नेपाल उद्योग वाणिज्य महासंंघद्वारा विभिन्न मागहरु राखी विभिन्न जातजाती, वर्ग, समूहका नाउंबाट आव्हान गरिएका अन्दोलन, बन्द हड्ताल र त्यसबाट विकसित पछिल्ला घटनाक्रमबाट मुलुकभित्र सदियौंदेखि कायम रहेको सामाजिक सद्भावमा चोट पुग्ने खालका गतिविधि देखिन थालेको प्रति गम्भीर चिन्ता प्रकट गर्दै सामाजिक सद्भावलाई अझ मजवुद पार्ने उद्देश्य सहित महासंघको अगुवाईमा विभिन्न संघ/संस्थाहरुको सहभागितामा काठमाडौं लगायत मुलुकभर यही जेठ १० गते वुधवारका दिन राष्ट्रिय सद्भाव सभाको आयोजना गर्ने भएको छ ।
महासंघद्वारा आज एक पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमको वारे जानकारी गराइएको हो ।
नेपाल चेम्वर अफ कमर्स, ललितपुर उद्योग वाणिज्य संघ, भक्तपुर उद्योग वाणिज्य संघ, सवै बस्तुगत संघहरु, सवै एशोसिएट सदस्यहरु, नेपाल घरेलु तथा साना उद्योग महासंघ, हिसान्, प्याव्सन, एन प्याव्सन, नेपाल पत्रकार महासंघ, मिडिया सोसाइटी, टेलिभिजन वोडकाष्टर्ड नेपाल, नेपाल वार एशोसिएशन, होटल एशोसिएशन अफ नेपाल, मारवाडी सेवा समिति, नेपाल मानव अधिकार संघ, नेपाल मानव अधिकार संगठन, इन्जिनियसं एसोसिएसन, मेडिकल एसोसिएसन, नेपाल प्राध्यापक संघ, म्यानेजमेन्ट एसोसिएसन नेपाल, गरिखान देउ, समृद्धि फाउन्डेशन लगायतका अन्य संघ सस्थाहरुको सहभागितामा सो भेला आयोजना हुंदैछ ।
शान्ति र सद्भाव र समृद्धिप्रति प्रतिवद्धता जाहेर गर्दै द्विप प्रज्वलित गरौं भन्ने मुल नारा सहित आमउद्यमी व्यवसायी, विभिन्न संघ/संस्था, उद्योग प्रतिष्ठान, विभिन्न तह र तप्काका मानिसहरुको वृहद सहभागितामा हुने सो कार्यक्रम उक्त दिन सांझ ५ बजे वसन्तुरमा हुने छ । भेलामा सहभागीहरुले सेतो कमिज, टि सर्ट लगाई राष्ट्रिय झण्डा र मैनवत्ति हातमा बोक्ने छन् । शान्ति सद्भाव र समृद्धिका लागि आम नागरिकलाई एकै थलोमा ल्याई वृहद रुपमा आयोजना हुने सभामा "बन्दलाई बन्द गरौं", "समयमा संविधान देऊ", "शान्ति, सद्भाव र समृद्धि", "राष्ट्रिय एकता र सद्भाव कायम गरौं" जस्ता नारा अंकित व्यानरहरु राखिने छन् ।
सभा पश्चात सहभागीहरुबाट वसन्तपुर डवलीमा शान्ति र सद्भावको कामना सहित द्विप प्रज्वलन गर्ने कार्यक्रम छ ।
पत्रकार सम्मेलनलाई महासंघका कार्यवाहक अध्यक्ष भाष्करराज राजकर्णिकार, निवर्तमान अध्यक्ष कुशकुमार जोशी, नेपाल चेम्वर अफ कमर्सका कार्यवाहक अध्यक्ष लोकमान्य गोल्छा, निवर्तमान अध्यक्ष सुरेन्द्र वीर मालाकारले सम्वोधन गर्नुभएको थियो ।
कार्यक्रम :
"राष्ट्यि सद्भाव सभा"
शान्ति सद्भाव र समृद्धिका लागि नागरिक सरोकार
मिति : २०६९ जेठ १० गते बुधवार
समय : अपरान्ह ५:०० वजे
स्थान : बसन्तपुर, काठमाडौं
साथमा ल्याउने:
(क) सेतो कमिज । टि सर्ट
(ख) राष्ट्यि झण्डा /मैनबत्ती
(ग) शान्ति सद्भाव र समृद्धिका लागि दिप प्रज्वलन गर्ने कार्यक्रम
Citizen's concern for Peace, Harmony & Prosperity
Mass gathering for National Harmony
Date : Wednesday 23 May 2012 (10 Jestha, Wednesday 2069)
Time : 17:00 hrs
Venue : Basantapur Square, Kathmandu.
"राष्ट्यि सद्भाव सभा"
शान्ति सद्भाव र समृद्धिका लागि नागरिक सरोकार
यही जेठ १० गते बुधवार सांझ ५:०० वजे बसन्तपुरमा भेला होऔं ।।
शान्ति सद्भाव र समृद्धि प्रति प्रतिवद्धता जाहेर गर्दै दिप प्रज्वलित गरौं ।।
नारा :
बन्दलाई बन्द गरौं ।
समयमा संविधान देऊ ।
शान्ति, सद्भाव र समृद्धि ।
राष्ट्रिय एकता र सद्भाव कायम गरौं ।