»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















व्यापार तथा लगानी सम्बन्धी चीनियाँ प्रतिनिधिमण्डल महासंघमा - आपसी सहकार्यका लागि महासंघ र इमा बीच सहमतीपत्रमा हस्ताक्षर २०६९/१/३


IEMIA Chinese Delegation

नेपाल उद्योग वाणिज्य महासंघ र उद्यम व्यवस्थापन तथा लगानी सम्बन्धी चीनियाँ अन्तर्राष्ट्रिय संस्था The International Enterprise Management & Investment Association-IEMIA बीच आपसी आर्थिक व्यावसायिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले एक सहमतिपत्र (Memorandum of Understanding-MoU) मा हस्ताक्षर भएको छ ।

IEMIA Chinese Delegation नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्य सहित नेपाली उद्यमी व्यवसायी र सो संस्थाका अध्यक्ष एलिस चेङ (Alice Cheng-Chairman-International Enterprise Management & Investment Association-IEMIA) को नेतृत्वमा नेपाल भ्रमणमा आएको चीनको ११ सदस्यीय व्यापार तथा लगानी प्रतिनिधिमण्डल बीच आज महासंघ सचिवालयमा सम्पन्न भेटवार्ताका अवसरमा सो सहमती भएको हो । सहमतिपत्रमा महासंघका तर्फबाट अध्यक्ष सुरज वैद्य तथा इमाका अध्यक्ष एलिस चाङले हस्ताक्षर गर्नुभयो ।

सम्झौतापत्रमा नेपाल र चीन बीच आर्थिक, व्यापारिक, वैज्ञानिक, प्रविधि सम्बन्धी सहयोग प्रवद्र्धन गर्ने, व्यवसायिक सम्बन्ध विस्तारमा प्रभावकारी भूमिका निर्वाह गर्ने, उद्योग व्यापार व्यवसाय लगायत आर्थिक क्षेत्रसंग सम्बन्धित सूचना तथा जानकारी एवं सम्बन्धित देशको व्यापार, लगानी सम्बन्धी नीति तथा कानूनको आदान प्रदान तथा संयुक्त रुपमा सभा सम्मेलन, गोष्ठी, बैठक, अध्ययन भ्रमण, व्यापारिक भ्रमणको आदान प्रदान तथा आवश्यकताका आधारमा तालीम संचालन एवं एक अर्का देशमा व्यापार मेला महोत्सवको आयोजना मार्फत व्यापार विस्तारमा भूमिका निर्वाह गर्ने छन् ।

सहमती अनुसार दुवै पक्ष एकअर्का बीच व्यापार, लगानी जस्तो सोलार, पर्यटन, होटल तथा रेष्टुँरा, सिमेन्ट आदि सम्भाव्य क्षेत्रमा संयुक्त लगानीका लागि सहकार्य गर्ने छन् । व्यापार तथा लगानीका सम्भाव्य क्षेत्रहरुको पहिचान तथा सो सम्बन्धी सूचनाहरुको आदान प्रदानका अतिरिक्त दुवै देशको हितका लागि एक अर्काले आवश्यक ठानेका अन्य व्यवसायिक गतिविधिहरु संयुक्त रुपमा संचालन गर्न पनि दुवै संस्था सहमत भएका छन् ।

सो अवसरमा सोलार, जडिवूटी, उर्जा, खनिजजन्य, होटल तथा रेष्टुँरा, तयारी पोशाक, पूर्वाधारनिर्माण, व्यवसायिक कृषि लगायतका क्षेत्रमा संयुक्त लगानीका विषयमा छलफल भयो । चीनियाँ प्रतिनिधिमण्डलमा उद्योग, पेयपदार्थ, शिक्षा, हस्तकला, छापाखाना, सेवा, खनिजजन्य, वातावरण संरक्षण लगायत क्षेत्रको प्रतिनिधित्व रहेको थियो भने नेपालको तर्फबाट उद्योग, अटोमोवाइल, पर्यटन तथा सेवा, प्लाष्टिक, तयारी पोशाक, हस्तकला, सोलार, कृषि आदि क्षेत्रको प्रतिनिधित्व थियो ।

सहमतिपत्रमा हस्ताक्षर पश्चात चिनियाँ प्रतिनिधिमण्डलको स्वागत गर्नुहुंदै महासंघका अध्यक्ष वैद्यले आपसी लगानी तथा व्यापार अभिवृद्धिका लागि यो सहमती कोशेढुंगा हुने विश्वास प्रकट गर्नुभयो । महासंघले मुलुकभित्र समान आर्थिक अवसरहरुको सृजना गर्न विभिन्न कार्यक्रमहरु अगाडी बढाएकोले महासंघले अगाडी बढाएको एक जिल्ला एक उत्पादन, उर्जा विकास, व्यावसायिक कृषि, पत्थर तथा जडीवूटी प्रशोधनमा सहकार्यको प्रस्ताव गर्नुहुँदै लुम्बिनी भ्रमण वर्षको प्रचार प्रसारका लागि सहयोग गर्न समेत आग्रह गर्नुभयो ।

महासंघको कार्यकारिणी समिति सदस्यहरु, सदस्य वस्तुगत संघका पदाधिकारीहरु समेतको उपस्थिति रहेको सो अवसरमा चीनियाँ टोली प्रमुख एलिस चेङ (Alice Cheng) ले आपसी सम्बन्ध विस्तारका माध्यमबाट व्यापार तथा लगानी विस्तारका लागि नेपाली निजी क्षेत्रको प्रतिनिधि संस्था महासंघसंग सहकार्यका लागि भएको सहमतीलाई आफूहरुले उच्च महत्वका साथ लिएको र सहमतीपत्रमा उल्लेख गरिएका वुंदाहरुको कार्यान्वयवनमा पूर्ण प्रतिवद्धता जनाउनु भयो । साथै उहांले आफ्नो टोलीका लागि नेपाल भ्रमण अत्यन्त उपलव्धी मुलुक रहेको पनि बताउनु भयो । उक्त टोलीले केहिदिन अघि प्रधानमन्त्रीसंग समेत भेटघाट गरेको थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.