»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















काठमाडौंमा बढ्दै गएको आपराधिक गतिविधिप्रति नेउवामहासंघद्वारा चिन्ता व्यक्त (२०६८/९/१०)


प्रतिष्ठित उद्यमी व्यवसायी पवन संघाई राजधानीको मुटु कमलादीबाट गत विहीवार अपहरणमा पर्नु भएको छ । गएको मंसिर १६ गतेमात्रै ललितपुरको पुल्चोकस्थित सुन पसलमा काम गर्ने एक जना कालीगढको हत्या भएको केही दिन बित्न नपाउंदै पौष ८ गते शुक्रवार काठमाडौंको कपनस्थित माता मनकामना सुनचांदी पसलका धनी हर्कबहादुर दियालीको जघन्य हत्या भएको छ । केही समय केही शान्त जस्तो देखिएको राजधानीमा पुन: हत्या हिंसा, अपहरण, धम्की, फिरौती लगायतका गतिवितिहरु बढ्न गएको तर्फ महासंघ अत्यन्त चिन्तित भएको छ । यसले सुरक्षा व्यवस्था पुन: फितलो बन्दै गएको त होइन भन्ने आभास निजी क्षेत्रलाई हुन थालेको छ ।

यी सवै घटनाहरुप्रति अत्यन्त चिन्ता प्रकट गर्दै यस बीचमा भएका यी श्रृंखलावद्ध हत्याहिसां, अपहरण र त्यसमा संलग्न अपराधीहरुको त्यस प्रकारको कायरतापूर्ण गतिविधिको नेपाल उद्योग वाणिज्य महासंघ घोर निन्दा एवं भत्सर्ना गर्दछ । यस बीचमा देखिएका राजनीतिक अन्यौलता, असहमती र अस्थिरताको फाइदा उठाउंदै अपराधीहरु सलबलाउन थालेका त होइनन, निजी क्षेत्र सवै राजनीतिक दल एवं सरकारको ध्यानाकर्षण गराउंदछ । विद्यमान राजनीतिक गतिरोधलाई जतिसक्दो छिटो निकास दिई मुलुकलाई अपराधीहरुको चंगुलबाट बचाउन सवै राजनीतिक दलहरुसमक्ष महासंघ आग्रह समेत गर्दछ ।

महासंघ अपहरणमा परेका उद्यमी पवन संघाइको सकुशल रिहाइको लागि आवश्यक व्यवस्था मिलाउन सरकार समक्ष गम्भीर आग्रह गर्दछ । साथै काठमाडौंको कपन तथा ललितपुरको पुल्चोक घटनामा संलग्न अपराधीहरुलाई यथाशीघ्र कानूनको कठघरामा ल्याई उनीहरुलाई हदैसम्मको दण्ड सजाय दिंई आपराधिक मनोवृत्ति लिई समाजमा हुर्किरहेका तत्वहरुलाई जरैदेखि निर्मुल पार्न महासंघ नेपाल सरकार समक्ष माग गर्दछ । सरकारको उक्त कार्यमा निजी क्षेत्रका तर्फबाट आवश्यक सहयोग हुने विश्वास दिलाउदै घटनाबाट पिडामा परेका परिवारहरुको आवश्यक रेखदेख एवं सहयोग गर्न सरकार समक्ष आग्रद गर्दै कपन घटनामा परेका घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्दछ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.