१२३ औं मे दिवस एवं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सम्पूर्ण श्रमिक/कामदार साथीहरुमा मेरो आफ्नै र महासंघको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहान्छु ।
विगत वर्षको तुलनामा श्रम विवाद घटन गई श्रम सम्बन्धमा केही सुधार आए पनि यस क्षेत्रमा अझै पनि धेरै समस्याहरु छन् । श्रम सम्बन्धको निराकरण, असल श्रम सम्बन्ध र दीगो औद्योगिक शान्तिका लागि हाम्रो संयुक्त प्रयास र प्रतिवद्धता अति आवश्यक छ । हामी वीच विगतमा भएका सहमति र सम्झौताको कार्यान्वयनको साथै नीतिगत एवं कानूनी सुधारका लागि थप समझदारी र सहकार्यका साथ अघि बढ्नु पर्दछ भन्ने कुरा हामी यस अवसरमा जोड दिन चाहान्छौं ।
हामी सहकार्य र सम्बादको माध्यमबाट असल श्रम सम्बन्ध विकास गर्दै जानु पर्दछ भन्ने मान्यता अनुरुप काम गर्दै आएका छौं । उद्योग, उद्योगी र श्रमिक सवैको साझा हित र चाहना बमोजिम हाम्रा प्रयास र गतिविधि अघि बढ्नु पर्दछ भन्ने हाम्रो मान्यता हो ।
श्रम सम्बन्धलाई सुमधुर र सहयोगात्मक बनाउन नियमित संवाद र सहकार्य गर्दै जाने प्रतिवद्धता सहित सवै श्रमिक कामदार मित्रहरुको समृद्धि एवं मे दिवसको पूर्ण सफलताको कामना गर्दछौं ।