»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















महासंघले Business Confidence Survey गर्ने (२०६९/१/२२)


नेपाली उद्यमी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले मुलुकको आर्थिक अवस्था तथा अर्थतन्त्रको विषयमा निजी क्षेत्रको धारणा बुझ्ने उद्देश्यले NEAT Activity/ USAID को सहयोगमा FNCCI Business Confidence Survey गर्ने भएको छ । उक्त सर्भेको आधारमा महासंघले Business Confidence Index निर्माण गर्ने योजना लिएको छ ।

नेपालमा नै पहिलो पल्ट हुन गइरहेको उक्त Survey महासंघले वर्षको दुई पटक गर्ने र महासंघको मुलुकभर फैलिएको संजाललाई प्रयोग गर्दै पूर्व देखी पश्चिमका सानादेखी ठूला उद्यमीव्यवसायीहरुको धारणा समेट्ने कुरा महासंघले आज एक कार्यक्रमको आयोजना गरी जानकारी दिएको छ । साथै सो अवसरमा उक्त सर्भेको रिर्पोट आगामी असोज महिनामा प्रकाशित गर्ने योजना रहेको महासंघले जनाएको छ ।

कार्यक्रममा महासंघका उपाध्यक्ष भवानी राणाले यस किसिमको सर्भेले नेपालले मनाउन गइरहेको लगानी वर्षलाई सहयोग पुऱ्याउने धारणा व्यक्त गर्नु भयो । कार्यक्रममा NEAT Activity/ USAID का डा. देव भक्त शाक्य र महासंघका महानिर्देशक डा. हेमन्त दवाडीले सर्भेको उद्देश्यको बारेमा प्रस्ट्याउनु भएको थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.