»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















महत्वपूर्ण निर्णयहरु गर्दै नेउवामहासंघ-सीआइआई संयुक्त आर्थिक परिषद बैठक सम्पन्न (२०६८/१०/१३)


नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघ (CII) को संयुक्त आर्थिक परिषद (Joint Economic Council) को बैठक हालै भारतको कोलकतामा सम्पन्न भयो । बैठकमा सहभागी दुबै मुलुकका निजी क्षेत्रका प्रतिनिधिहरुले नेपाल र भारतबीच व्यापार तथा लगानीको अपार संभावना रहेको र हालै दुई मुलुकको आर्थिक सम्बन्धमा देखिएका विकासहरुले यसतर्फ थप संभावना बढाएको धारणा व्यक्त गर्नुभयो । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यको समुपस्थितिमा महासंघका पूर्व अध्यक्ष पद्म ज्योति र CII का पूर्व अध्यक्ष राजिव कौलको सहअध्यक्षतामा उक्त बैठक सम्पन्न भएको थियो ।

FNCCI-CII JEC Meeting

स्मरणरहोस्, सन् १९९५ मा गठित संयुक्त आर्थिक परिषदले नेपाल र भारतका तत्कालिन प्रधानमन्त्रीहरु समक्ष पेश गरेको संयुक्त सुझाव (Recommendations) को आधारमा नै नेपाल र भारतबीचको व्यापार सन्धि सम्पन्न भएको थियो, जुन दुई मुलुकको व्यापार तथा लगानी अभिवृद्धिको क्रममा कोशेढुंगाको रुपमा रहंन पुग्यो ।

गत सालको अक्टोबर महिनामा नेपालका प्रधानमन्त्रीको भारत भ्रमणको अवसरमा उक्त परिषदको बैठक नयां दिल्लीमा सम्पन्न भएको थियो । सो बैठकमा भारतीय लगानीकर्ताहरुले नेपालको विभिन्न क्षेत्रहरुमा लगानी गर्ने इच्छा नेपाली प्रधानमन्त्री समक्ष प्रस्तुत गरेका थिए । नेपाल सरकार र भारतीय सरकारबीच सम्पन्न बिपा तथा दोहोरो कर मुक्ती सम्बन्धी सम्झौता, नेपालमा प्रधानमन्त्रीको अध्यक्षतामा गठित लगानी बोर्ड जस्ता हालै भएका विकास क्रमबाट भारतीय लगानीकर्तामाझ विश्वासको वातावरण अभिवृद्धि गर्न सहयोग पुगेको देखिन्छ ।

नेपाल सरकारले घोषणा गरेको नेपाल लगानी वर्ष २०१२-१३ लाई सफल पार्न नेपाल उद्योग वाणिज्य महासंघ र CII ले संयुक्त रुपमा भारतका विभिन्न शहरहरुमा सो अवधिमा नेपालमा लगानी आकर्षित गर्न, नेपाल सरकार र महासंघले तयार पारिएका ५० वटा परियोजनाहरुको प्रवद्र्धनका लागि “रोड शो” हरु आयोजना गर्ने निर्णय समेत बैठकले गरेको छ । नेपालमा देखिएको विद्यमान विद्युत आपूर्तिको समस्या केही कम गर्न, जाडो याममा भारतमा विद्युतको माग कम रहने भएकोले सो समयमा नेपालमा थप १०० मेगावाट विद्युत उपलब्ध गराउन सो बैठक मार्फत भारतीय सरकार समक्ष अनुरोध गर्ने निर्णय भयो । साथै ढल्केबार-मुजर्फपुर त्चबलकmष्ककष्यल ष्लिभ बनाउने कार्यलाई गति दिएर सम्पन्न गर्न समेत दुबै सरकारहरुलाई अनुरोध गर्ने निर्णय भयो ।

नेपाल र भारतबीचको व्यापारमा देखिदै आएको बढ्दो व्यापार असन्तुलनका विषयमा बैठकमा गम्भीर छलफल भयो । बैठकले व्यापार असन्तुलनलाई कम गर्न के कस्ता रणनीति तथा कार्यक्रमहरु अवलम्बन गर्नु पर्ने हो सोको निर्क्यौल निकाल्न एक प्रतिष्ठित रिर्सच एजेन्सीलाई संयुक्त रुपमा अध्ययन गर्न लगाउने निर्णय समेत गरेको छ । उक्त अध्ययनले दिएका सुझावहरुलाई दुबै मुलुकका सरकारहरु समक्ष कार्यान्वयनका लागि प्रस्तुत गरिने छ ।

