नेपाल अर्थ, कृषि र व्यापार क्रीयाकलाप (नीट) द्वारा यु.एस्.ए.आइ.डी र एफ्.एन्.सी.सी.आइ/ए.इ.सी को सहयोगबाट नेपालको अदुवा क्षेत्रलाई उकास्न, देशव्यापी अदुवा कृषकहरु र बिक्रेताहरुको माँगलाई प्रतिनिधित्व गर्दै एक स्थानीय अदुवा संघ (नेपाल अदुवा उत्पादक तथा बिक्रेता संघ - एन्.जी.पी.टी.ए) लाई राष्ट्रिय स्तरको संघमा परिवर्तन गरिएको छ । हाल राष्ट्रिय स्तरमा परिवर्तन भएको समाचारको उद्घोष गर्न चैत्र १७, २०६८, शुक्रवारको दिन एफ्.एन्.सी.सी.आइ को ए.इ.सी बैठकमा हरेक संस्थाका प्रतिनिधिहरु र कृषि तथा अन्य मन्त्रालयका सदस्यहरुलाई आमन्त्रित गरिएको छ ।
अदुवा उत्पादनमा भारत, चीन र इन्डोनेसिया पछी चौंथो स्थानमा नेपाल पर्दछ तर राष्ट्रिय स्तरमा अदुवा क्षेत्रको संस्थागत प्रतिनिधित्व थिएन। अन्तराष्ट्रिय प्रतिस्पर्धाको कारण मूल्यमा हुने गीरावट, डब्लू.टि.ओ ले निर्धारण गरेका नयाँ निर्यात आवश्यकताहरु र बजार बिशेष गुणस्तर जस्ता चुनौतीहरुलाई औंल्याउने संस्थागत माध्यम थिएन । साथै गुणस्तर मापन गर्न सहयोग पुर्याउन र सरकारसँग पैरवी गर्न पनि कुनै अधिकार प्रप्त राष्ट्रिय संघ थिएन । २०६० सालमा प्लान्ट क्वारेनटाइनले भारतमा अदुवाको निकासिमा रोक लगाए पछी ९९ प्रतिशत भन्दा बढी नेपाली अदुवको निर्यात रोकियो र नेपाली अदुवा कृषक तथा व्यापारिहरुले ठूलो नोक्सान बेहुर्नु पर्योढ । तर उनका पीडा पोखिदिने कुनै राष्ट्रिय निकाय नै थिएन । यी समस्याहरुले अदुवाजस्तो निर्यातयोग्य वस्तुको उत्पादन र बजारीकरण निकै अप्ठ्यारोमा परेको छ । (एन्.टि.आइ.स २०१०)
राष्ट्रिय स्तरको अदुवा संघलाई सवल बनाउन एफ्.एन्.सी.सी/ए.इ.सी र नीटको सहयोगमा हालै मात्र बिर्तामोड्, भैरहावा, नेपालगन्ज र धनगढिमा चारवटा कार्यशाला गोष्ठिहरु सम्पन्न भए । गोष्ठिका सहभागिहरुले बिधानमा सुधारहरु ल्याउनेभए झापामा स्थापित स्थानिय नेपाल अदुवा उत्पादक तथा बिक्रेता संघले नै अहिलेको अवश्यक्ता पुरा गर्ने कुरामा समर्थन जनाए । नारायणगढमा भएको अन्तिम कार्यषाला गोष्ठिले एन्.जी.पी.टि.ए लाईनै राष्ट्रिय स्तरको संघ बनाउने निधो गर्यो ।
"हामीले अदुवाको बजार यहिं बनाएर अफैमा निर्भर हुनु पर्छ...तल्लो स्तरमा मात्र नभएर राष्ट्रिय निती निर्धारण स्तरमा पनि सुधारको अवश्यकता छ । अदुवा क्षेत्रलाई सवल बनाउन एन्.जी.पी.टि.ए ले कृषक, व्यापरी देखी राष्ट्रिय स्तरसम्म अवश्यक सबै जरुरतको आपुर्ती गर्नेछ," एन्.जी.पी.टि.ए का अध्यक्ष्य नरेन्द्र खड्काले भन्नुभयो ।
एन्.जी.पी.टि.ए लाई राष्ट्रिय संघ बनाउन एफ्.एन्.सी.सी.आइ/ए.इ.सी र नीटले एन्.जी.पी.टि.ए सँग मिलेर तृवर्षीय योजना बनाउन र एन्.जी.पी.टि.ए को बिधानमा आवश्यक सुधारहरु गर्न पनि सहयोग गरेको छ। पुन: संरचनाको क्रममा बिभिन्न भौगोलिक क्षेत्र र महिलाहरुलाई पनि सहभागी गराउने गरी एन्.जी.पी.टि.ए को नयाँ कार्यकारी समितिको चुनाव हुनुपर्ने प्रावधान पनि बिधानमा समावेस गरिएको छ। यसरी एन्.जी.पी.टि.ए अहिले नेपाली अदुवाको बजारमा राम्रो पहुंच पुर्याउने र यसको समग्र गुण्स्तर एवं मुल्यमा सुधार ल्याउने उद्धेश्यका साथ जिल्ला प्रशासन कार्यालयमा एउटा राष्ट्रिय स्तरको संघको रूपमा दर्ता भएको छ ।