»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















महासंघको स्थायी समिति बैठकद्वारा विभिन्न महत्वपूर्ण निर्णयहरु (२०६८/९/११)


नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यको अध्यक्षतामा आज महासंघ सचिवालयमा बसेको स्थायी समितिको बैठकबाट मुलुकले हाल भोगिरहेको उर्जाको चरम संकटका विषयमा निजी क्षेत्रको आधिकारिक धारणा तय गर्ने सम्बन्धमा गृहकार्य गर्न महासंघको उर्जा समितिका सभापति ज्ञानेन्द्रलाल प्रधानको संयोजकत्वमा स्थायी समिति सदस्यहरु सम्मिलित एक कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

सो कार्यदलले आगामी २ हप्ताभित्र उर्जा क्षेत्रका विज्ञहरु, उद्यमी व्यवसायीहरु, सरकारी अधिकारीहरु, नेपाल विद्युत प्राधिकरणका पदाधिकारीहरु, संचारकर्मीहरु र सरोकारवालाहरुसंग समेत बसी वृहत छलफलका माध्यमबाट सुझाव संकलन गरि निजी क्षेत्रको धारणा तयार गर्ने छ ।

त्यसैगरि विद्युत प्राधिकरणले विद्युत मुल्य वृद्धिका लागि गरेको प्रस्तावका सम्बन्धमा बैठकमा लोडसेडिङ अन्त्य गर्ने प्रत्याभुति पश्चातमात्र मुल्य वृद्धि गर्नुपर्नेमा जोड दिएको छ । विद्युत आपूर्तिका लागि नयां डिजेल प्लान्ट संचालन गर्नु अघि त्यसको संचालनको सुनिश्चितता हुनुपर्ने धारणा पनि बैठकमा व्यक्त गरियो ।

बैठकले नेपाल आयल निगमले औद्योगिक प्रतिष्ठानहरुले प्रयोग गर्ने डिजेल र पेट्रोल पम्पबाट विक्री हुने डिजेलको मुल्यमा गरेको दोहोरो मुल्य प्रणालीको विरोध गर्दै मुल्यवृद्धि तत्काल फिर्ता लिन सरकार समक्ष आग्रह गरेको छ । दोहोरो मुल्य कायम गर्दा हाल बजारमा खुलेआम कालोबजारी भैरहेको तर्फ चिन्ता प्रकट गर्दै तत्काल एकल मुल्य कायम गरि डिजेलको निर्वाध आपूर्तिको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय समेत गरेको छ ।

साथै बैठकमा हालै दिनहरुमा शान्ति सुरक्षामा देखापरेको गम्भीर कमजोरी एवं उद्यमी व्यवसायीको हत्या, अपहरण, फिरौती चन्दा, धम्की लगायतका आपराधिक क्रियाकलापहरु केही दिनयतादेखि बढ्दै गएकोमा गम्भीर चिन्ता प्रकट गर्दै सुरक्षा निकायसंग निजी क्षेत्रको समन्वयात्मक भूमिका विस्तार सहित उद्यमी व्यवसायीको सुरक्षाका लागि “विजनेश पुलिसिङ” को व्यवस्था गर्न सरकारलाई सुझाव दिने निर्णय समेत गरेको छ ।

बैठकले अपहरणमा परेका उद्यमी पवन संघाईको तत्काल सकुशल रिहाइका लागि सम्बन्धित निकाय समक्ष आग्रह समेत गरेको छ । साथै सुनचांदी व्यवसायीको हत्याको भत्सर्ना गर्दै पिडीत परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसंग माग समेत गरेको छ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.