»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















प्रधानमन्त्री भट्टराई समक्ष भारतीय जलश्रोत क्षेत्रका लगानीकर्ताहरु सम्मिलित उच्चस्तरीय प्रमण्डलद्वारा औपचारिक भेटवार्ता (२०६८/१०/२४)


प्रधानमन्त्री डा. बाबुराम भट्टराई समक्ष नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्य सहित नेपाल भ्रमणमा आएको भारतीय उद्योग परिसंघ (Confederation of Indian Industry-CII) को जलश्रोत क्षेत्रका भारतीय लगानीकर्ताहरु सम्मिलित एक उच्चस्तरीय प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री कार्यालय सिंहदरवारमा औपचारिक भेटवार्ता गर्‍यो । जलश्रोत क्षेत्रका भारतीय लगानीकर्ताहरु सम्मिलित उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व Power Trade Corporation (PTC) India Financial Services Ltd का निर्देशक डा. अशोक हल्दिया (Dr. Ashok Haldia) ले गर्नु भएको थियो ।

Hydro Delegation from India meet Rt. Hon'ble Prime Minister of Nepal

सो अवसरमा प्रतिनिधिमण्डलका तर्फबाट डा. हल्दियाले भारतीय लगानीकर्ताहरु नेपालको जलश्रोत क्षेत्रमा लगानी गर्न इच्छुक रहेको जानकारी गराउंदै लगानीमैत्री वातावरण निर्माणमा जोड दिनु भयो । जलविद्युत विकासका लागि विद्यमान नीति कानूनमा समसामयिक सुधारका साथै लगानीको सुनिश्चिततामा जोड दिंदै प्रतिनिधिमण्डलले जलविद्युतका विषयलाई सम्वोधन गर्न एक छुट्टै उच्चस्तरीय संयन्त्र स्थापनामा जोड दियो । साथै डा. हल्दियाले नेपाल र भारतबीचको प्रसारण लाइन यथासिघ्र छिटो निर्माण गर्नु पर्नेमा जोड दिदै यस्को निर्माणबाट दुबै मुलुकलाई फाइदा पुग्ने विश्वास पनि व्यक्त गर्नु भयो ।

एफएनसीसीआई–सीआईआई संयुक्त आर्थिक परिषद् (FNCCI-CII JEC) को अधिकतम उपयोग मार्फत नेपालमा जलविद्युत लगायत अन्य सम्भाव्य क्षेत्रहरुमा भारतीय लगानी भित्र्याउन सकिने सुझाव सो अवसरमा प्रतिनिधिमण्डलका तर्फबाट दिइयो । एफएनसीसीआई–सीआईआई जेइसीले यही फेब्रुअरीमा जलविद्युत क्षेत्रको विकासका लागि संयुक्त सुझाव पेश गर्ने जानकारी गराउनु भयो । कोलकतामा हालै सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघ र ऋक्ष्क्ष् को संयुक्त आर्थिक परिषद् (Joint Economic Council) को बैठकको निर्णयानुसार भारतीय प्रतिनिधिमण्डल नेउवामहासंघको निमन्त्रणामा नेपाल भ्रमणमा आएको हो ।

FNCCI-CII JEC का सदस्यहरु समेत सम्मिलित सो भेटवार्तामा महासंघका अध्यक्ष वैद्यले एफएनसीसीआई–सीआईआई संयुक्त आर्थिक परिषद् मार्फत नेपालमा भारतीय लगानी आकर्षण गर्न लागिरहेको र यो भ्रमण पनि यसैको प्रतिफल भएको बताउनु भयो । अध्यक्ष वैद्यले नेपालले २०१२–२०१३ लाई लगानी वर्षको रुपमा मनाउन गइरहेको सन्दर्भमा भ्रमण निकै उपलव्धीमुलक हुने बताउंनु भयो । उहांले प्रधानमन्त्रीको भारत भ्रमणको समयमा सम्पन्न बिपा सम्झौता र दोहोरो कर मुक्ती सम्बन्धी सम्झौताबाट भारतीय लगानीकर्ताहरुमा सकारात्मक प्रभाव परेको बताउनु भयो ।

Hydro Delegation from India meet Rt. Hon'ble Prime Minister of Nepal

सो अवसरमा दुवै देशका निजी क्षेत्रको सुझावलाई सम्वोधन गर्नुहुंदै प्रधानमन्त्री डा. भट्टराईले नेपाल अझै पनि संक्रमणकालिन अवस्थामै रहेकोले केही समस्या देखिएपनि नेपाल सरकार आर्थिक विकासको अभियानमा निरन्तर अगाडी बढीरहेको स्पष्ट पार्नुभयो । प्रधानमन्त्रीले नेपालमा निर्धक्कसंग लगानी गर्न भारतीय लगानीकर्ताहरुलाई आग्रह समेत गर्नुभयो । प्रधानमन्त्रीले यतिखेरको मुख्य चासो दीगो शान्ति स्थापना सहित संविधान निर्माणनै रहेकोले अन्य महत्वपूर्ण कार्यहरु छायांमा पर्न गएको जस्तो देखिएपनि सरकार निजी क्षेत्रको नेतृत्वमुखी अर्थतन्त्र (Private Sector lead Economy) को विकासमा विश्वस्त रहेको स्पष्ट पार्नुभयो । साथै उहांले स्वदेशी एवं विदेशी लगानीकर्ताहरुलाई कुनै शंका नगरी नेपालमा जलविद्युत लगायतका अन्य सम्भाव्य क्षेत्रहरुमा लगानी गर्न आग्रह गर्दै एफएनसीसीआई-सीआईआई संयुक्त आर्थिक परिषद्ले दिएका सुझावहरुको कार्यान्वयनका लागि सरकार प्रतिवद्ध रहेको विश्वास दिलाउनु भयो । प्रतिनिधिमण्डलले आजै उद्योग मन्त्री अनिलकुमार झा र हिजो उर्जा मन्त्री पोष्ट बहादुर बोगटी समक्ष औपचारिक भेटवार्ता गरेको थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.