»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















उद्योग संचालन गरी वार्ता र छलफलद्वारा विवाद समाधान गर्न नेपाल उद्योग वाणिज्य महासंघको आव्हान (२०६८/११/१)


यूनिलिभर नेपाल लिमिटेडमा हाल जारी हड्ताल प्रति नेपाल उद्योग वाणिज्य महासंघको गम्भिर ध्यानाकर्षण भएको छ । कम्पनी व्यवस्थापन र कामदार कर्मचारीहरुका प्रतिनिधि बीच पटक पटक वार्ता भई कामदारहरुद्वारा प्रस्तुत जायज मागहरु पूरा गर्ने व्यवस्थापन पक्षबाट प्रतिवद्धता व्यक्त गरी सक्दा पनि कम्पनीले पूरा गर्नै नसक्ने अति महत्वकांक्षी मागहरु राखी कामदार हड्तालमा गएको स्थितिप्रति हामी अत्यन्त चिन्तित भएका छौं ।

लगानी प्रवद्र्धन गर्ने नीति अनुरुप महासंघले लगानी प्रवद्र्धन गर्नका लागि नेपाल सरकारसंग विभिन्न प्रयास र सहकार्य गरिरहेको अवस्थामा यो हड्तालले ठूलो नकारात्मक सन्देश गएको छ । तुलनात्मक रुपमा बढी पारिश्रमिक र सुविधा प्रदान गरिरहेका बहुर्राष्ट्रिय कम्पनीहरुमा अनुचित मागहरु राखी विवाद खडा गर्ने प्रवृतिले मुलुकमा नयां लगानी भित्र्याउने कुरा त परै जावस भईरहेका उद्योगहरु पनि एकपछि अर्काे गरी बन्द गर्नु पर्ने स्थिति आउने तर्फ सम्बन्धित सवैको ध्यानाकर्षण गराउंदछौ । यसबाट नेपाल सरकारले घोषणा गरेको लगानी वर्ष २०१२ को औचित्य माथिनै ठूलोप्रश्न खडा हुने भएको छ ।

व्यवस्थापन पक्ष निरन्तर वार्तामा रही कामदारका सवै जायज माग पूरा गर्न प्रतिवद्ध र सकारात्मक रहेको स्थितिमा कामदार पक्षबाट हड्ताल जारी रहंदा पर्न सक्ने प्रतिकूल असर प्रति संवेदनशील भई यथाशीघ्र विवाद समाधानका लागि लचिलो हुन आग्रह गर्दछौं । विवादको आपसी वार्ता र छलफलबाटै उचित समाधान निकाल्न सकिन्छ र सक्नु पर्छ भन्ने यस महासंघको धारणा रहेको छ । यसर्थ तुरुन्त कारखाना संचालन गरी दुवै पक्षले आपसी वार्ता र छलफलबाट विवाद समाधानका लागि सहमतिमा पुग्न नेपाल उद्योग वाणिज्य महासंघ सवै पक्षमा आग्रह गर्दछ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.