»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















काठमाडौंमा सम्पन्न राष्ट्रिय सद्भाव सभाको समिक्षा वैठकबाट बिभिन्न महत्वपूर्ण निर्णय (२०६९/२/१२)


शान्ति सद्भाव र समृद्धिका लागि नेपाल उद्योग वाणिज्य महासंघको अगुवाईमा यही जेठ १० गते वुधवार काठमाडौंमा सम्पन्न राष्ट्रिय सद्भाव सभामा सहकार्य गरेका विभिन्न व्यवसायिक संघ संस्थाहरुको संयुक्त बैठक महासंघका कार्यवाहक अध्यक्ष भाष्करराज राजकर्णिकारको अध्यक्षतामा आज महासंघ सचिवालयमा वसी विभिन्न महत्वपूर्ण निर्णय गऱ्यो ।

निर्णयहरु:

(क) बैठकले गत वुधवार काठमाडौंमा सम्पन्न राष्ट्रिय सद्भाव सभाको समिक्षा गर्दै सभा राष्ट्रिय सद्भावको सन्देश प्रवाह गर्न सफल भएको विश्लेषण गऱ्यो । बैठकले आगामी दिनको परिस्थिति अझ बढी असहज हुन सक्ने विश्लेषण गर्दै उक्त परिस्थितिमा सहकार्य गर्न महासंघको संयोजकत्वमा सहभागी व्यवसायिक संघ संस्थाहरुको संलग्नतामा एक राष्ट्रिय संजाल गठन गर्ने,

(ख) सोही संजाल मार्फत आगामी दिनमा हुने बन्द हड्ताल लगायत उद्योग व्यवसाय विरोधी गतिविधिहरुको विरोध गर्ने, त्यसबाट उत्पन्न असामान्य अवस्थालाई सामना गर्न सहकार्य गर्ने,

(ग) बन्द हड्ताल लगायत गतिविधिबाट उद्योग व्यवसायमा पर्न गएको क्षतिको लगत संकलन गर्ने, उद्यमी व्यवसायीका समस्या सुनुवाई गरी सोही संजाल मार्फत समस्या समाधानमा सहयोग गर्न महासघ भित्र हटलाईन सहितको इकाईको व्यवस्था गर्ने,

(घ) शान्ति सद्भाव समृद्धिमा विश्वास गर्ने सवै संघ संस्थाहरुलाई संजालमा आवद्ध हुन अनुरोध गर्ने ।

बैठकमा राष्ट्रिय सद्भाव सभामा सहभागी सवै व्यवसायिक संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।

शान्ति सद्भाव र समृद्धिका लागि दर्जनौं संघ संस्थाहरुको सहभागितामा जेठ १० गते वुधवार, दरवारमार्ग काठमाडौंमा महासंघको अगुवाईमा आयोजना गरिएको सद्भाव सभामा आम नागरिकहरु, विभिन्न पेशा व्यवसायमा आवद्ध प्रवुद्ध व्यक्तित्वहरु, संचार कर्मीहरु, कलाकारहरु, उद्यमी व्यवसायीहरु समेत गरी १० औं हजारको उत्साहपूर्ण सहभागिता रहेको थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.