»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















चितवन घटनाप्रति महासंघ चिन्तित (२०६९/२/२५)


चितवनमा हिजो भएको घटनाप्रति नेपाल उद्योग वाणिज्य महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त घटनाप्रति महासंघ अत्यन्त चिन्तित भएको छ ।

आगजनी गर्नु र राष्ट्र सेवक कर्मचारी माथि हातपात गर्नु कुनै पनि व्यवसायीका लागि असोभनिय कार्य हो र महासंघ त्यसको निन्दा गर्दछ ।

साथै अप्रत्याशित रुपमा व्यवसायीको गोदाममा छापा मारिएको कारण यस्तो दु:खद घटना हुन पुगेको हो । व्यवसायीहरुको गोदाम/पसलमा निरीक्षण गर्दा स्थानीय उद्योग वाणिज्य संघका प्रतिनिधिहरुको अनिवार्य उपस्थितिमा मात्र गर्ने आपसी सहमतीको उल्लंघन भएकोमा महासंघ चिन्ता प्रकट गर्दछ ।

महासंघ जहिले पनि स्वच्छ तथा स्वस्थ्य उद्यम व्यवसाय र व्यापारको पक्षमा छ सो प्रकृयालाई प्रवद्र्धन गर्न महासंघ सदैव तयार रहेको छ । राजश्व प्रशासनले देखाएको जवरजस्ती कायम रहिरहने हो भने वहुसंख्यक व्यवसायीहरु आन्दोलित हुने र मुलुकमा अझ असहज वातावरण बन्ने तर्फ ध्यानाकर्षण गराउंदै व्यवसायीका मागलाई समयमा सम्वोधन गर्न महासंघ नेपाल सरकारसंग माग समेत गर्दछ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.