नेपाल उद्योग वाणिज्य महासंघको ४६ औं वार्षिक साधारण सभा
नेपाल उद्योग वाणिज्य महासंघको ४६ औं वार्षिक साधारण सभा यही २०६८ चैत्र २४ गते काठमाडौंमा आयोजना गरिंदैं छ । विशेषत लगानी प्रवद्र्धन र रोजगारीका अवसरहरुको सृजनालाई केन्द्र विन्दुमा राखेर गर्न लागिएको यो साधारण सभाले महासंघको गत १ वर्षको क्रियाकलापहरुको समिक्षा गर्नुका साथै महासंघका आगामी दिनहरुका रणनीतिका वारेमा वृहद छलफल गरी महासंघलाई मार्गनिर्देशन गर्नेछ । महासंघको चुनाव नहुने वर्ष भएकाले रणनीति निर्माण तथा विषय वस्तुको गहन छलफल हुने यो साधारण सभाको आफनै महत्व छ ।
यस वर्षको साधारण सभामा निजीक्षेत्रको नेतृत्वदायी भूमिका सहितको आर्थिक विकासको साझा एजेण्डाको मस्यौदाको प्रस्तुती र छलफललाई विशेष विषय बनाइने छ । यस विषयमा उद्घाटन सत्रमानै महासंघका अध्यक्षज्यूबाट विशेष प्रस्तुती हुने छ ।
सम्माननीय प्रधानमन्त्रीद्वारा समुद्घाटन हुने कार्यकम रहेको समारोहमा भारतीय उद्योग परिसंघका (Confederation of Indian Industry-CII) का अध्यक्ष श्री बी मथुरमन (B. Muthuraman) लाई विशिष्ट अतिथि वक्ताका रुपमा हामीले निम्त्याएका छौ । उहांले मुलुकको अर्थतन्त्रको रुपान्तरणका सम्बन्धमा भारतीय अनुभवका वारेमा जानकारी दिनुहुनेछ । सम्माननीय प्रधानमन्त्रीको सम्वोधन समेत रहने यस समारोहमा गत वर्ष आ आफनो क्षेत्रमा उत्कृष्ट काम गर्ने महासंघका सदस्यहरुलाई कदर सम्मान पनि गरिने छ ।
महासंघको साधारण सभामा नियमित गर्नुपर्ने वार्षिक प्रतिवेदन र वासलात पेश गरिनुका साथै समसामयिक विषयमा छलफल समेत हुनेछ । यो वर्ष साधारण सभा पूर्वनै महासंघका सदस्यहरुको आआफनो समूहको छलफलको कार्यक्रम तय गरिएको छ । यी छलफलमा सदस्यहरुको संस्थागत विकासका साथै मुलुकको वर्तमान आर्थिक परिस्थिति र उद्योग व्यवसायका मूलभूत समस्या वारे छलफल हुने अपेक्षा हाम्रो छ । विशेषत लगानी वृद्धि र रोजगारी अभिवृद्धिलाई केन्द्र विन्दूमा राखोर गरिने सो छलफल उर्जा संकट, श्रम लचकता, वित्तिय श्रोतमा पहुंच र उद्यम शिलताको विकास आदिमा केन्द्रित हुने हाम्रो अपेक्षा छ ।
अन्तर्राष्ट्रिय व्यापार मेला-२०१२
साधारण सभा हुनु एक दिनपूर्व काठमाडौंको भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय व्यापार मेला-२०१२ आयोजना गरिदैछ । नेपालको निर्यात व्यापारलाई सघाउने उद्देश्यले गर्न लागिएको यो मेलालाई नेपाल सरकार वाणिज्य मंत्रालयको समेत सहयोग प्राप्त छ । उद्योग वाणिज्य महासंघले यो मेलालाई वार्षिक रुपमा आयोजना गर्ने निर्णय गरेको छ । हालसम्म ३५० भन्दा बढी प्रदर्शनीकर्ताहरुले आफनो स्टल बुक गराइसकेका छन् । नेपालको निर्यातजन्य वस्तुहरुलाई प्रवद्र्धन गर्ने उद्देश्यले गरिन लागेको यो मेलामा नेपालका अतिरिक्त भारत, भुटान, बंगलादेश, चीन, पाकिस्तान आदिका प्रर्दशकहरुको समेत