सिरहा जिल्लाको सुव्वा औरही गाविसमा यही जेष्ठ २ गते भिषण आगलागी भई ठूलो धनमालको नोक्सानी हुनुको साथै केही मानिसहरु घाइते समेत भएको घटनाप्रति नेपाल उद्योग वाणिज्य महासंघ दु:खित भएको छ ।
यस प्रकारको प्राकृतिक विपत्तिबाट घाइते भएका स्थानीय वासिन्दाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै अग्नि पिडीतहरुको सहयोगार्थ पहिलो चरणमा महासंघद्वारा आफ्नो सदस्य नेपाल तयारी पोसाक उद्योग संघबाट प्राप्त ३ लाख बराबरको लता कपडा समेत गरी जम्मा ८ लाख मुल्य वरावरको राहत सामग्री सदस्य लाहान उद्योग वाणिज्य संघ मार्फत पिडीत परिवारमा वितरणका लागि त्यसतर्फ पठाइसकेको छ ।
साथै अग्नि पिडीतहरुको सहयोगार्थ महासंघ आफ्ना सवै सदस्य संघहरु, उद्योग प्रतिष्ठानहरु सहित उद्यमी व्यवसायीहरुलाई समेत सक्दो सहयोग गर्न अपिल गर्दै नेपाल सरकारका तर्फबाट समेत उचित सहयोगका लागि महासंघ हार्दिक आग्रह गर्दछ ।