»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















सातौं चीन-दक्षिण एशिया व्यावसायिक फोरमको बैठकमा भाग लिन महासंघका वरिष्ठ उपाध्यक्ष राजकर्णिकार सहितको टोली प्रस्थान (२०६९/२/२१)


मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको युनान प्रान्तको कुनमिङ शहर (Kunming, China) मा भोलिदेखि आयोजना हुने सातौं चीन-दक्षिण एशिया व्यावसायिक फोरम (7th China-South Asia Business Forum) को बैठक तथा चीनको सिचुआन प्रान्तको चेन्दुमा आयोजना हुने तेश्रो-सिचुवान दक्षिण एशिया व्यावसायिक सम्मेलन (3rd Sichuan- South Asia Business Seminar) मा भाग लिन नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारको नेतृत्वमा महासंघको प्रतिनिधिमण्डल आज त्यसतर्फ प्रस्थान गर्‍यो । महासंघबाट उक्त बैठकहरुमा नियमित रुपमा सहभागिता हुंदै आएको छ ।

बैठकमा महासंघका व्राण्डिग तथा आयश्रोत परिचालन समितिका सभापति कल्याणकृष्ण ताम्राकार सहित अन्य उद्यमी व्यवसायीहरु सम्मिलित प्रतिनिधिमण्डलले भाग लिने छ । उक्त बैठकमा सार्क राष्ट्रका उद्यमी व्यवसायीहरु, लगानीकर्ताहरुका साथै चिनिया उद्यमी व्यवसायीहरुको सहभागिता रहने छ ।

अन्तराष्ट्रिय व्यापार प्रवद्र्धनका लागि चीनियां परिषद (China Council for the Promotion of International Trade -CCPIT) द्वारा आयोजना भएको उक्त बैठकको यस वर्षको मुख्य विषय Building Bridges through Socio-economic Cooperation रहेको छ । उक्त बैठकमा नेपालका तर्फबाट महासंघका वरिष्ठ उपाध्यक्ष राजकर्णिकारले चीन-दक्षिण एशिया बीचको आर्थिक व्यापारिक, लगानी सहितका अन्य सहयोगका क्षेत्रहरु सम्बन्धमा मन्तव्य राख्नुहुने कार्यक्रम छ ।

सोही अवसरमा जेष्ठ २४ गतेदेखि कुनमिङमा चाइना आयात निर्यात व्यापार तथा दक्षिण एशियाली व्यापार मेला (China Import & Export Fair Kunming and South Asian Coutries Trade Fair) समेत हुने कार्यक्रम छ । उक्त कार्यक्रममा सार्कका सवै सदस्य देशका उद्योग वाणिज्य संघ/महासंघका पदाधिकारी प्रतिनिधिहरुको सहभागिता रहने छ । उक्त मेलामा नेपालबाट ५८ वटा स्टलहरु मार्फत नेपाली वस्तुहरुको प्रदर्शनी हुंदैछ । उक्त मेला जेष्ठ २८ गते सम्म चल्ने छ ।

उक्त बैठकबाट चीन तथा दक्षिण एशियाली राष्ट्रहरु बीच आगामी दिनमा आर्थिक तथा व्यापारिक सम्बन्ध थप विस्तार हुने अपेक्षा गरिएको छ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.