»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलालाई भिन्न रुपमा आयोजना गर्न नेपाल उद्योग वाणिज्य महासंघको भव्य तयारी (२०६८/१२/१)


नेपाल उद्योग वाणिज्य महासंघद्वारा नेपाल सरकारको सहयोगमा यही चैत्र महिनाको अन्तिम साता काठमाडौंमा अन्तर्राष्ट्रियस्तरको मेला आयोजना हुंदैछ । नेपाल सरकारबाट आ.व. २०६८/६९ को बजेट बक्तव्य मार्फत कुटनीतिक नियोगहरु र निजी क्षेत्रका संघ/संस्थाहरुलाई समेत परिचालन गरी अन्तर्राष्ट्रियस्तरको मेला आयोजना गर्ने निर्णय अनुसार महासंघद्वारा उक्त मेला आयोजना हुन लागेको हो ।

“नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला (Nepal International Trade Fair-2012)” को नाममा चैत्र २३ गते, विहिवार एक भव्य समारोह बीच औपचारिक शुभारम्भ हुने सो मेला चैत्र २७ गते, सोमवारसम्म चल्ने छ भने मेला प्रदर्शनीस्थल भृकुटीमण्डपमा हुने छ । मेलालाई व्यापक रुपमा सफल पार्न यतिखेर महासंघ सचिवालय अहोरात्र खटिरहेको छ । मेलालाई वस्तु तथा सेवाको खरिद विक्रीको माध्यम बनाउने भन्दा पनि यसलाई समग्र राष्ट्रको “शो केश”को रुपमा प्रस्तुत गर्ने योजना महासंघको छ ।

नेपाल लगायत सार्क राष्ट्रहरु सहित मित्रराष्ट्रहरु चीन, कोरिया लगायतको मेलामा उच्च सहभागिता रहने छ । यस वर्ष मेलालाई भिन्न रुपमा प्रस्तुत गर्न महासंघले विशेष तयारी गरिरहेको छ । महासंघले विशेष रुपमा अगाडी बढाएका जस्तो एक जिल्ला एक उत्पादन, लघु जलविद्युत, हस्तकला, नेपाली हाते गलैचा, तयारी पोशाक, सूचना प्रविधि, घरेलु तथा लघु उद्यम, हरित उर्जा, शहरी विकास लगायतका कार्यक्रमलाई भिन्न पेभिलियन मार्फत विशेष रुपमा प्रदर्शनी गरिने योजना छ ।

मेलामा सजाईएका पेभिलियनहरुको वैज्ञानिक मुल्यांकन गरी उनीहरु बीच प्रतिस्पर्धा गराउने, मेलामा उत्कृष्ट क्रेताहरु समेतलाई सम्मान गरिने कार्यक्रम छ । मेलामा नेपाली वस्तु तथा सेवाहरुको वस्तुगत आधारमा छुट्टै पेभिलियन र अन्तर्राष्ट्रिय वस्तु तथा सेवाको छुट्टै पेभिलियन सहित करिव ३२० वटा स्टल मार्फत अवलोकनकर्ताहरुलाई पछिल्लो परिवर्तनको झलक प्रस्तुत गरिने छ । मेला अवधिभर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका विषयमा छलफल, अन्तरक्रिया तथा राष्ट्रिय अन्तर्राष्ट्रिय व्यक्तित्वहरु बीच महत्वपूर्ण व्यावसायिक भेटवार्ता समेत गराइने छ । नेपाल सरकारको सहयोगमा महासंघद्वारा वृहद रुपमा आयोजना हुन लागेको उक्त मेलालाई प्रत्येक वर्ष आयोजना गरी निरन्तरता दिने योजना सरकारको रहेको छ । विगत एकदशक भन्दा बढी समयदेखि नेपाल सरकार तथा महासंघको सहयोगमा हरेक वर्ष क्षेत्रीयस्तर, जिल्लास्तर एवं बस्तुगतस्तरमा गरी करिव चार दर्जन मेला/महोत्सवहरु देशका विभिन्न भागहरुमा आयोजना हुदै आईरहेका छन् । ती मेलामा स्थानीय उत्पादन र उत्कृष्ट वस्तु तथा सेवाको वाह्य प्रवद्र्धनको लागि समेत नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलामा सहभागी गराईने कार्यक्रम छ ।

मेलाको मुख्य प्रायोजकमा नेपाल टेलिकम रहेको छ भने सह-प्रायोजकमा शिखर सुज प्रालि रहेको छ । त्यसैगरी आधिकारिक मेडियामा कान्तिपुर ग्रुप अफ कम्पनिज, आधिकारिक र्बैक स्ट्याण्डर्ड चाटर्ड, आधिकारिक एयरलाइन्स कटार एयरवेज, आधिकारिक ट्राभल एजेन्सीमा सीएनके टुर्स एण्ड ट्राभल्स प्रा.लि.,आधिकारिक कार्गोमा गणेश कार्गो प्रा.लि., आधिकारिक इन्स्योरेन्समा एभरेष्ट इन्स्योरेन्स प्रा.लि. रहेका छन् ।

त्यसैगरी मेलाको सहयोगी संस्थाहरुमा नेपाल हस्तकला महासंघ, कम्युटर एसोसिएसन नेपाल, वल्र्ड भ्यू नेपाल रहेका छन् भने मेलालाई नेपालका प्रतिष्ठित व्यावसायिक घरानाहरु गोल्छा अर्गनाइजेशन, मुरारका अर्गनाईजेशन, वैद्यज अर्गनाइजेशन (VOITH), डाबर नेपाल तथा डाउनटाउन हाउजिङ प्रा.लिले सहयोग पुर्‍याउने छन् ।

स्वदेशी तथा विदेशी गरी करिव दुई लाख आगन्तुकहरुले अवलोकन गर्ने अपेक्षा गरिएको उक्त मेलालाई दक्षिण एशियाली क्षेत्रमा अत्यन्त महत्वका साथ हेरिएको छ भने मेलामा सहभागिताका लागि सार्क क्षेत्रका सदस्य राष्ट्रहरुबाट उत्साहजनक सहभागिता भैरहेको छ । हालसम्म करिव ९० प्रतिशत स्टल बुक भैसकेको छ । विभिन्न माध्यम मार्फत मेलाको प्रचार प्रसार स्वदेश तथा विदेशमा समेत भैरहेको छ ।

सन् २०१२-१३ लाई नेपाल लगानी वर्षका रुपमा मनाउने तयारी भैरहेको सन्दर्भमा आयोजित नेपाल अन्तराष्ट्रिय व्यापार मेला लगानी वर्ष अभियानलाई सफल पार्न समेत सहयोगी हुने महासंघको विश्वास छ ।

नेपाल सरकार तथा महासंघबाट नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलालाई आगामी दिनमा मुलुकभित्र अन्तराष्ट्रियस्तरको मेला तथा प्रदर्शनी आयोजना गर्नका लागि आवश्यक पूर्वाधार निर्माणको आधार तयार गर्ने अवसरको रुपमा समेत हेरिएको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रर्दशनी आयोजनाका लागि उपयुक्त स्थलको अभाव भैरहेको अहिलेको अवस्थामा नेपाल सरकारबाट महासंघले प्रस्ताव गरे अनुसारको प्रदर्शनी स्थल निर्माणको लागि उक्त दिन शुभारम्भको औपचारिक घोषणा हुन सकेमा मेलाको सार्थकता अझ बढ्ने विश्वास निजी क्षेत्रले गरेको छ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.