सार्क उद्योग वाणिज्य संघ (SAARC Chamber of Commerce & Industry - SCCI) को भारतको नयाँ दिल्लीमा सम्पन्न १७ औं साधारण सभाबाट संघको उपाध्यक्षमा नेपालका तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष प्रदिपकुमार श्रेष्ठ सन् २०१२–१३ का लागि निर्वाचित हुनु भएको छ । नेपालका तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघले सो पदमा महासंघका पूर्व अध्यक्ष श्रेष्ठलाई मनोनित गरि पठाएको थियो । उहां यसअघि पनि सोही पदमा हुनुहुन्थ्यो ।
सार्क उवासंघको नयाँ अध्यक्षमा भारतका विक्रमजीत सिंह सानिया (Vikram Jeit Sing Sahney) निर्वाचित हुनु भएको छ ।
सार्क उद्योग वाणिज्य संघको कार्यकारिणी समितिको विद्यमान संरचनामा एक जना अध्यक्ष सहित प्रत्येक सदस्य राष्ट्रका तर्फबाट सम्बन्धित देशका राष्ट्रिय उद्योग वाणिज्य महासंघ/संघहरुले मनोनित गरेका एक/एक जना उपाध्यक्ष र ११ जना कार्यकारिणी समिति सदस्य र ११ जना साधारण सदस्य रहने प्रावधान छ ।
सार्क भित्र उद्योग व्यापार व्यवसाय, प्रविधि, लगानी, पर्यटन आदि क्षेत्रको विकास र प्रवद्र्धनमा निजी क्षेत्रको तर्फबाट सहयोग पुर्याउन सार्क राष्ट्रका राष्ट्रिय उद्योग वाणिज्य महासंघ/संघहरुको संलग्नतामा सन् १९९२ मा सार्क उवासंघको स्थापना भएको हो ।
सोही अवसरमा संघको ५३ औं ५४ औं संयुक्त बैठक पनि सम्पन्न भएको
थियो ।