»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















नेउवामहासंघ र पञ्जाव प्राविधिक विश्वविद्यालयका पदाधिकारी बीच भेटवार्ता (२०६८/१२/२१)


नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्य तथा वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारसंग पञ्जाव प्राविधिक विश्वविद्यालयका उपकुलपति डा. रजनिस अरोरा (Dr. Rajneesh Arora, Vice Chancellor, Punjab Technical University, India) को नेतृत्वमा नेपाल भ्रमणमा आएको सात सदस्यीय प्रतिनिधिमण्डल बीच आज महासंघ सचिवालयमा भेटवार्ता भयो ।

Meeting with Panjab Technical University

सो अवसरमा पञ्जाव प्राविधिक विश्वविद्यालयको सहकार्यमा नेपालमा औद्योगिक क्षेत्रका लागि आवश्यक जनशक्ति विकासको सम्भाव्यताका विषयमा विस्तृत छलफल भयो । नेपालको औद्योगिक क्षेत्रका लागि के कस्तो जनशक्ति आवश्यक छ सोको पहिचान भएमा विश्वविद्यालयका तर्फबाट सहकार्यका कार्यक्रम अगाडी बढाउन सकिने धारणा सो अवसरमा व्यक्त गरियो ।

महासंघको कार्यकारिणी समितिका सदस्य शंकरप्रसाद पाण्डे, महानिर्देशक हेमन्त दवाडी सहितको उपस्थित रहेको सो अवसरमा प्रतिनिधिमण्डलको स्वागत गर्नुहुंदै महासंघका अध्यक्ष वैद्यले महासंघका तर्फबाट प्राविधिक जनशक्ति विकासका लागि विश्वविद्यालयसंग नजिकमा रहेर कार्य गर्ने विश्वास दिलाउनु भयो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.