सहभागिता रहने छ । सम्माननीय राष्ट्रपतिज्यूलाई मेलाको समुद्घाटनका लागि अनुरोध गरिएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल हस्तकला महासंघ, नेपाल चीन कार्यकारी परिषद् समेतको सहआयोजनमा यो मेला हुने छ । मेलामा हस्तला पेभिलियोन, घरेलु तथा साना उद्योग पेभिलियन, चीनिया पेभिलियोन, एक गाउं एक उत्पादन पेभिलियन सहित पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मको कला संस्कृति, चिया कफि, मह, जडीवूटी, हाते गलैचा, आवासीय योजना, नविकरणीय उर्जाको पनि छुट्टाछुट्टै पेभिलियनहरु मार्फत प्रदर्शनी गरिने छ ।
मेलामा अझ वृहद सहभागिता हुने सम्भावना हुंदाहुंदैपनि मेला स्थलको सिमित क्षमताका कारण सहभागीहरुलाई स्थान दिन नसक्ने वाध्यता हाम्रो छ ।
मेलाको मुख्य प्रायोजकमा नेपाल टेलिकम रहेको छ भने सह-प्रायोजकमा शिखर सुज प्रालि रहेको छ । त्यसैगरी आधिकारिक मेडियामा कान्तिपुर ग्रुप अफ कम्पनिज, आधिकारिक र्बैक स्ट्याण्डर्ड चाटर्ड, आधिकारिक एयरलाइन्स कटार एयरवेज, आधिकारिक ट्राभल एजेन्सीमा सी एण्ड के टुर्स एण्ड ट्राभल्स प्रा.लि., आधिकारिक कार्गोमा गणेश कार्गो प्रा.लि., आधिकारिक इन्स्योरेन्समा एभरेष्ट इन्स्योरेन्स प्रा.लि. रहेका छन् । कम्युटर एसोसिएसन नेपाल, वल्र्ड भ्यू नेपाल आदिले पनि मेलालाई सहयोग पुर्याउने छन् भने मेलालाई नेपालका प्रतिष्ठित व्यावसायिक घरानाहरु वैद्यज अर्गनाइजेशन (VOITH), गोल्छा अर्गनाइजेशन, मुरारका अर्गनाईजेशन, डाबर नेपाल, सिभिल होम्स, कान्तिपुर ग्रुप अफ कम्पनीज, डाउनटाउन हाउजिङ प्रा.लि आदिले सहयोग पुर्याउने छन् ।
उद्योग वाणिज्य दिवस-२०६८
हरेक वर्ष चेत्र २८ मा मनाइने उद्योग वाणिज्य दिवस यो वर्ष काठमाडौमा मात्र सिमित नगरी विकेन्द्री रुपमा पाँचै विकास क्षेत्रमा विभिन्न कार्यक्रमका साथ मनाइने छ । महासंघका पूर्व अध्यक्षज्यूहरु, पदाधिकारी एवं कार्यकारिणी समितिका सदस्यहरु क्षेत्र क्षेत्रमा हुने कार्यक्रममा समावेश हुनु हुने छ ।
CII CEO Mission
महासंघको साधारण सभाकै वेलामा भारतीय उद्योग परिसंघका अध्यक्षको नेतृत्वमा ऋक्ष्क्ष् ऋभ्इ :ष्ककष्यल ले नेपाल भ्रमण गर्नेछ । भारतका प्रमुख उद्योग प्रतिष्ठानका मुख्य कम्पनीहरुका प्रमुख कार्यकारीहरु समेल हुने यस टोलीको भ्रमणलाई महासंघले नेपालमा लगानी प्रवद्र्धन गर्ने अवसरका रुपमा लिएको छ । उहांहरुलाई नेपालमा लगानीका अवसरहरुको वारे जानकारी दिइनुको साथै नेपालका राष्ट्रपति, प्रधानमन्त्री एवं मन्त्रीहरुसंग पनि शिष्टाचार भेटको कार्यक्रम राखिएको छ ।
समग्रमा आगामी दिनहरुमा महासंघबाट धेरै कार्यक्रमहरु आयोजना हुंदैछन् । यीनले महासंघ खाली आफना सदस्यहरुको निहित हितको रक्षाका लागि मात्र नभई राष्ट्रको वृहत्तर उन्नतीका एवं नेपालीको समृद्धिका लागि निरन्तर जुटीरहेको छ भन्ने कुराको पुष्टि गर्दछ ।