»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















महासंघका अध्यक्ष र पाकिस्तानका लागि नेपाली राजदुत बीच भेटवार्ता (२०६८/१२/१७)


नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्य र पाकिस्तानका लागि नेपाली राजदुत भरतराज पौड्याल बीच आज महासंघ सचिवालमा द्विपक्षीय भेटवार्ता भयो । भेटका अवसरमा नेपाल पाकिस्तान बीचको आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तारको सम्भाव्यता, विद्यमान चुनौती लगायतका विषयमा विस्तृत छलफल भयो ।

Meeting with Nepali Ambassador to Pakistan

सो अवसरमा राजदुत पौडेलको स्वागत गर्नुहुंदै महासंघका अध्यक्ष वैद्यले व्यापार विस्तारको पर्याप्त सम्भाव्यता हुंदाहुंदै पनि नेपाल पाकिस्तान बीचको व्यापार अपेक्षित रुपमा बढ्न नसकेको अवस्थामा कुटनीतिक तवरबाट आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तारमा पहल हुन आवश्यक भएकोमा जोड दिनु भयो । अध्यक्ष वैद्यले व्यापार विस्तारका लागि सिधा हवाई सम्पर्क विस्तार गर्नु पर्ने, नेपाल पाकिस्तान बीचको हवाई कार्गोको भाडा कम गर्न पहल हुनुपर्ने, नेपालमा आयोजित व्यापार मेलाहरुमा पाकिस्तानी निजी क्षेत्रको सहभागितामा जोड दिनु भयो ।

बैठकमा भारतले नेपाल र पाकिस्तानको सिमा क्षेत्रमा निर्माण गरिरहेको एकिकृत जांच चौकी (Integrated Check post-ICP) बीच सिधा सम्पर्क स्थापित गर्न सकेमा मात्र पनि द्धिपक्षीय व्यापार तथा क्षेत्रीय व्यापारमा निकै सहयोग पुग्ने सुझाव आएको थियो ।

महासंघका सुझावको स्वागत गर्नुहुंदै राजदूत पौड्यालले नेपाल र पाकिस्तान बीचको आर्थिक, व्यापारिक तथा लगानी सम्बन्धलाई विस्तार गर्न आफूले सक्दो प्रयास गर्ने र यस्का लागि नेपाली निजी क्षेत्रको सहयोगको अपेक्षा राख्नु भयो । उक्त भेटघाट कार्यक्रममा महासंघको लगानी प्रवद्र्धन फोरमका सभापति चन्द्र प्रसाद ढकाल, पूर्व कार्यकारिणी समिति सदस्य एवं सार्क उद्योग वाणिज्य संघका सदस्य आर.वी. रौनियार, महासंघका महानिर्देशक हेमन्त दवाडीको उपस्थिति थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.