»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















पेट्रोलियम पदार्थको निर्वाध आपूर्ति एवं दोहोरो मुल्य अन्त्यका लागि गम्भीर आग्रह (२०६८ माघ ९ गते)


सरकारले सातामा ४ हजार लिटरभन्दा बढी डिजेल खरिद गर्ने उद्योगले बढी मुल्यमा खरिद गर्नुपर्ने व्यवस्था गरी औद्योगिक क्षेत्रमा पुन: दोहोरो मुल्य कायम गरेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । हामी त्यसको घोर विरोध एवं भत्सर्ना गर्दछौं । बढ्दो लोडसेडिङ्गको मार खेपिरहेका उद्योग प्रतिष्ठानहरुले डिजेल प्रयोग गरी जेनतेन आफ्ना उत्पादन प्रक्रिया चालू राखिरहेको अवस्थामा उद्योगको तह छुट्टयाई पुन: दोहोरो मुल्य कायम गरिएबाट उद्योग व्यवसाय थप प्रताडित भई र मुलुकको अर्थतन्त्रमाथिनै गम्भीर धक्का लाग्न जाने यथार्थताप्रति सम्बन्धित सबैको ध्यानाकर्षण गराउंदछौं ।

उद्योग व्यवसायलाई निर्वाध र सहुलियती रुपमा डिजेल उपलव्ध गराउनु पर्नेमा दोहोरो मुल्य कायम गरी बढी दर तिर भन्नुले सरकार र नेपाल आयल निगम, मुलुकभित्र उद्योग व्यवसायको विकास हुनुपर्छ भन्ने पक्षमा छैनन भन्ने प्रष्ट हुन्छ । दोहोरो मुल्य कायम गरिंदा बजारमा विकृति र कालोबजारी बढ्न जाने तर्फ ध्यानाकर्षण गराउंदै दोहोरो मुल्य तत्काल फिर्ता लिन र साना उद्योग व्यवसायलाई पनि पेट्रोल पम्पबाट डिजेल खरिद गर्न पाउने व्यवस्था मिलाई चर्को समस्यामा परेका उद्योग धन्दालाई निर्वाध रुपमा डिजेल लगायत पेट्रोलियम पदार्थ उपलव्ध गराउन समेत हामी नेपाल सरकार तथा आयल निगम समक्ष गम्भीर आग्रह गर्दछौं ।

दोहोरो मूल्य फिर्ता नलिएमा कडा संघर्षमा जान बाध्य हुनेतर्फ पनि सम्बन्धित पक्षको ध्यानाकर्षण गराउंदछौं ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.