»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















बर्दिवासमा भैरहेको बन्द हड्ताल फिर्ता लिन महासंघको आग्रह (२०६८/१०/२)


करदाता सेवा कार्यालय विस्तारको विषयलाई लिएर बर्दिवास लगायतका केही क्षेत्रमा भैरहेको बन्द हड्तालप्रति नेपाल उद्योग वाणिज्य महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

करदातालाई सहज, सरल र सुलभ रुपमा सेवा दिनका लागि कर कार्यालयहरुको विस्तार गर्नुपर्ने माग यस महासंघको हो । हाल भैरहेको कर कार्यालयहरुको अझ विस्तार हुनु पर्ने महासंघको माग रहेको पनि स्पष्ट पार्दछौं ।

कुनै पनि समस्याको समाधान बन्द हड्ताल लगायतका गतिविधिबाट समाधान हुन नसक्ने तथ्य जगजाहेर छ । महासंघ यस्ता बन्द हड्तालको विपक्षमा छ । यसका लागि आवश्यक पहल गर्न महासंघ तत्पर छ । समस्याको समाधान वार्ताको माध्यमबाटै हुनु पर्नेमा जोड दिंदै तत्काल बन्द हड्ताल फिर्ता लिई समस्यालाई वार्ताको माध्यमबाट समाधान गर्न महासंघ सम्बन्धित सवैलाई आग्रह गर्दछ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.