यसैगरी बैठकले आउदो अप्रिल महिनामा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गर्ने उद्योग वाणिज्य दिवसमा सहभागि हुन CII CEO Mission नेपाल पठाउने र सेप्टेम्बर/अक्टोबर महिनातिर नेपालमा Made in India Show आयोजना गर्न भारतीय सरकार समक्ष अनुरोध गर्ने निर्णय गरेको छ । संयुक्त आर्थिक परिषद्को अर्को बैठक काठमाडौंमा अप्रिल महिनामा बस्ने निर्णय समेत गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघ र सीआईआई संयुक्त आर्थिक परिषदले कोलकता भन्सारका प्रमुख कमिशनर श्रीमती दिपा दासगुप्ता र कोलकता पोर्ट ट्रष्टका अध्यक्ष श्री एम. एल. मिनासंग भेटघाट गरी नेपालले भोग्दै आएका समस्याहरुका बारेमा अवगत गराएको थियो ।

FNCCI-CII JEC Meeting

उक्त भेटघाटमा नेपालले कोलकता भन्सार र पोर्टमा भोग्दै आएका समस्याहरु समाधान गर्न भारत सरकार सकारात्मक रहेको जानकारी दिदै बिदाको समयमा पनि नेपाल जाने कार्गोमा कुनै पनि किसिमको ढिलाई नहोस् भन्ने उद्देश्यले भन्सारमा मान्छे खटाउने जानकारी दिनु भयो । यसैगरी कोलकता पोर्ट ट्रष्टका अध्यक्षले जोगबनी र विराटनगरको रेल्वे खोल्न आफ्नो तर्फबाट पहल गर्ने विश्वास दिदै कोलकता बन्दरगाहमा नेपालको लागि छुट्टै स्थान उपलब्ध गराउन समेत तयार रहेको बताउनु भयो ।

कोलकतामा सम्पन्न संयुक्त आर्थिक परिषद्को बैठकमा महासंघका तर्फबाट पूर्व उपाध्यक्ष दिवाकर गोल्छा, पूर्व कार्यकारिणी समिति सदस्यद्धय आर. बि. रौनियार र विजय दुगढ, तारा म्यानेजमेन्टका अध्यक्ष सौर्य राना, एस.एन. पावरका कन्ट्रि डाइरेक्टर डा. शन्दिप शाह, महासंघका पूर्व महानिर्देशक बद्रि प्रसाद ओझा तथा वरिष्ठ अधिकृत अनुप कुमार श्रेष्ठको सहभागिता थियो । यसैगरी सो अवसरमा कोलकताका लागि नेपालका महावाणिज्यदूत चन्द्र प्रसाद घिमिरेको विशेष उपस्थिति थियो । यसैगरी सीआईआईका तर्फबाट Flakt India Ltd का अध्यक्ष आलोक मुखर्जी, Amity University का अशोक कृष्णा, Alstom Project India Ltd का क्षेत्रिय निर्देशक राजिव रञ्जन मल्लिक, डाबर नेपालका अमित बाज्ला, Gammon India Ltd का डेपुटि जेनरल मेनेजर रमेश बोगरा र आर. बाबु तथा सिआईआईका प्रिन्सिपल एड्भाइजर सुसान्त सेन लगायत सौगात मुखर्जि र एस.के. दत्ताको सहभागिता थियो ।

-------------------------------------------------------------------------------

Huge Possibilities in expansion of Economic Cooperation between Nepal and India

Both Nepalese and Indian private sector are extremely bullish on expanding economic cooperation between the two countries. The prospects are very encouraging and opportunities numerous - these views came out at the just concluded meeting of the Joint Economic Council (JEC) constituted by the apex bodies of private sector of both countries, The Federation of Nepalese Chambersof Commerce & Industry(FNCCI) and the confederation of Indian industry (CII). The FNCCI CII JEC met in Kolkata on 25th January 2012. The JEC has been set up with the objective of enhancing business and economic cooperation between the two countries. It has proven to be a very good vehicle to discuss various issues related to trade, investment, transit, and other business related issues at the private sector level and working out concrete and actionable suggestions.

