»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















तेश्रो-सिचुवान दक्षिण एशिया व्यावसायिक सम्मेलनमा महासंघका अध्यक्ष वैद्य (२०६९/२/२८)


मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको सिचुवान प्रान्तमा जेष्ठ २६ गते शुक्रवार देखि आयोजना भएको तेश्रो-सिचुवान दक्षिण एशिया व्यावसायिक सम्मेलन (3rd Sichuan- South Asia Business Seminar) मा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यले भाग लिइरहनु भएको छ ।

सिचुवान प्रान्तीय सरकारका भाइस गर्भनर Qu Mu Shi Ha (Vice Governor-Sichuan Provincial Government) ले एक विशेष समारोह बीच समुद्घाटन गर्नुभएको सो सम्मेलनमा चीन तथा दक्षिण एशियाका व्यवसायिक नेताहरुको सहभागिता रहेको छ । समुद्घाटन समारोहमा सार्कका व्यवसायिक नेताहरुले सार्क क्षेत्रमा चिनिया लगानीको अधिकतम परिचालनका लागि आग्रह गर्दै आपसी हितका क्षेत्रहरुमा लगानीका लागि एक छुट्टै विकास कोष स्थापना गर्नुपर्नेमा जोड दिएका छन् ।

समुद्घाटन समारोहमा महासंघका अध्यक्ष वैद्य, चीन-पाकिस्तान व्यावसायिक परिषद्का प्रमुख संरक्षक तारिक सैयद (Tariq Sayeed, Patron-in-Chief, Pakistan-China Business Council), सार्क उवासंघका निवर्तमान अध्यक्ष अनिसउल हक (Annisul Huq, Immediate Past President, SAARC CCI), उपाध्यक्ष कौसला विक्रम नायके (Kosala Wikramanayake, Vice President, SAARC CCI), पाकिस्तान उवामहासंघका अध्यक्ष फजल कादिर खान सेरानी (Fazal Kadir Khan Sherani, President, FPCCI), सार्क उवासंघका महासचिव इकवाल तविस (Iqbal Tabish, Secretary General, SAARC CCI), भारतीय उद्योग वाणिज्य महासंघ (FICCI), माल्द्विभ्सको राष्ट्रिय उवासंघ (MNCCI) लगायतका महत्वपूर्ण संस्थाहरुका प्रतिनिधिहरुबाट सम्वोधन गरिएको थियो । सो अवसरमा सहभागीहरुबाट दक्षिण एशियाली राष्ट्रहरु र चीन बीच संयुक्त लगानीका माध्यमबाट आर्थिक विकासमा जोड दिइयो ।

सार्क सदस्य राष्ट्रहरुमा वैदेशिक लगानीका लागि अवलम्वन गरिएका नीतिहरु लगानी मैत्री रहेकाले यस क्षेत्रमा लगानी गरी अधिकतम फाइदा लिन चिनियाँ लगानीकर्ताहरुलाई दक्षिण एशियाका व्यावसायिक नेताहरुले आग्रह गर्नुभयो ।

सम्मेलनमा उर्जा उत्पादन तथा विकास, खनिजजन्य, कपडा तथा तयारी पोसाक, पूर्वाधार विकास, वैकल्पिक उर्जा, कृषि प्रशोधन आदि क्षेत्रलाई आपसी सहयोगका क्षेत्रहरुको रुपमा पहिचान गरी ती क्षेत्रहरुमा लगानीका लागि आव्हान गरिएको छ । त्यसैगरी सम्मेलनका क्रममा आपसी व्यवसायिक (बी २ बी) बैठक र तथा आपसी सहमतीमा हस्ताक्षर समेत सम्पन्न गरिएको छ ।

सम्मेलनका क्रममा महासंघका अध्यक्ष वैद्यले दक्षिण एशिया तथा चीनका उद्यमी व्यवसायीहरु, लगानीकर्ताहरुसंग भेटघाट गरी नेपालमा व्यापार तथा लगानी विस्तारका विषयमा छलफल गर्नुभयो । सो सम्मेलनमा भाग लिन अध्यक्ष वैद्य गत विहीवार त्यसतर्फ प्रस्थान गर्नु भएको हो । उक्त सम्मेलनमा महासंघले नियमित रुपमा सक्रियता पूर्वक भाग लिंदै आएको छ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.