नेपाल उद्योग वाणिज्य महासंघद्वारा आर्थिक वर्ष २०६९-७० को बजेट तर्जुमा तथा आयकर, मुल्य अभिवृद्धि कर, अन्त:शुल्कका विषयमा महासंघ सचिवालयमा एक अन्तरक्रिया कार्यक्रम आयोजना गरियो ।
अर्थमन्त्रालय अन्तरगत विभिन्न निकायका पदाधिकारीहरु, महासंघको कार्यकारिणी समिति सदस्यहरु, महासंघका सदस्य संघ/संस्थाका प्रतिनिधिहरु, उद्योगी व्यवसायीहरुको सहभागिता रहेको उक्त कार्यक्रममा सहभागी उद्यमी व्यवसायीहरुले उद्योग व्यवसाय क्षेत्रका समस्या एवं चुनौतीहरुका अतिरिक्त आगामी वजेटले सम्वोधन गर्नुपर्ने विषयमा आ-आफ्ना सुझावहरु राखेका थिए ।
कार्यक्रममा आन्तरिक राजस्व विभागका महानिर्देशक टंकमणी शर्मा, महासंघको कर तथा राजश्व समितिका सभापति जगदीश प्रसाद राठी, उद्योग समितिका सभापति दिनेश श्रेष्ठ, सूचना तथा संचार एवं प्रविधि विकास समितिका सभापति विप्लवमान सिंह, कार्यकारिणी समिति सदस्य अशोक तोदी, वस्तुगत संघका पदाधिकारीहरु लगायतले सम्वोधन गर्नु भएको थियो ।