JEC had earlier met in October 2011 in New Delhi and also had the privilege of making a courtesy call on the Prime Minister of Nepal, Rt. Honorable Dr Baburam Bhattarai. At that meeting, several Indian companies engaged in the fields of education, power had expressed interests in investing in Nepal.

Nepal has been giving special attention to attract investments from India and towards that direction, has recently set up a Board of Investment, under the Chairmanship of Rt. Honorable Prime Minister of Nepal. The Government of Nepal has also declared 2012/2013 as the Nepal Investment Year. Several sub-committees have been formed to achieve the objectives such as one on Investment Promotion another on Investment Sector Identification.

Nepal and India have recently signed the Bilateral Investment Promotion and Protection Agreement and the Double Taxation Avoidance Agreement. India is the largest foreign investor in Nepal and the effort of the JEC is to encourage more Indian Investments in Nepal. Mr. Suraj Vaidya, President FNCCI who participated in the JEC meeting said "I am strongly hopeful that there would be more Indian investments in Nepal in near future in the selected sectors of Hydropower, Infrastructure, Tourism, Education and Healthcare". The JEC has decided to organize Road Shows in different cities of India to attract investments and market the 50 projects identified by Nepal.

A special focus on Nepal's economic progress was in the exploitation of water resources in Nepal which have the interest of several Indian Companies. This matter has assumed urgency as Nepal is suffering from huge power shortages. Mr. Padma Jyoti, the cochairman of JEC from FNCCI side said "I appeal to Government of India to consider making available an additional 100 MW of power to partly overcome the current demand supply gap in Nepal which is creating 15 hours of power cuts during the winter months". This could be possible because in winter months demand of electricity in India comes down while in Nepal it goes up. Mr. Jyoti also requested Indian Government’s intervention in early completion of the Dhalkebar-Muzaffarpur transmission line.

Nepal has huge trade gap in the trade with India. The trade deficit of Nepal in 2010-11 amounted to US$ 3020 million as against US$ 2376 million in the previous year. Mr. Vaidya said that "in order to reverse this trend, we need to develop production capacity within Nepal and it is possible only through investment". The JEC felt that efforts should be made to reduce the trade gap as much as possible and, before taking any action in this matter, decided to commission a study by a reputed research agency which would recommend ways and means in enhancing Nepal's exports to India and identify resulting benefits to both the countries.

There were several issues of trade which were addressed by the JEC including imposition of CVD on exports from Nepal to India, easier connectivity for movement of goods, facilitating opening of Nepalese Banks in India etc,

The JEC also met with Mr. M L Meena, Chairman Kolkata Port Trust, Ms Deepa Dasgupta, Chief Commissioner of Customs, Kolkata and Mr. Gurdeep Singh, Commissioner of Customs. During the meeting, they offered all help to facilitate early clearance of Nepalese cargo at the Calcutta port by streamlining the procedures and removing the unnecessary processes. It was noted that Nepal is very highly dependent on Kolkata/ Haldia ports for movement of Nepalese Exports and Imports, and the delays in the ports resulted in higher cost to Nepalese Business.

Mr. Chandra Kumar Ghimire, Consulate General of Nepal at Kolkata who was also there in the meetings said "In his short stay in the country, there has been a huge positive response from the Government of India to address issues concerning trade and investments". He added that there should be regular meeting with Customs and Port Authorities in Kolkata to resolve the industry specific problems.

JEC also decided that CII would organise a CEO's mission to Nepal in April to participate in Nepal's Industry & Commerce Day. A request has also been made to the Indian Government to organize "A Made in India Show" in Kathmandu in September/ October this year.

At the end Mr. Rajive Kaul, Cochairman of JEC from CII said "he was delighted with the progress made at the meeting of JEC and thanked the concerned agencies and officials for support received from the top Government officials and the corporate sectors both in India and Nepal. He expressed his confidence that trade and investments would exponentially grow in future".

The JEC will have its next meeting in April in Kathmandu.

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.