»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















नेपालमा लगानी सम्भाव्यता अध्ययन गर्न आएको कोरियन प्रतिनिधिमण्डल महासंघ सचिवालयमा (२०६८/१२/१४)


नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारसंग नेपाल भ्रमणमा आएको कोरियन व्यावसायिक प्रतिनिधिमण्डलले आज महासंघ सचिवालयमा भेटी नेपालमा जलविद्युत तथा पूर्वाधार विकासमा वैदेशिक लगानीको सम्भाव्यता विषयमा छलफल गर्‍यो ।

Meeting with Korean Delegation

महासंघका उपाध्यक्ष पशुपति मुरारका, कार्यकारिणी समिति सदस्यहरु शंंकर प्रसाद पाण्डे, जेन श्रेष्ठ, ज्ञानेन्द्रलाल प्रधान, नेपाल कोरिया उद्योग वाणिज्य संघका अध्यक्ष किरण सा:ख र महासंघका महानिर्देशक डा. हेमन्तकुमार दवाडीको उपस्थिति रहेको सो भेटवार्तामा कोरियाको इलिजिन इन्टरनेशनल कम्पनीका प्रमुख कार्यकारि योन योङ्ग सुक (Yon Yong Suk, Chief Executive , Office of ILIJIN International Company Ltd, Korea) को नेतृत्वमा आएको चार सदस्यीय कोरियन व्यावसायिक प्रतिनिधिमण्डलको स्वागत गर्नुहुंदै महासंघका वरिष्ठ उपाध्यक्ष राजकर्णिकारले नेपालको आर्थिक विकासका लागि अन्तराष्ट्रिय प्रविधि, लगानी, शीप र अनुभव आवश्यक रहेको सन्दर्भमा यसलाई भित्रयाउन महासंघले निकै ठूलो प्रयास गर्दै आएको बताउनु भयो ।

वरिष्ठ उपाध्यक्ष राजकर्णिकारले राष्ट्रिय एवं अन्तराष्ट्रिय लगानी अभिवृद्धि गर्न महासंघको पहल र सोंचमा नेपाल सरकारबाट सन् २०१२ /१३ लाई लगानी वर्षको रुपमा मनाउने निर्णय भएको जानकारी गराउनुहुंदै नेपालमा कोरियन लगानी भित्रयाउने कार्यमा सहयोग गर्न कोरियन प्रतिनिधिमण्डललाई विशेष आग्रह गर्नुभयो । वरिष्ठ उपाध्यक्षले पूर्वाधार विकास तथा जलविद्युत क्षेत्रमा कोरियन लगानीको सम्भाव्यता अध्ययन गर्ने उद्देश्यले नेपाल आएकोमा उहांहरुको स्वागत समेत गर्नुभयो । वरिष्ठ उपाध्यक्ष राजकर्णिकारले सरकारले अवलम्वन गरेका नीति तथा कार्यक्रमहरु लगानीमैत्री रहेको र लगानीको वातावरण बन्दै गएकाले नेपालमा जलविद्युत, पूर्वाधार निर्माण, पर्यटन, कृषि तथा कृषि प्रशोधन क्षेत्र लगानीका मुख्य प्राथमिकता प्राप्त क्षेत्र रहेको जानकारी समेत गराउनु भयो ।

सो अवसरमा प्रतिनिधिमण्डलका प्रमुख एवं कोरियाको इलिजिन इन्टरनेशनल कम्पनीका प्रमुख कार्यकारि योन योङ्ग सुक (Yon Yong Suk, Chief Executive , Office of ILIJIN International Company Ltd, Korea) ले भ्रमणको उद्देश्य स्पष्ट पार्दै महासंघसंग भएको छलफल निकै उपलव्धी मुलक भएको र नेपालमा लगानीका लागि कोरियन लगानीकर्ताहरु निकै उत्सुक रहेकाले पनि आफनो भ्रमणबाट लगानी विस्तारमा सहयोग पुग्ने विश्वास प्रकट गर्नुभयो । साथै उहांले नेपालमा लगानीका सम्भाव्यताका विषयमा आगामी दिनमा थप छलफल गर्न महासंघसंग नजिकमा रहेर कार्य गर्ने विश्वास समेत दिलाउनु भयो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.