एशिया प्रशान्त उद्योग वाणिज्य महासंघ (Confederation of Asia-Pacific Chambers of Commerce & Industry - CACCI) को २६ औं सम्मेलन (26th CACCI Conference) नेपालमा हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघको आतिथ्यतामा आगामी असोज १७ देखि १९ गते (3-5 October 2012) सम्म आयोजना हुने उक्त सम्मेलनका विषयमा आज महासंघ सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । सम्मेलनका विषयमा आजै महासंघ सचिवालयमा क्यासी ल्पानिङ कमिटीको बैठक समेत सम्पन्न भयो ।
आगामी सम्मेलनका विषयमा जानकारी दिन बैठक पछि आयोजित पत्रकार सम्मेलनलाई महासघका उपाध्यक्ष भवानी राणा, क्यासीका उपाध्यक्ष एवं पाकिस्तान उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तारिक सैयद (Tariq Sayeed, Vice President-CACCI and Former President, FPCCI), क्यासीका उपाध्यक्ष एवं जर्जिया उद्योग वाणिज्य संघका अध्यक्ष जमाल इनआसीभीली (Jemal Inaishvili, Vice President-CACCI and Chairman, GCCI), क्यासीको कार्यकरिणी समिति सदस्य एवं महासंघका पूर्व अध्यक्ष प्रदीपकुमार श्रेष्ठ, क्यासीको आजिवन सदस्य तथा महासंघको कार्यकारिणी समिति सदस्य ओम राजभण्डारी, क्यासीका महानिर्देशक एवं चाइनाट्रष्ट कमर्सियल बैंकका वरिष्ठ कार्यकारी उपाध्यक्ष पीएचडी वेबस्टर डब्लू किआङ (Webster W. Kiang Ph.D, Director General-CACCI and Senior Executive Vice President-Chinatrust Commercial Bank) ले सम्वोधन गर्नुभयो ।
पत्रकार सम्मेलनलाई सम्वोधन गर्नुहुंदै महासंघका उपाध्यक्ष भवानी राणाले नेपालमा पहिलोपटक महासघको आतिथ्यतामा आयोजना हुने एशिया प्रशान्त क्षेत्रीय सम्मेलनले नेपालको अन्तराष्ट्रिय प्रवद्र्धनमा निकै ठूलो भूमिका निर्वाह गर्ने विश्वास प्रकट गर्दै महासंघका लागि यस प्रकारको सम्मेलन आयोजना गर्न पाउनु गौरवको विषय भएको बताउनु भयो ।
क्यासीका उपाध्यक्षद्वय तारिक सैयद (Tariq Sayeed, Vice President-CACCI) तथा जमाल इनआसीभीली (Jemal Inaishvili, Vice President-CACCI) ले क्यासी सम्मेलन आयोजना गर्ने अवसर नेपाललाई प्राप्त हुनु निकै खुशीको कुरा भएको बताउंदै नेपालका लागि अन्तर्राष्ट्रिय सम्पर्क विस्तार तथा लगानी प्रवद्र्धनमा सम्मेलन महत्वपूर्ण रहने विश्वास प्रकट गर्नुभयो । अन्तर्राष्ट्रिय लगानी तथा प्रविधिको आव्हान गरीरहेको नेपालका लागि क्यासी सम्मेलन एउटा अपूर्व अवसर भएको उहांहरुको धारणा थियो ।
क्यासी कार्यकारिणी समिति सदस्य एवं महासंघका पूर्व अध्यक्ष प्रदीपकुमार श्रेष्ठले २६ औं क्यासी सम्मेलन नेपालमा आयोजना गर्न पाउनु नेपालका लागि ऐतिहासिक भएको बताउनु भयो । एशिया प्रशान्त क्षेत्रका ३ सय भन्दा बढी प्रवुद्ध उद्यमी एवं व्यवसायीहरुको सहभागिता रहने यो सम्मेलन नेपाल लगानी वर्षको प्रवद्र्धनका लागि समेत महत्वपूर्ण अवसर हो । लगानी वर्ष समेतलाई ध्यानमा राखेर महासंघले क्यासी सम्मेलन नेपालमा आयोजना गर्न गरेको प्रयास सफल भएको बताउंदै सम्मेलनमा भागलिन यतिठूलो संख्यामा विदेशी पाहुनाहरु नेपाल आउंदा यसबाट मुलुकको आर्थिक व्यावसायिक सम्बन्ध विस्तार, लगानी तथा प्रविधि साझेदारीमा समेत नेपालले फाइदा लिने उहांले विश्वास प्रकट गर्नुभयो । Vision for Shared Prosperity मुख्य नारा रहने क्यासी सम्मेलनलाई यस संस्थामा आवद्ध २७ राष्ट्रहरु सहित अन्तराष्ट्रिय जगतबाट समेत अत्यन्त महत्वका साथ हेरिंदै आएको छ ।
सम्मेलनका क्रममा नेपालमा लगानी एवं पर्यटन आकर्षण, नेपालको निर्यात प्रवद्र्धन, आर्थिक सम्बन्ध विस्तार, प्रविधि तथा सूचनाको आदान प्रदान सम्बन्धमा विभिन्न मुलुकका प्रतिनिधिमण्डलसंग विस्तृत छलफल समेत हुने कार्यक्रम छ ।
नेपाल उद्योग वाणिज्य महासंघ, क्यासी (CACCI) को संस्थागत सदस्य रही आएको छ । महासंघले क्यासीका नियमित बैठकमा सहभागी भई नेपालको सशक्त प्रतिनिधित्व गर्दै आएको छ । निजी क्षेत्र बीच सम्बन्ध विस्तारका माध्यमबाट एशिया प्रशान्त क्षेत्रको आर्थिक विकासमा क्यासीले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
पत्रकार सम्मेलनमा क्यासी महिला उद्यमी परिषद्का सभापति मुक्ता नन्दिनी जेन (Mrs. Mukta Nandini Jain -Chairperson-CACCI Woman Entrepreneurs Council), क्यासीका प्राविधिक सल्लाहकार डा. डी. एच. पाई पनानदिकर (Dr. D.H. Pai Panandiker-Technical Advisor-CACCI), टर्किको यूनियन चेम्वर्स एण्ड कमोडिटी एक्सचेन्जको, वैदेशिक आर्थिक सम्बन्ध विभागका प्रमुख फुसन काराकासो(Head-Foreign Economic Relations Dept.,T he Union of Chambers and Commodity Exchanges of Turkey), क्यासीका आजिवन सदस्य एवं महासंघको कार्यकारिणी समिति सदस्य अशोक शर्मा, क्यासीका आजिवन सदस्यहरु गोपाल कक्षपति र नरेश श्रेष्ठ, क्यासीका उपमहानिर्देशक अमदोर आर होनरादो (Amador R. Honrado, Jr.-Deputy Director-General-CACCI), क्यासीका वरिष्ठ अधिकृत मार्क को (Mark Ko-Senior Officer-CACCI) को उपस्थिति रहेको थियो ।
थप फोटोको लागि कृपया यहां क्लिक गर्नु होला । धन्यवाद ।