्य महासंघ बन्दकर्ताहरुलाई नागरिक एवं प्रतिष्ठानका सम्पत्तिको अतिक्रमण नगर्न जोरजवरजस्ती कार्यालय, कलकारखाना एवं यातायातका साधन बन्द नगराउन आह्वान गर्दछ र नेपाल सरकार समक्ष पनि व्यवसायिक प्रतिष्ठान एवं नागरिकको जीउधनको सुरक्षा गरी दिने व्यवस्था मिलाउन अनुरोध गर्दछ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.