»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















व्यवसायी र सुरक्षा निकाय बीच व्यवसायिक सुरक्षामा छलफल (२०६८/१०/५)


नेपाल उद्योग वाणिज्य महासंघद्वारा महानगरीय प्रहरी आयुक्तको कार्यालयका अतिरिक्त प्रहरी महानिरिक्षक कुवेर राना सहित वरिष्ठ प्रहरी अधिकृतहरुको सहभागितामा आयोजित व्यवसायिक सुरक्षामा प्रहरीको भूमिका विषयक छलफल कार्यक्रम सम्पन्न भयो । सो अवसरमा उद्योग व्यवसाय लगायतको सुरक्षाको भरपुर व्यवस्थाका लागि आवश्यक सूचना आदान प्रदान, उद्यमी व्यवसायी र प्रहरी बीचको समन्वयात्मक सहयोग एवं महासंघले उद्योग व्यवसाय क्षेत्रको सुरक्षाका लागि पछिल्लो पटक अगाडी बढाएको “विजनेश पुलिसिङ”को अवधारणाका विषयमा विशेष छलफल भयो ।

Interaction on Security

कार्यक्रमको प्रारम्भमा वरिष्ठ प्रहरीहरुको स्वागत गर्नुहुंदै महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले उद्योग व्यवसाय क्षेत्रलाई भयरहित वातावरणमा कार्य गर्नका लागि निजी क्षेत्रले वारम्वार सुरक्षाको माग गर्दै आएको र त्यसका लागि औद्योगिक सुरक्षा वलको माग गरेको एक दशक भैसक्दा पनि त्यस सम्बन्धमा कुनै उपलव्धी हुन नसकेको बताउंदै पछिल्लो पटक विकसित सुरक्षा अवस्थालाई विश्लेषण गरी सुरक्षा रणनीतिहरु तय गर्नुपर्नेमा जोड दिनु भयो । वरिष्ठ उपाध्यक्ष राजकर्णिकारले महासंघको भरखरै सम्पन्न कार्यकारिणी समितिको बैठकबाट उद्योगी व्यवसायी लगायत समग्र उद्योग व्यवसाय क्षेत्रको सुरक्षाको लागि “विजनेश पुलिसिङ”को अवधारणा ल्याएको जानकारी गराउंदै यसलाई स्थायीरुपमा संस्थागत गर्न प्रहरी अधिकारीहरु समक्ष आग्रह गर्नुभयो ।

सो अवसरमा महासंघका अध्यक्ष सुरज वैद्यले उद्यमी पवन संघाईको अपहरणमा संलग्नहरुलाई नियन्त्रणमा लिन प्रहरीलाई प्राप्त सफलताप्रति खुशी प्रकट गर्दै सोका लागि महानगरिय प्रहरी अपराध अनुसन्धान आयोगलाई कदर सम्मानबाट सम्मानित गर्नुभयो । सो अवसरमा महानगरीय प्रहरी आयुक्तको कार्यालयका अतिरिक्त प्रहरी महानिरिक्षक कुवेर रानाले बढ्दो जनसंख्यासंगै सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त राख्ने कार्य निकै चुनौतीपूर्ण रहेको अवस्थामा उद्योग व्यवसायको सुरक्षाका लागि सुरक्षा निकाय दत्तचित्त रहेकोले निजी क्षेत्रबाट आवश्यक सहयोगका लागि आग्रह गर्नुभयो । उद्योग व्यवसाय क्षेत्रको सुरक्षाका लागि सूचनाको आदान प्रदान तथा आपसी समन्वयमा विशेष जोड दिंदै महासंघका तर्फबाट उठाइएको “विजनेश पुलिसिङ”का सम्बन्धमा पनि सहकार्य गर्न सकिने विश्वास दिलाउनु भयो ।

महासंघका उपाध्यक्ष भवानी राणाले पछिल्लो पटकको सुरक्षाको अवस्थालाई विश्लेषण गरि सोही अनुसारको सुरक्षा व्यवस्था अपनाउन आग्रह गर्दै निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था महासंघ त्यसमा आवश्यक सहयोग गर्न तयार रहेको विश्वास दिलाउनु भयो । उहाले यस्ता कार्यक्रमको निरन्तरतामा समेत जोड दिनु भयो ।

सो अवसरमा कार्यपत्र प्रस्तुत गर्दै महानगरिय प्रहरी आयुक्तको कार्यालयका तर्फबाट एसएसपी रवि श्रेष्ठले उद्योग व्यवसाय क्षेत्रको सुरक्षाका लागि आगामी योजना समेत बनाएको जानकारी गराउंदै तत्काल खवर आदान प्रदान र कारवाहीका लागि उद्योग व्यवसाय सुरक्षा हटलाईन सेल गठन गरिने, निजी सुुरक्षा कम्पनीसँग समन्वय गरी एकिकृत र समन्वयात्मक सुरक्षा प्रणालीको विकास गर्ने, उद्योग, कलकारखाना तथा आर्थिक कारोवार हुने स्थानहरुमा आवश्यक समन्वय गरी सीसीटीभी, सामुदायिक साइरन घन्टीहरु जडान गर्ने, सुरक्षासँग सरोकार राख्ने सूचना एकिकृत गर्न डाटा बैंकको स्थापना गरिने, प्रहरी र उद्योगी व्यवसायी बीच आपसमा विश्वास अभिवृद्धिका साथ सुरक्षाको पूर्ण अनुभूति दिलाउने योजनाहरु रहेको जानकारी गराउनु भयो ।

उद्योगी व्यावसायीहरुले अपहरण, धम्की, जवरजस्ती चन्दा, आदिका बारेमा सुरक्षाकर्मीलाई जानकारी नगराई माग गरेको फिरौति रकम आफैले सौदावाजी गरी बुझाउने प्रवृत्ति रोकिनुपर्ने, उद्योगी व्यवसायीहरुले प्रहरीसंग समन्वय गर्न “फोकल पर्सन” तोक्ने वा कमिटी बनाउने आदिमा सहयोग गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभयो । महानगरिय प्रहरी अपराध अनुसन्धान महाशाखाका एसएसपी देवेन्द्र सुवेदीले महासंघबाट प्राप्त सम्मानबाट थप जिम्मेवारीको बोध भएको स्मरण गर्दै सुरक्षा चुनौतीलाई सामना गर्दै उद्योगी व्यवसायी लगायत आम जनताको सुरक्षालाई भरपर्दो पार्न नेपाल प्रहरीको अभियानमा “वाच डग”को भूमिका निर्वाह गर्न अपिल समेत गर्नुभयो । सो अवसरमा नेपाल प्रहरीका वरिष्ठ अधिकृतहरु, उद्यमी व्यवसायीहरु, संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.