»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















नेपाल प्रवर्द्धनका लागि महासंघको प्रतिनिधिमण्डल अमेरिका प्रस्थान (२०६९/१/३१)


अमेरिकामा नेपाल लगानी वर्ष २०१२-१३ को प्रवर्द्धन गर्ने मुख्य उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यको नेतृत्वमा महासंघको एक प्रतिनिधिमण्डल हिजो राती त्यसतर्फ प्रस्थान गर्‍यो ।

महासंघका अध्यक्ष सहित महासंघको कार्यकारिणी समितिका सदस्यहरु अनुपबहादुर मल्ल, निर्मलराज पौडेल, झापा उद्योग संघका अध्यक्ष टिकाराज ढकाल सहित विभिन्न क्षेत्रको प्रतिनिधित्व रहेको ११ सदस्यीय महासंघको प्रतिनिधिमण्डलले जेठ १ देखि ५ गतेसम्म अमेरिकाको भ्रमण गरी नेपाल लगानी वर्ष, आर्थिक वस्तुस्थिति, लगानीका सम्भाव्य क्षेत्रहरु, उर्जा विकासको सम्भाव्यता लगायतका विषयमा अमेरिकी अधिकारीहरुसंग बैठक, भेटघाट, अन्तरक्रियाका माध्यमबाट नेपालको प्रवर्द्धन गर्नेछ ।

भ्रमण अमेरिकास्थित नेपाली राजदुतावास र नेपालस्थित अमेरिकी राजदुतावासको समन्वयमा भएको हो । भ्रमणका क्रममा महासंघको प्रतिनिधिमण्डलबाट अमेरिकाका लागि नेपाली राजदुत डा. शंकरप्रसाद शर्मा, Bureau of Energy Resources Office of Alternative and Renewable Energy U.S. Department of State, Export-Import Bank of the United States & OPIC, U.S. Trade and Development Agency, National Hydropower Association (NHA), Energy and Environmental Industries U.S. Department of Commerce, International Trade Administration (ITA), Transportation and Machinery का पदाधिकारीहरुसंग भेटघाट गर्ने कार्यक्रम छ भने सोही अवसरमा महासंघको प्रतिनिधिमण्डलबाट अमेरिकाको वालटिमोरमा आयोजना भैरहेको Electric Power Show को अवलोकन समेत गर्नेछ ।

महासंघको प्रतिनिधिमण्डलमा उद्योग, व्यवसाय, उर्जा, व्यावसायिक कृषि, बैकिङ, गलैचा, पर्यटन, चिया, तयारी पोशाक, होटल, आयात निर्यात व्यापार आदिको प्रतिनिधित्व रहेको छ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.