»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















नेपाल उद्योग वाणिज्य महासंघको ४६ औं वार्षिक साधारण सभाको समुदघाटन सम्पन्न (२०६८/१२/२४)


निजी क्षेत्रको संघीय प्रतिनिधिमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको ४६ औं वार्षिक साधारण सभाको समुदघाटन सम्माननीय प्रधानमन्त्री डा बाबुराम भटराईज्यूबाट आज एक विशेष समारोह बीच काठमाडौंमा सुसम्पन्न भयो । समुदघाटन समारोहलाई सम्वोधन गर्नुहुदै प्रधानमन्त्री डा बाबुराम भटराईले आर्थिक विकासको इन्जिनको रुपमा रहेको निजी क्षेत्रकै नेतृत्वमा मुलुकको आर्थिक विकासका लागि आफू लागीरहेको र यसमा निजी क्षेत्रको प्रतिनिधिमूलक सस्था नेपाल उद्योग वाणिज्य महासंघलाई साथमा लिएर जाने विश्वास दिलाउनु भयो । साथै प्रधानमन्त्री डा भट्टराईले महासंघकै पहल र सोचमा सरकारले सन् २०१२-१३ लाई लगानी वर्षको रुपमा मनाउने निर्णय गरेको र नेपालमा विदेशी लगानी आकर्षण गर्न लगानी वोर्डको स्थापना, विप्पा सम्झौता लगायतका आधारहरु तयार गर्दै गएको बताउनु भयो । प्रधानमन्त्री डा भट्टराईले निजी क्षेत्रलाई लगानी विस्तारका लागि तिब्रताका साथ लाग्न अभिप्रेरित गर्नु हुदै अब निजी क्षेत्रलाई आर्थिक विकासको नेतृत्व लिएर अगाडी बढ्न आग्रह समेत गर्नु भयो । उदघाटन समारोहमा निजी क्षेत्रका तर्फबाट प्रधानमन्त्री डा भट्टराईलाई सम्मानित गरियो ।

FNCCI AGM

FNCCI AGM

FNCCI AGM

FNCCI AGM

FNCCI AGM

उदघाटन समारोहमा महासंघको साधारण सभामा मुख्य वक्ताको रुपमा निम्त्याइनु भएका भारतीय उद्योग परिसंघका अध्यक्ष बि. मथुरमणलाई सम्मानित गरियो । सो अवसरमा मथुरमणले मुख्य वक्ताको रुपमा सम्बोधन गर्नु हुदै भारतको आर्थिक रुपान्तरणको अनुभव बाँड्नु भयो ।

त्यसै गरी समारोहमा भारतीय उद्योग परिसंघका निवर्तमान अध्यक्ष एव FNCCI-CII Joint Economic Council का सह-अध्यक्ष राजिव कौललाई महासंघको मानार्थ सदस्यता प्रदान सहित सम्मानित गरियो ।

सो अवसरमा प्रधानमन्त्री डा भट्टराईले महासंघका उत्कृष्ट जिल्ला/नगर उवासंघ (क वर्गबाट उत्कृष्ट बुटवल उवासंघ, ख वर्गबाट उत्कृष्ट म्याग्दी उवासंघ, ग वर्गबाट उत्कृष्ट पाँचथर उवासंघ), बस्तुगत संघ (उत्कृष्ट नेपाल निर्माण व्यबसायी महासंघ) तथा द्विराष्ट्रिय उवासंघ (नेपाल-जर्मन उवासंघ) लाई सम्मानित गर्नु भयो । सो अवसरमा महासंघद्वारा प्रकाशित रोजगारदाताहरुको हाते पुस्तिका, एक जिल्ला एक उत्पादन सम्बन्धी परिचयात्मक पुस्तिकाको प्रमुख अतिथि प्रधानमन्त्री भट्टराईले विमोचन गर्नु भयो ।

FNCCI AGM

FNCCI AGM

त्यस अघि स्वागत एव‌ नेपालको आर्थिक विकासको साझा एजेण्डा बारे प्रस्तुति राख्नु भयो । सो क्रममा महासंघका अध्यक्ष सुरज वैद्यले राजनैतिक अस्थिरताका कारण अर्थतन्त्रमा नकारात्मक असर परेकाले आर्थिक विकासको साझा अवधारणा बन्न नसकेको कारण अर्थतन्त्र संचालनमा बाधा पुगेको बताउनु भयो । अध्यक्ष वैद्यले अगाडी भन्नु भयो - महासंघले नेपालले अबका दिनमा अपनाउनु पर्ने आर्थिक रणनीतिको साझा अवधारणाको मस्यौदा तयार पारेको छ । उक्त रणनीति यस साधारण सभामा थप छलफल र गृहकार्य गरी अझ परिष्कृत बनाइने छ । तत्पश्चात उक्त आर्थिक रणनीतिलाई विभिन्न राजनीतिक पार्टी तथा सरोकारवालाहरु बीच पनि छलफल गराउने छौं । यस कार्यमा महासंघलाई सहयोग गर्न हामी सम्पूर्ण राजनीतिक पार्टी तथा सरोकारवालाहरुलाई हार्दिक अनुरोध गर्दछौं । हामीलाई पूर्ण विश्वास छ, नयां नेपाल निर्माणका लागि आर्थिक विषयमा हामी सबैको साझा सहमती हुने छ ।

सो अवसरमा नेपाल सरकारका अर्थ र उर्जा मन्त्रीको सहभागितामा छलफल कार्यक्रम सम्पन्न भयो ।

थप फोटोको लागि कृपया यहाँ क्लिक गर्नु होला ।

थप डकुमेण्टका लागि कृपया यहाँ क्लिक गर्नु होला ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.