»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















नेपाल टर्कीबीच द्धिपक्षीय व्यापार तथा लगानी अभिवृद्धिमा जोड (२०६८/१२/२९)


टर्कीका राजदूत डा. बुराक अक्कापर (Dr. Burak Akcapar) र नेपाल उद्योग वाणिज्य महासंघबीच आज द्विपक्षीय व्यापार, लगानी तथा आर्थिक सम्बन्ध विस्तारका विषयमा छलफल भएको छ ।

सो अवसरमा टर्कीका राजदूतलाई महासंघमा स्वागत गर्नु हुदै कार्यकारिणी समिति सदस्य तथा शहरी विकास फोरमका कोअर्डिनेटर ओम बहादुर राजभण्डारीले नेपाल र टर्कीबीचको व्यापार ज्यादै कम मात्रामा रहेको र दुई देशबीचको व्यापार विस्तारका लागि व्यवसायिक प्रतिनिधिमण्डलहरुको आदानप्रदान हुनु पर्नेमा जोड दिनु भयो ।

महासंघ सदस्य श्री राजभण्डारीले नेपालमा शहरी विकास लगायत भौतिक पूर्वाधार, जलश्रोत, पर्यटन जस्ता क्षेत्रहरुमा लगानीको संभाव्यता रहेकोले टर्कीका लगानीकर्ताहरुको यस क्षेत्रमा लगानी आकर्षण गर्न विशेष भूमिका खेल्न आग्रह गर्नु हुदै आउंदो अक्टोबर महिनामा नेपालमा हुन गइरहेको २६ औं क्यासी सम्मेलन (CACCI Conference) मा टर्कीका निजी क्षेत्रको सहभागिताका लागि अनुरोध गर्नु भयो ।

सो अवसरमा राजदूत डा. अक्कापरले नेपाल र टर्कीबीचको व्यापार तथा लगानी अभिवृद्धिका लागि आफ्नो तर्फबाट सक्दो प्रयास हुने विश्वास दिलाउदै दुई देशबीचका उद्यमी व्यवसायीहरुबीच रहेको सम्पर्क अभाव समाधान गर्ने तर्फ महासंघको सहयोगका लागि अनुरोध गर्नु भयो । राजदूत अक्कापरले जलश्रोत, निर्माण जस्ता क्षेत्रहरुमा टर्कीका निजी क्षेत्रले विशेषज्ञता हासिल गरिसकेकोले यसबाट नेपालले फाइदा उठाउनु पर्ने जिकिर गर्नु भयो ।

सो अवसरमा महासंघका महानिर्देशक डा. हेमन्त दवाडी, नेपालका लागि टर्कीका अवैतनिक महावाणिज्यदुत सि.पि खेतानका साथै टर्की राजदूतावासका कान मुट्लर (Can Mutluer) र टर्कीको लगानी सहयोग तथा प्रवद्र्धन एजेन्सीका वरिष्ठ सल्लाहकार सन्जिव कठ्पालिया (Investment Support and Promotion Agency of Turkey, Senior Advisor, Sanjeev Kathpalia) को उपस्थिति थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.